- विष्णु प्रसाद चापागाई
अस्ति विहिवार दिउँसो अफिस आउने गाडी नभएपछि म अर्कै कम्पनिको गाडी चढी एक्लै अफिसतिर हुईकिएँ । हुन त त्यो समय म अफिस हाजिर नभएपनि हुने थियो तर बेलुका सन्तोषजीको कोठामा बास बस्ने र मेरो एक समान नेपाल पठाउन राम भट्टराईजीलाई भेट्नुपर्ने भएकोले म एक्लै अफिसतिर हुईकिएको हुँ । सदा झैं म अफिसमा बसेर गीत सुन्दै काम गरिरहेको थिएँ । ३ बजे फोनको रिङ्ग टिनिनिनिनि……………………… बज्यो उठाएँ बोसले गरेको रहेछ ।
मः - Hello, Good Afternoon, Mohammed Saleh Al-Qahtani Est.
बोसः - Bishnu! Asalaam Aalekum.
मः- Aalekum Asalaam.
बोसः - Are you fine? What are you doing now?
मः - Yes, I am fine. I am checking timesheet and making invoice for Abdullah H. Al-Qahtani Est.
बोसः - Hey, Bishnu, tomorrow will be party in my house. So, I invite all our employees. You take Kishor and our entire employees and will come together tomorrow morning at 9 O’clock.
मः - But, I have no car since before two day’s. How we will be arriving there?
बोसः - OK. No problem for you, I will tell to Ashif Ali and he will be managing a car.
मः - OK. I will give it information our entire employees and will be come your party.
बोसः - Don’t forget you.
मः - OK. Thank You.
फोन राखें । म मनमनै सोच्न थालें कि आज बोसले यसरी मायालाग्दो तरिकाले बोल्दै किन हामीलाई उसको पार्टीमा बोलाईरहेछ फेरि उसले त म र किशोरलाई मात्र मन पराउँछ आफ्नै कम्पनीको भएपनि अरु नेपालीलाई त्यति मन पराउँदैन थियो । तरपनि कम्पनिमा कार्यरत सबै नेपालीलाई लिएर आउनु भनी मलाई अर् हाएको छ । विहिवार र शुक्रवार राती सन्तोषजीकैमा बसेर शनिवार मात्र मेरो कोठा नपुगी सीधै अफिस आउने मेरो योजना थियो । तर भोली विहानै मेरो कोठा पुग्नुपर्ने वाध्यता भयो । मैले सबैलाई फोनबाट सम्पर्क गरें कि भोली बोसले आयोजना गरेको पार्टीमा सबैजना जानुपर्छ भनी जानकारी गराएँ ।
बेलुका अफिस बन्द गरी म सन्तोषको कोठामा गएँ . धेरैबेर गफगाफ भएपछि मेरो सामान दिन रामजीको कोठातिर गयौं तर रामजीलाई भेटिएन । यो सामानको जिम्मा मैले लिएँ म भोली आएर रामजीलाई हात लगाइदिन्छु भन्दै सन्तोषजीले भनेपछि हामी बजारतिर घुम्न गयौँ । बजारमा पुष्प ओली, रुपक दहालसँग पनि भेट भयो । पुष्पजीले लामो कपाल पाल्नुभएको थियो । उहाँलाई कपाल काट्ने विचार आएछ । तर काट्नु अघि लामो कपाल भएको फोटो खिच्न मन लागी हामीलाई फोटो स्टूडियोतर्फ लगेर एक सामुहिक फोटो खिचाउनुभयो रातको एघार बजे । फोटो तुरुन्तै निस्कियो सबैले एक एकवटा फोटो समाई हामी किनमेलतर्फ लाग्यौं भने पुष्प चाहीँ कपाल काट्न ।
