- स्वामी आनन्द अरुण
काठमाडौंको हनुमानढोका पशुपतिनाथ पाटन भक्तपुर नक्साल भगवतीबहाल ज्ञानेश्वरको ढुङ्गेधारानजिकका मन्दिरहरुलगायत उपत्यकाभित्रका अनेकानेक मन्दिरहरुका टुँडाल र बाहिरी भित्तामा लैङ्गिक आकर्षण उक्साउने मूर्ति किन बनाइए यो प्रश्न धेरै मनमा उठ्ने गर्छ । यी चित्र मन्दिरमा बनेका हुँदा धार्मिक आस्थाले भरिएका हामी विरोध गर्ने हिम्मत जुटाउँदैनौं तर मनको कुनामा मन्दिरजस्तो पवित्र ठाउँमा यस्तो दृश्य किन प्रश्न उठिरहेकै हुन्छ ।
सामान्य धारणा के छ भने यस्ता मूर्तिहरुले मन्दिरलाई चट्याङ र आँधीबाट जोगाउँछन् । इन्द्र र वरुण प्राकृतिक विपदहरु चट्याङ र आँधीका देवता हुन् । इन्द्रकी छोरी यामिनीलाई चट्याङकी देवी मानिन्छ र देवताको मन्दिरमा उ पनि आकर्षित हुनु स्वभाविकै हो । तर कुमारी भएकीले यामनी अति लज्जाशील छे र मन्दिरको भित्तामै कामचित्रण गर्ने चित्रहरुका कारणले ऊ यस्ता मन्दिरका नजिक आउन लजाउँछे र मन्दिर चट्याङबाट जोगिन्छ भन्ने मिथक पाइन्छ । यस्तै तर्क आँधीका देवता वरुणबारे दिइन्छ तर त्यो तर्क वैज्ञानिक छैन । किनभने भारतको मध्यप्रदेशस्थित खजुराहोममा मात्र कामकृतिलाई दर्शाउने ८० वटा मन्दिर थिए जसमध्ये समयको आघात सहेर २२ मन्दिरमात्र बचेका छन् । तीमध्ये कतिपय अग्ला मन्दिर चट्याङ्बाट पनि नष्ट भएका छन् ।
अर्को तर्क दिइन्छ बुद्ध र महावीरको अवसानपछि श्रमण संस्कृति विस्तारै आपुनो शिखरमा पुग्यो र धेरै मानिस भिक्षु हुन थाले । नालन्दा विक्रमशीला र तक्षशीलाबाट स्नातक भएका ७५ प्रतिशतभन्दा बढी विद्यार्थी विश्वविद्यालयबाट गृहस्थ आश्रममा प्रवेश गर्नुको सट्टा सोझै सन्यास आश्रममा दीक्षित हुन्थे । सानातिना राजाहरुबीच भइरहने युद्धका कारण पनि धेरै युवा मारिन्थे र कहिलेकाही युवाहरुलाई सैनिक भर्तीमा भएका कारण यौनको इच्छापूर्ति गर्न धेरै दिन कुर्नुपर्ने हुन्थ्यो । यसकारण गृहस्थ आश्रममा बस्ने युवाहरु सन्यासी हुनबाट जोगाउने र गृहस्थ आश्रममा तानेर कामप्रति आकर्षण जगाई धेरै सन्तान जन्माई घट्दो जनसंख्यालाई सन्तुलित राख्ने उद्देश्यले मन्दिरमा यस्ता चित्र र मूर्तिहरु बनाइएका हुन् ।
यस्ता मन्दिरका वास्तविक आर्किटेक्ट तान्त्रिकहरुको भनाइ छ यी मन्दिरहरु तन्त्रसाधनाको विशिष्ट प्रयोगका लागि बनेका प्रयोगशालाहरु हुन् । यी प्रयोगशालाहरु विशिष्ट वैज्ञानिक दृष्टिले निर्मित गरिएका हुन् । खजुराहो र कोनार्कको मन्दिरका बाहिरी भित्ताहरुमा कामकृत्य दर्शाउने मूर्तिहरु कुँदिएका छन् तर मन्दिरको भित्री भागमा त्यस्तो कुनै आकृति भेटिदैन त्यहाँ परम् शून्यता छ । तन्त्रसाधकहरुलाई पहिले मन्दिरको बाहिरै परिक्रमा गराई सबै किसिमले कामलाई उक्साउने खालका मूर्तिहरुको अवलोकन गराउँदा ऊ त्यसबाट उत्तेजित या विचलित भयो भने उसलाई मन्दिरभित्र प्रवेशको लायक मानिदैन्थ्यो । उसलाई फेरि शुद्धि र आत्मसंयमको लामो प्रकि्रयाबाट गुजारेर पुनः त्यो परीक्षा दिन लगाइन्थ्यो । त्यसमा उत्तीर्ण भएपछि मात्र साधक-साधिकाले मन्दिरको भित्री भाग अन्तराल र मण्डपसम्म प्रवेश पाउँथे ।
