गजल (हाँसीदिन्छु)

- विष्णु बैकुण्ठे
तिमीले नहाँसे के भो, म एक्लै हाँसीदिन्छु
रोऊ तिमी कति रुन्छौ, म आँशु मासिदिन्छु

सजिलै स्वदेशी माया, कहाँ म विर्सन्छु र
विदेशी भूमि बिर्सेर, म माला गासीदिन्छु

मन फाट्छ विरह छ, नरोएको हैन म
स्वदेशीपनमा आज, म माया टाँसीदिन्छु

बदलिएन यो मन, फेरि चुडिएकै छ
विवश छु रमाउन, म तृष्णा नासिदिन्छु

हाँस्नु मेरो वाध्यता हो, रोएर पो के गर्नु
नबगाऊ तिमी आँशु, पवित्र काशीदिन्छु

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।