भोका र नाङ्गा किन ?

– अदीप्त एलिना
भोट पहाड छ राम्रो भूभाग छ तराई पनि
माटो सुन्दर सपूतका सत्कर्मले ज्युदै छ इतिहास अनि ।

हाम्रो गौरब विश्व शिर हिमशिला टल्किन्छ बान्की परि
नाच्छ कोइली डाफे कुक्कु हास्दा बुकी केशरी ।

थिएन अर्को स्वर्ग सुखको मान्छे थिए पौरखी
देख्दै छु माटो जर्जर आज कठै नेपाल आमा रोगी ।

गाउँ छैन सहयोग मिलापमा वस्ती अनि सुनसान
शान्ति संगै प्रीत फाट्दा धर्ति पोख्दै छे यहाँ बेदना ।

खुलेन बसन्त पनि घाऊ फुल्दा गुरासमा
अझै फेरिएन नेपाल डढेलो लाग्दै छ फेरी आशामा ।

बन्दै छौ लाचार जनतै व्यवधान नाना सहि
दुख्दा हामी निर्दोष बडा दुख्दैनन नि अझै खै ।

आयो भन्छन गणन्त्र खै देखिन्न परिवर्तन
आकसैको फल भो नि खै लेखिन्न संबिधान ।

बाकी छैन राष्ट्र ढुकुटी बढदै छ भ्रस्टाचार
रित्याएर आफ्नै घर यसरि सन्तोष कति मिल्छ र ।

कुर्सि खातिर देश जनता थापेर च्याखे कति
पार्छौ मातृभूमिको छाती अझै बढी भतभती ।

श्रमको पाइन्न मूल्य यहाँ बढ्दै छ अरु शोषण
बसौ कति चुपचाप धुर्तकै मानेर निर्देशन ।

सभा समारोह गुन्जाउछौ छोडछौ मिठा भाषण
हामी उस्तै छौ बिपतमा भोका र नांगा किन ?

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।