रातको १२ बजे सम्पूर्ण काम सकेर पुष्पको कोठातिर गयौ ताकि अघि नै पुष्पकोमा रात बस्ने सल्लाह भइसकेको थियो । कोठामा पुगी गफ गर्दै खाना बनाई खाँदा विहानको ३ बज्यो । साथीहरु सबै नै जोसिला र झापाली भएको हुँदा समय वितेको पत्तै भएन । खाना खाईसकेपछि हामी एक अर्कामा हाजिरी जवाफ त कहिले दिमाग खियाउने प्रश्न गर्दा गर्दै उज्यालो भयो । विहान छ बजे मेरो कोठा जान भनी निस्किएँ । बाहिर आँधी बतासको साथै आकासबाट ठूलो गडगडाहटमा चट्याङ्ग परिरहेको थियो । मैले कोठा जान आँट गर्न सकिन किनकी मेरो कोठा हिडेर जान पूरा १ घण्टा लाग्थ्यो । विहान ८ बजे आकाश उघि्रयो घाम पनि साथै लागेपछि म साथीहरुबाट विदा भई हिड्दै कोठातर्फ लागें ।
विहान ९ बजे कोठामा पुगें साथीहरु सबै तयार भइसकॆका रहेछन् । Ashif Ali गाडी लिई कोठामै बसिरहेको रहेछ । म पनि हतार-हतार तयार भएँ र सबैजना बोसको घरतिर प्रस्थान गर् यौं । करिब १ घण्टा गाडीको यात्रापछि बोसको घर पुगियो । उसको घरमा कुनै मानिसको चहलपहल थिएन मात्र बोस हामीलाई प्रतिक्षा गरेर बसिरहेको रहेछ । हामीलाई उसकै बैठक कोठामा बोलाई लग्यो । बोससँग कम्पनीको बारेमा केही समय गफ भएपछि हाम्रो स्वागतको लागि खानेकुरा मगायो । कोठामा कुनै फर्निचरका सामाग्रीहरु थिएन त्यसैले हामी सबैजना भूईमा नै बसिरह्यौं । उसको साहिला छोराले भित्रदेखि सजिसजावट तरिकाले फलफूल, बदाम, खजुर (छोकडा) साथै कावा (अरबी कफी) पनि क्रमशः लिएर थ्याच्च भुईमा बस्यो हाम्रै सामुन्ने । अनि एक एक गर्दै प्लेटमा खानेकुरा लगाई घुँडा टेकेर हात हातमा दिन थाल्यो । बोसको घरमा एक इन्डोनेसीयाली केटी कामदार पनि छ । मैले बोसलाई प्रश्न गरें कि यी खानेकुरा बाँड्न उक्त केटीलाई किन प्रयोग नगरेको ? जवाफमा बोसले भन्यो- पाहुनाको सत्कार गर्न अरबी केटा चाहिन्छ खतमा (नोकर) ले हुन्न । मैले अरबीको हरेक नियम रितिरिवाज तथा चालचलन आदि कुराहरु बुझ्नु थियो । त्यसैले मैले फेरि घुँडा टेकेर भान्से भएको बारेमा सोधें । जवाफमा साउदीको नियम हो भन्यो ।
हामी हिन्दूहरुमा चाहीं हरेक पाहुनाहरुलाई विशेष गरेर महिला भान्से भई उठेर बडो सम्मानसाथ खानेकुरा दिइन्थ्यो तर साउदीहरुमा ठीक उल्टो भएको मैले पाएँ । अरबीले खानेकुरा बाँड्दा जुन आशनमा बसेको छ पाहुनाहरुले खाइ नसकुञ्जेलसम्म त्यो भान्सेले त्यही आशनमा बसी आवश्यक कुराहरु थपिरहनुपर्दो रहेछ अनि खाइसकेपछि मात्र उसले उठ्न पाउने रहेछ । मैले त गफको सुरमा ४० भन्दा बढी खजुर खाइसकेछु जुन एकदमै मिठो थियो । कावा पनि अति नै थोरै दिइदो रहेछ जुन एक घुट्की पनि राम्रो नहुने त्यही एक घुट्की कावा लाई १० पटक भन्दा बढी पटक सुरुप-सुरुप पारी