अदृष्य घाउ

- विद्या सापकोटा
केही खोजेजस्तै हतासिदै उसले यताउता हे-यो । खै केही फेला पारेनछ क्यारे .....सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहा-यो आफ्नै परिवेश । त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहीं निदाएजस्तो केहीं विउझिएजस्तो घण्टाघरको पुरानो घडि जहाँकोतहीं थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिडभाड देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु ।उसलाई त्यतिकै हाँसो उठ्यो । झटपट सुन्धारा , काठमाडौं मल , बागदरवार, रत्नपार्क , टुडिखेल सवैतिर सरसर्ति हे-यो उसले । खुलामञ्च भरिभराउ देखिन्थ्यो । सायद कसैको भाषण चल्दैहोला । सैनिकहरु परेडमा ब्यस्त ।
'कालिमाटी........किर्तिपुर ...पाँगा..।'
'बालाजु ..बाइसास ...मनमैजु .........।'
'थापाथली. ..कुपण्डोल... ललितपुर ....।'
फरकफरक स्वरहरु सकेसम्म ठूलो हुदै हुइकिरहेका थिए ।

'ओइ साले यो त मलाई देका ।'
'तलाई हैन मलाइ देका ।'
'ओइ तैले मसँग निहूँ खोजेकै होस् , ल आइज...........आइज सिङ्गल सिङ्गल खेल्ने ?'
सडक बालकहरु आफूआफूमा एक रुपैयाको लागि तछाडमछाड गरिरहेका ।

'ए सस्तो सस्तो..... एक किलोको पन्घ्र दुई किलोको वीस मात्र ।'
'किन यस्तो भएको ?'
'नगरपालिका आउदै छ,त्यही भर ल ल छिट्टो किन्नुस् ।'
'यो त तीन पाउ पो भो त, कसरी एक किलो हुन्छ ।'
'यहाँको एक किलो भनेको यत्ति हो , बढि चाहिए अन्तै जाने ।'
'क्या हो ?नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ र ?'
'कस्तो किचकिचे मान्छे रैछ,..........सस्तो पनि चाहिने पुरा पनि चाहिने ठिसहरु ।' व्यापारिक भाषा नराम्रोसँग छताछुल्ल हुन्छ त्यहाँ ।
कत्ति भिडभाड हुदा हुदँै पनि सवै एकअर्काबाट बेखवर । शहिदगेटको छेउका उभिएको ऊ सवै निहारेर फेरी मुस्कुरायो एक्लैएक्लै ।

केही सम्झिए झैँ झल्यास्स घडि हे-यो उसले । बाह्र बजिसकेछ । तर पटक्कै घर जाने मन लागिरहेको छैन ...किन उत्तर नै छैन । घण्टौ देखी ऊ त्यो फलामेबारमा अडेस लगाएका उभिएको उभियै छ । उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके, कुनै त फर्केर पनि आइपुगिसके तर ऊ जहाँकोतहि छ । डेक नचलिकन, बारमाथि फरक अस्तित्व जमाएर ।

आकाशमा कम्पन छाड्दै एउटा जहाज उड्यो । अनायसै उठेका हातहरु लजाउदैं खुम्चिए गोजीभित्र । त्यतै हेरेर टोलाउन लाग्यो ऊ ।
शरीरमा चटक्क मिलाएर लगाइएको कपडा, सलक्क छाडिएको कपाल, गाजलले भरिएका जिज्ञासु आँखाहरु । ओहो सुची सधै यसरी नै उभिन्थी । यही बारमा घण्टौंघण्टा आँखामा आँखा जचाएर अनि हतारिदैं पस्थी,कुनै माइक्रो भित्र । बाइ बाइ लक्स ..........।

मास्टरको विद्यार्थी ऊ अर्थात लक्स । एउटा प्राइभेट कम्पनीमा जागिर ग-थ्यो । यि प्राइभेट अफिसहरु खाउभने कान्छो वाउको अनुहार नखाउ भने दिनभरीको शिकार पाराका । कहिल्यै फुर्सद हुने हैन ,फेरी कलेज दिनदिनै जान नपाए पछि ट्युसन पढेर भएपनि पास त गर्नैप-यो । ह्या यो शनिवार एकदिन त मज्जाले सुत्न पाए पनि त हुने.........। तर किन त्यती बेला निद्रा कहाँ गएको थियो कुन्नी? कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन । विशेष शनिवार आउदा त कुनै चाड आए झै लाग्थ्यो । राति नै उठेर नुहाइधुवाइ ग-यो ऊ । आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो अनि बडो उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो ।

आज सण्डे है सुची ?
अँ आज भर्खर फ्राइडे भयो , यो स्याटडे आउन किन यति धेरै सामय लाग्छ लक्स ?
हप्तैभरी दुवैजना भित्रभित्रै छटपटाउथे अनि घण्टौ फोनमा झुण्डिन्थे ।

ऊ हरशनिवार ट्युसन सकाएर मोडल हस्पिटलको गेटमा अडिन्थ्यो । सुची एकैछिनमा हाजिर हुन्थी । केही पलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणि गायव हुन्थे । भिडभाडलाइ छल्दै कहिले नगरकोट, कहिले गोदावरी, कहिले धुलिखेल, कहिले ककनी त कहिले कता-कता ।

