- विष्णु बैकुण्ठे
क्रान्ति परिपाठले टुट्यो सपना औंशीको यो रातले लुट्यो सपना
गजलसँग सम्बन्धित तस्वीर |
छरेथेँ मनोकांक्षा सबै हराए
बज्रिएको काठले चुट्यो सपना
इर्श्यालु मन्दहावा मनको खडेरी
अग्निज्वाला रापले भुट्यो सपना
अशान्ति यत्रतत्र यात्रा अधुरो
भेदभाव जातले कुट्यो सपना
अनन्त यात्रा चालेँ चुमिनसक्दै
कठोर आघातले छुट्यो सपना
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।