सक्नुपर्दो रहेछ । एक चोटी सकिएपछि एक पटक एक घुट्की कावा फेरि थपिदिने चलन पनि रहेछ । कुरैकुरामा बोसले उसको छोराहरुलाई मैले राम्रो-राम्रो चित्र बनाउछु भनि सम्झायो । त्यसपछि त सबै छोराहरु हातमा पेन्सिल कलर तथा ड्रइङ्ग पेपर बोकेर मेरो सामु भीड लागेर सबैले आ-आफ्नो तस्वीर बनाई मागे । मैले सबैको फोटो मागेँ तर उनीहरुले फोटो नदिई कसैले बसेको त कसैले उभिएको फोटो बनाइमागे । यो छोटो समयमा मैले सबैको चित्र बनाइसक्नु सम्भव थिएन । त्यसैले एकजनालाई मात्र बस्न भनें । बोसको काहिंलो छोरो बैठक कोठाको बीचमा बस्यो । हामी १२ जना अन्य सदस्यहरु कोठाको वरिपरी बसेका थियौं । कसरी उक्त छोराको चित्र जस्ताको तस्तै उतार्छ भनेर सबैले मेरो अनुहारतिर हेर्न थाले । म चाहीं निर्धक्कसाथ उसलाई हेर्दै चित्र कोर्न थालें । करीब आधा घण्टामा उसको मुख्य आकृति निकाल्न सफल भएपछि बस्ने केटालाई उठ्न भनें । ताकी एकै आशनमा नहल्ली बसेर ऊ अघि नै गलिसकेको थियो । मेरो चित्र बनाईको कला देखेर अरबी सबै नै छक्क पर्नु स्वाभाविक नै थियो । तर म सँग जाने साथीहरु पनि आश्चर्यचकित भए । चित्रको सम्पूर्ण काम सकिएपछि मैले बोसलाई चित्र देखाएँ ऊ ज्यादै नै खुशी भयो ।
नेपालबाट कस्तो प्रकारका सामानहरु ल्याउँदा यहाँ त्यसको राम्रो व्यापार हुन्छ भनी बोस सोधिरहन्थ्यो । हामीले सोचविचार गरेर अर्को दिन जवाफ दिने भन्यौं । हाम्रो नेपालको स्थान तथा रितिरिवाजको बारेमा गफ चलिरहँदा फेरि अर्को परिकारको खाना आइपुग्यो । जसलाई खाप्सा (पुलाऊ जस्तै खाना, कुखुरा सिङ्गै पोलेर पकाएको र अन्य सलादका परिकार) भनिन्छ । उक्त खाप्सा खाने समयमा परिवारका सदस्य सम्पूर्णलाई कोठाबाट हटाएर हामी नेपालीलाई मात्र बसायो अनि ऊ पनि मेरो छॆऊमा बस्यो । एउटा ठूलो नाङ्लो जस्त्रो एक थालमा हामी सबैजनालाई पुग्ने खाना ल्याएको थियो । हामी सबैजनाले वरिपरीबाट खान थाल्यौं एकै थालमा ।
बोसले यसरी नेपालीसँग बसेर कहिले पनि खाएको थिएन रे त्यो पनि एउटै थालमा । तर किन हो कुन्नी बोसको व्यवहारमा दिन प्रति दिन परिवर्तन भईरहेछ । पहिला म आउँदा बोस बाघको जस्तो गर्जेर भोटे कुकुर जस्तो गरी झम्टन्थ्यो कसैलाई पनि टेर्दैनथ्यो निकै नै घमण्डी थियो । तर म आएको पाँच महिना नपुग्दै उसमा धेरै परिवर्तनहरु आइसके । ऊ अहिले हरेक कुरामा नरम भइसकेको छ कि मैले भनेको कुनै पनि कुरालाई काट्न चाहदैन । हुन त मैले पनि शुरुशुरुमा उसको गाली नखाएको भने होइन । तर काम नगरेर नभई भाषा नबुझेर गाली खाएको थिएँ । अफिसमा म एक्लै हुन्थें, बोस आउँथ्यो चर्को बोली गरेर काम अर् हाउँथ्यो । अनि यो बेलामा मलाई रिस उठ्थ्यो तर नरम भई बोसलाई सम्झाउँथे कि आफ्ना कामदाहरुको काम खानु छ भने