साउदी अरबले नेपाललाई रू.१० अरब दिने

नेपाली दूतावास, रियाद
साउदी अरबले नेपालमा जलबिद्युत, सिंचाई, प्राविधिक तालिम लगायतका परियोजनाहरूका लागि १२५ मिलियन अमेरीकी डलर (रू. १० अरब बराबर) दिने भएको छ । साउदी बिकास कोषबाट सहुलियत ऋणका रूपमा नेपाललाई दिन लागिएको यो रकम उक्त कोषबाट सिधै लगानी हुनसक्नेछ र / या नेपाल सरकार तथा अन्य दात्री संस्थाहरूसंगको साझेदारीमा पनि उक्त रकमको परिचालन गर्न सकिनेछ । अब दुबै पक्षले परियोजनाहरूको बिस्तृत खाका तयार पारी छिटै नै कार्यान्वयनमा जानेछन् ।

नेपालका माननीय अर्थ राज्य मन्त्री हरिराज खेवा लिम्बु, अर्थ सचिव कृष्णहरी बास्कोटा, अर्थ मन्त्रालयकै उपसचिव कैलाश राज पोखरेल साथै साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेय तथा दूतावासका अधिकृतज्युहरू सम्मिलित नेपाली प्रतिनिधि मण्डलको साउदी बिकास कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक माननीय युशुफ इब्राहिम अल बसामसंगको भेटवार्ता पश्चात यस्तो सहमती बनेको हो ।

अर्थ राज्यमन्त्रीज्युले हालै भएको नेपालका अर्थमन्त्री बर्षमान पुनज्युको भ्रमणको स्मरण गर्दै साउदी कोषबाट नेपालको आर्थिक बिकासमा भएको निरन्तर सहयोगको सराहना गर्दै भावी दिनहरूमा नेपालका बिभिन्न परियोजनाहरूमा थप सहयोगको आवश्यक्तामा जोड दिनुभएको थियो । उक्त भेटमा साउदी बिकास कोषबाट हाल सञ्चालित परियाजनाहरूको प्रगति समिक्षा पनि गरिएको थियो ।

दूतावासबाट जारी प्रेश बक्तब्य जस्ताको तस्तै 

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।