गजल (शिरको टोपी)


- विष्णु बैकुण्ठे. झापा


शिरको टोपी सजाउन, फूलको कानी लाएको छु
भीरको मोती पजाउन, मूलको पानी खाएको छु

उठ हे शुभ विहानी भो, नेपाली झण्डा फर्फराऔं
तीरको सोती बचाउन, कूलको नानी पाएको छु

नगरे मोह स्वदेशको, सराप आमाको लाग्दछ
पीरको खोपी भचाउन, हूलको रानी ल्याएको छु

शान्तिको देश नेपालमा, क्रान्तिको बिगूल नफुकौं
नीरको धोती लगाउन, शुलको खानी आएको छु

बनाउँ स्वदेश झल्मल, नेपाली पाखुरी जुटाई
बीरको ज्योती जगाउन, तुलको घानी गाएको छु
_-_*_-_*_-_*_-_*_-_*_-_*_-_*_-_*_-_

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।