तिमी कुनै पनि कुरामा नझर्क, तिमी नरम हुन सिक, आफ्ना कामदारहरुलाई माया गर्न सिक । तिमीले आफ्नो सम्मान खोज्छौ भने अरुको पनि सम्मान गर्न सिक । अनि पो हरेक कामदाहरु तिम्रो पछि लाग्छन् । तिमीलाई मन पराउँछन् अनि तिम्रो कम्पनीमा आउन चाहन्छन् । यसरी जहिल्यै बाघ गर्जेझैं गरेर कर्मचारीमाथि झम्टिदा हरेक मानिस तिम्रो विरोधी हुन्छन् । अनि तिम्रो कम्पनीले कसरी नाफा कमाउन सक्छ ? भनि बारम्बार सम्झाउने प्रयास गर्थें । सायद मेरा यिनै सल्लाहले गर्दा होला उसको मन दिन दिनै पग्लिदै गएछ । र आज हामी नेपालीसँग सँगै बसेर नेपालीको जुठो खाने रहर लागेछ क्यारे । घरमा कुनै कार्यक्रम नभए पनि हामीलाई ख्वाउन अनि हामीसँगै खानको लागि हामीलाई बोलाएको रहेछ ।
बोसको आमालाई भर्खरै आँखाको अप्रेशन गरेर घरमा ल्याएको थियो । सबैजना वरिपरी बसेर खाप्सा खाइरहेको समयमा मैले बोसका आमाको स्वास्थ्य स्थितिको बारेमा सोधें । उसले सुधार भइरहेको जानकारी गरायो । Can I see your sickbed mother? मैले बीचैमा फेरि प्रश्न गरेँ । No! No!! You cannot see my mother. No see anybody to my mother without my family. There is very deferent law in Saudi Arabia than Nepal, India, Egypt and other countries. मैले OK Thanks भनि समर्थन जनाएँ । उसले अब नयाँ नयाँ कार्यक्रम ल्याउन लागेको कुरा पनि सुनायो । यस्ता कार्यक्रमहरुमा अफिस विदाको दिन हरेक समय आफ्ना कर्मचारीहरुलाई साउदीको विभिन्न ठाऊँ घुमाउन लैजाने कुरा पनि बतायो । अनि आउने शुक्रबार चाहीँ उसको मजरा (खेतबारी/बगैंचा) र बकरी (भेडा तथा उँट पालेको ठाउँ) घुमाउन लैजाने र उँटको दुध चखाउने कार्यक्रम पनि सुनायो । हाम्रो अफिसदेखि उसको मजरा तथा बकरी धेरै टाढा पर्दछ । अफिसदेखि बोसको घर नै १५० कि मि टाढा छ भने मजरा तथा बकरी पनि घर देखि त्यति नै टाढा पर्दछ । मतलब ओहोरदोहोर ८०० देखि १००० कि मि सम्मको यात्रा गर्नुपर्ने कुरा पनि जनायो । र उक्त यात्रा गर्नको लागि कोठाबाट विहानै हिड्दा राम्रो हुने र सबैथोकको अवलोकन गर्न पाइने कुरा पनि छुटाएन ।
बेलुकीको ५ बज्यो हामीले हाम्रो कोठातर्फ जान हतारियौं । Ashif Ali दिउँसै हिडिसकेकोले बोसले झोलाभरी फलफूल र मजराबाट ल्याएका ताजा तरकारी मेरो दुईहातमा थमाउँदै उसको गाडीमा चढायो र केही परसम्म पुर् यायो जहाँ भाडाको ट्याक्सी रोकिराखेको थियो । उसको काम विशेषले हामीलाई कोठासम्म पुर् याउन नभ्याएकोले पर रोकि राखेको ट्याक्सी १०० रियालमा रिजर्भ गरी हामीलाई कोठासम्म पठाउने व्यवस्था उसैले मिलाईदियो । बोस उसको घरतर्फ फर्कियो भने हामी पनि आफ्नो कोठातर्फ हुईकियौं ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।