मन्दिरको बाहिरी अन्तरालको प्रवेशद्वारमै गंगा र जमुनाका प्रतीक मूर्तिहरु स्थापना गरिएका छन् । यसबाट प्रवेशको अर्थ गंगा र जमुनामा स्नान गरेसरह साधक शुद्ध भइसकेको भन्ने हो । अन्तरालमा साधक-साधिकाहरुलाई आकर्षक मुद्रामा सँगै बस्न लगाइन्थ्यो । त्यसबखत पनि उत्तेजित नभई उनीहरुको मनमा कुनै विचलन भएन भने मात्र मन्दिरको मध्यमण्डपमा प्रवेश पाउँथे । भित्र मण्डपमा अर्धनग्न अवस्थामा साधक-साधिकाहरु मधुर संगीतमा नृत्य गर्थे । त्यसमा पनि जो साधकसाधिका आफ्नो वासना नियन्त्रणमा राख्न सक्थे उनीहरु मात्र मन्दिरको मुख्यभाग गर्भगृहमा प्रवेश गर्न पाउँथे र उनीहरुलाई मात्रै वास्तविक शारीरिक कामकृत्यमा उत्रिन आचार्यले अनुमति दिन्थे । तिनीहरु शुद्धि र आत्मसंयमको अत्यन्त कठोर अनुशासनबाट गुज्रेका साधकहरु हुन्थे । यस प्रक्रियाबाट गुज्रिन साधकलाई आत्मरुपान्तरणको अनेक विधाहरु योग प्राणायाम र आहारविहारको सम्यक् अनुशासन र ध्यानमा सक्षम हुनुपर्थ्यो । यसमा धेरै समय पनि लाग्न सक्थ्यो । संयमित साधकले कामकृत्यमा उत्रिँदा पनि वीर्य स्खलन गर्दैनथे र कामऊर्जालाई स्खलनबाट नष्ट हुनबाट जोगाएर उच्चतम चक्रहरुमा उध्र्वगमन गराई कुण्डलिनी शक्ति अझ प्रज्वलित बनाई सहस्राधारसम्म पुर् याउने प्रयास गर्थे । हाम्रा ग्रन्थहरुमा शिव र पार्वतीबीच स्खलन नभई चलेको लामो सम्भोगको कथाको यही रहस्य हो ।
प्रसिद्ध तान्त्रिक लेखक ह्यारिसन फोरम्यानले तिब्बतका बज्रयानी बौद्ध तान्त्रिक मन्दिरहरुको गहिरो खोज र अन्वेषण गरेका छन् । उनी लेख्छन् जब लामाहरु आफ्नो आध्यात्मिक साधनाद्वारा शारीरिक आकर्षणबाट विचलित नहुने स्तरमा पुग्छन् उनीहरुलाई गुफामा लुकेका कामुकता उक्साउने मन्दिरमा परीक्षाका लागि लगिन्छ । त्यहाँ मनुष्यकै पूर्ण कदका काम आलिङ्गनमा बाँधिएका मूर्तिहरु राखिएका हुन्छन् । त्यो देखेर लामा विचलित नभए अझ भित्र अन्तर्गृहमा लगिन्छ । त्यहाँ सुन्दर युवतीहरु अत्यन्त कामुक मुद्रामा बसेर अनेक भावभंगीमा गर्छन् । त्यो सबै दृश्य साधक लामाले भूमिस्पर्श आसनमा बसेर हेर्नुपर्छ । यदि उसको मन अविचलित भएमा उ कामवासनाको जगत्बाट मुक्त भएको मानिन्छ अन्यथा उसलाई पुनः साधनामा फर्काइन्छ ।