आज ती दिनहरु कल्पनाका आकाशमा हराएका छन् तरैपनि उसलाई यादहरु पनि बडो स्वादिलो लागिरहेको छ ।
'तपाइ कहाँ बस्नुहुन्छ ?'
'हजुर ! मनमैंजुतिर हो ।'
'म पनि उतै बस्ने हो हेर्नुस न एक्कासी बन्द भएर , के गर्ने होला ?'
'अँ भन्या यो बन्दले त अति नै ग-यो । मेरो त झन् आमा आउनुभाको छ गाँउबाट । आत्तिइसक्नु भो होला के गर्ने गर्ने...........??'
'अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ न त ।, भित्रि बाटो त बन्द छैन होला नी । '
'खै ??'के गरु...के गरुको अवस्थामा सुचीले उसको लिफ्ट स्विकारेर घरसक्मको यात्रा तय गरेकी थिई ।

पुतलीसडकको एउटा कन्सल्टेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सुचना, अर्को एउटा प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो तय गदै आएको लक्ष्मण । दुवै उस्तै उस्तै पीडा र सर्घष बीच गुर्जदै आएका थिए । त्यो सधैको पीडादायी सडकबन्द, एकदिन खुसीको बाटो भएर बगे झै लाग्थ्यो दुवैलाई । दुवैले मन मिल्ने साथी भेट्टाएका थिए । छोटो समयको अन्तराल मै सुचना लक्ष्मणकी मायालु "सुचि" भएकी थिइ । ऊ "लक्स "।

ऊ घरको एक्लो छोरो । बुढा बा आमा । आमाको विरामीको खवर पाएर उसलाई एक्कासी गाँउ जान परेकोले कही दिनदखी सुचीदेखी टाढिन परेको थियो ।
'लक्स म तिमीलाई तुरुन्तै भेट्न चाहन्छु , जहाँ जसरी भएपनि ।'
एकदिन आत्तिदै सुचिले फोन गरी । दुवैजनाको भेट भयो । आखाभरी आशु पारेर सूची बोली " लक्स ! म अष्ट्रेलिया जाने भए नी , आजै एक बजेको फ्लाइट छ । '
'हँ...........तिमीले यतिका दिनसम्म गरेको दुखको फल पायौं । अँ साच्चि, पैसाको जोहो गर्न गाह्रो परिरहेको थियो, के ग-यौ त.......... हतास हुदै ऊ बाल्यो ।'
'मैले एउटा निर्णय गरे लक्स । तिमी विदेश जादै नजाने, मलाई नगइ नहुने ....................। एउटा सम्पन्न मान्छेलाइ पनि समस्या परिरा'रहेछ , उसैसँग कोर्ट म्यारिज गरेर जाने भएँ । उसले लाग्ने सबै खर्च व्यहोर्दैछ ।'

' तिमी कोर्ट म्यारिज गरेर जाने ? कस्तो मान्छे हो.......'यति मात्र निस्किए उसको मुखबाट । मनभित्रबाट उठेको ज्वालामूखी घाँटीसम्म आएर रोक्कियो ........... 'तिम्ले आफ्नो निर्णय त गरेछौ सुची तर तिमी गएपछि मेरो के हाल हुन्छ, विचार गरेकी छौं ?
'अँ, अव हामीले चाहेर केही हुनेवाला छैन लक्स,मेले निर्णय गरिसके । जे होला राम्रै होला । समयमै, धेरै पटक भनेथें तिमीलाई, पटक्कै मानेनौं । अव त...........मैले निर्णय गरिसके । '
'तिमी राम्ररी पढ, काम गर ,मलाई नविर्स ........'आशु रोक्ने असफल प्रयास गर्दै बोल्दा बोल्दै ऊ उठेर हिडीं । चाहेर पनि उसले रोक्न सकेन ।

एउटा नमिठो घाउ दिएर ऊ गई, ऊ भन्दा धेरै पर । बोल्ने आँट पनि आएन , बोल्ने कुरा पनि बाँकि रहेन । अन्त्यमा "शुभयात्रा सुची, सदै खुसी रहनु'' हतार हतार टाइप गरेर एसएमएस् पठायो उसले ।

त्यसपछि, फेरी यो शहरमा ऊ एक्लै भयो । सुचीसँग भेटिनु अगाडी पनि त एक्लै थियो अव पनि के फरक पर्छ र? उसले मनलाई बुझाउने हजार प्रयास ग-यो, आखिर मनै त हो बेला न कुवेला बाँध भत्काएर बगिदिन्छ । सँगै विताएका ती पलहरु ............."एउटा मान्छेको मायाले कति फरक पार्दछ हो जिन्दगीमा..............." त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी दुख्यो ऊ बेस्मारी ।

"ए लक्ष्मण घर जाने हैन ?" साथीहरुले कर गर्दा मेरो धेरै काम छ । सरी ल, म जान्न भनेर फिल्म हेर्न नगएको ऊ । साथीहरु त फर्किसकेछन् । झस्कियो ऊ । अनि साथीहरुसँगै चुपचाप÷अनोठो चालामा घर पुग्यो । कुसोकसो ऐनामा आँखा पुग्यो । ओहो उसको शरीर कति मायालाग्दो भएर सुकिसकेछ, भोक हराएको महिनौं भैसकेछ । कलेटी परेका ओठहरु सुम्सुम्याउदै यता यता हे-यो । किताबका चाङ्गहरु धुलोले छपक्क ढाकिएछ ,हरेक सामान कस्तो भद्रगोल । पर फालिराखेको मोवाइल , स्किन मै मुस्कुराइ रहेका दुइ प्राणी लक्स र सुची । उसका औंलाहरु यन्त्रवत चले । पलभरमै त्यो नमीठो विगत कमसेकम उसको मोवाइलवाट डिलिट भयो । अनि केही चङ्गा भए झै गरेर ऊ भान्छातिर छि-यो ।
(हाल : शंकरदेव कलेज, काठमाडौं)

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।