गजल (माया लाएर पो हो कि)

- विष्णु बैकुण्ठे 

माया लाएर पो हो कि, कसम खाएर पो हो कि
दिन दिनै सुकिरा'छु, तिमी नपाएर पो हो कि

कस्तो चीज रहेछ खै, आफैमा रोग उब्जिदिने
संक्रमित जीवनमा, बखान गाएर पो हो कि

दोष छैन कसैको' नि, नसराप्नु है कसैलाई
टुक्रा-टुक्रा भयो मुटु, प्रीत निदाएर पो हो कि

देखिन मुक्त आकाश, बादल बढ्यो डढेलोको
सुक्यो आँशु जुनीभरी, शीत नछाएर पो हो कि

पर्खिरहेछु त्यो दिन, जीउने आशा नि मर्नेभो
बर्बाद हुदैछु अझै, तिमी नआएर पो हो कि

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।