मध्ययुगका केही युरोपेली चर्चहरुमा पनि नग्न स्त्री देवीहरुका मूर्ति भेटिन्छन् र यस्तै यौनप्रतीकहरु बेबिलेनिया इजिप्ट गि्रस इटाली रुसलगायत देशहरुमा पनि पाइएका छन् । त्यहाँसम्म तन्त्रको प्रभाव पुगेको देखिन्छ । बज्रयानमा तन्त्रको यो प्रयोग गहनरुपमा भएको प्रमाण गुम्बाहरुमा भेटिन्छ जहाँ बोधिसत्व प्रेमिकालाई आफ्नो आलिङ्गनमा लिई ध्यानमग्न भेटिन्छन् ।
तन्त्रमा के पनि उल्लेख छ भने एउटै सम्भोगबाट साधक-साधिकाको ऊर्जा सहस्रासरसम्म पुर्याएर पूर्ण आत्मरुपान्तरण प्राप्त गर्न सकिन्छ र सधैंका लागि कामवासनाबाट मुक्त भइन्छ । ब्राह्मणी भैरवीले परमहंस रामकृष्णलाई यही साधनाबाट गुजार्न चाहेकी थिइन् । सामान्यतया सम्भोगमा हामी स्खलनलाई नै कामकृत्यको चरम विन्दु मान्छौं र त्यसका लागि अति हतारिएका हुन्छौं । स्खलमा शक्तिको निष्कासन हुन्छ एक प्रकारको थकाइ र विश्रान्तिको भान हुन्छ र सम्भोगपछि राम्रो निद्रा लाग्छ तर त्यो कामशक्तिको उचित उपयोग होइन । यस्तो जीवनदायी र परम सृजनात्मक शक्ति जसले बाहिर गए नयाँ जीवनको सृजना गर्न सक्छ । भित्र फर्किए आफ्नै आत्मालाई जन्म दिन सक्छ लाई एकछिनको तनाव र उत्तेजनामा मेटाउने औषधिजस्तो दुरुपयोग गर्नु तन्त्रको दृष्टिमा बुद्धिमानी होइन ।
तन्त्रले मनुष्यभित्र लुकेको प्रकृति र पुरुषको यो स्वभाविक आकर्षणलाई आत्मरुपान्तरणको खुड्किलो बनाउने कठिन प्रयास गरेको छ । सद्गुरु ओशोका सान्निध्यमा बसेर मलाई के स्पष्ट बोध भयो भने तन्त्र भोग र आशक्तिको शास्त्र होइन बरु रुपान्तरणको महाविज्ञान हो । त्यही महाविज्ञानमा समर्पित छन् हाम्रा मन्दिरका टुँडालहरु र खजुराहो कोर्नाक र पुरीका विश्वप्रसिद्ध मन्दिरहरु हुन् ।
खजुराहोका मूर्तिहरुमा कामकृत्यका अनेक जटिल मुद्रा देखे पनि कामको सामान्य मुद्रा जसमा पुरुष माथि र स्त्री तल हुन्छे त्यो मुद्रा एउटै पनि भेटिंदैन किनभने त्यो आसनमा पृथ्वीको गुरुत्वाकर्षणले वीर्य स्खलनलाई सहयोग गर्छ जुन तन्त्रको उद्देश्यविपरित हो । यस मुद्रालाई हिन्दूहरुले मिसनरी पोस्चरु पनि भन्छन् किनभने यो मुद्रा विदेशी मिसनरीबाट हिन्दुहरुले सिकेका हुन् । साधकको दृष्टिकोणले यी मन्दिरमा मैले कठोर ढुंगामा नारीको कोमल शरीर र त्यसका सूक्ष्मतम संवेगलाई जीवन्त उतारेको भेटें । हरेक अनुहारमा तेज शान्ति र समाधि झल्किने गहन विश्रान्ति देखे । मैथुनरत् युगलहरुमा लेशमात्र पनि उत्तेजना देखिँदैन । लाग्छ उनीहरु कुनै गहन समाधिमा डुबेका छन् । त्यहाँ परम सौन्दर्यबोध छ शरीरलाई नै वाद्ययन्त्र बनाएर पैदा गरिएको संगीत छ । पूर्ण लयबद्धता । कामुकताको त त्यहाँ कुनै संकेत पनि छैन । खजुराहोको अवलोकनपछि म यो निकर्षमा पुगें कामुकता दृष्टिमा हुन्छ दृश्यमा हुँदैन ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।