- विष्णु बैकुण्ठे
थाले आँखा लजाउन र छोपें घरीघरी
पाएँ माया सजाउन र बोकें घरीघरी
मृदु भाव रसाएको, देखेर बिपनीमा
लज्जित् भए ओठ आफै र टोकें घरीघरी
गाइनेले पोखे भाखा, र धुन रेटाउँदा
उनकै गीत बजाएँ र घोकें घरीघरी
छत्रछाँया जीवनको, यो नाऊ खियाउंदा
देखें उनी दोभानमा र रोकें घरीघरी
एक्लो बनेँ दहाडै म, पराई भईगएँ
हुन मुक्त पाएँ छुरा र रोपें घरीघरी_-_*_-_*_-_*_-_*_-_*_-_*_-_
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।