- विष्णु बैकुण्ठे
प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून
खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा
दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर
विश्वमा नै एउटै रूपमा हेरिने गरिन्छ । अझ नेपालका प्रहरीले त देशमा भएका सत्य
घटनालाई मात्र जीवन्त दिन आफ्नो मूल नारा नै "सत्य सेवा सुरक्षणम्" राखेका छन् ।
सोझोपनको फाइदा उठाउँदै बोधोहरूलाई खाडलमा हाली मादल बजाउने, अवैधानिक तवरले
कालोबजारी गर्ने, फिरौति र डकैतीमा पल्केका, लुटपाट गर्दै उत्पात मच्चाउने, अनेक तवरबाट
गाउँ, समाज या राष्ट्रमा नौटंकी गर्दै आतंकित फैलाउने बाहेकका हामी
सबैलाई प्रहरी एकदमै प्यारो लाग्छ र उनीहरूप्रति
हाम्रो सम्मान पनि उत्तिकै छ । घर, अफिस, यात्रा अथवा के गाउँ - के शहर, जहाँ हामी
छौं त्यहाँ प्रहरीको उपस्थिति देखिएमा लाग्छ कि हामी सुरक्षित छौं । यसैले त हामीलाई प्रहरीको बाक्लो उपस्थिति वा कडा निगरानी भएको
ठाउँमा बस्न या हिड्डुल गर्न कुनै आपत्ति लाग्दैन किनकी
हामीले कुनै गलत कृयाकलाप नै गरेका हुदैनौ र यसलाई सहज रूपमा लिने गर्छौं । यात्रामा निस्कने जो कोहीलाई पनि यात्रा अवधिभर प्रहरीको नजिक रहनपाए
हुन्थियो भन्ने लाग्ने गर्छ किनकी हामीलाई प्रहरीमाथि पूर्ण
विश्वास छ । तर यो विश्वासले सबैलाई कहाँ न्याय गर्दो रहेछ
र ? भन्ने नमिठो तर्कले आजदेखि मेरो मनलाई उल्टो खेदिरहेछ पुल्ठो बालेर । र त मन अमिलो बनाउंदै प्रसंग यता जोड्दैछु
।
हाल म साउदी अरबको एक कम्पनीमा विगत चार बर्षदेखि
कम्पनी व्यवस्थापकमा कार्यरत छु । व्यवस्थापकले गर्नुपर्ने कामहरू अफिसभित्रमात्र
नभएर बाहिरतिरका पनि हुन्छन् । सँगै जोडिएका कम्पनीदेखि ४०० कि.मि. टाढासम्म पनि कम्पनीको
उद्देश्य अनुरूप मागपूर्ति र आपूर्तिको संयोजन
गर्न एक्लै गाडीमा हुईंकिनु पर्छ । माड खाएर जाँडको फुर्ति
लगाउन नजान्ने आफू सीधा मान्छेले सीधा नै सोचेर प्रहरीको
कडा निगरानी तथा चेकजाँच भएका साउदीका सडकहरूमा निर्धक्कसँग जानेआउने गर्दैथिएँ । चेकजाँचका क्रममा सामान्य सोधपुछ
बाहेक अन्य झमेला अहिलेसम्म झेल्नुपरेको थिएन । तर कहिलेकाँही त जीवनमा सोच्दै
नसोचेको घटना आफैंले भोग्नुपर्दा भने साँच्चै नै तनाव
हुँदोरहेछ ।
आफ्नै कम्पनीमा
कार्यरत एक नेपाली मित्र विगत केही महिनादेखि छुट्टीमा रहनुभएको र खाडीको राडी
सम्झेर हो वा घरको भर नभएर हो कुन्नि आज इतिहाद एयरवेजमा काठमाण्डौबाट दमाम आगमन हुदैथियो । उहाँलाई लिनको लागि मैले रातको १० बजे एयरपोर्ट पुग्नु जरूरी थियो जुन ५५
कि.मि टाढा पर्छ । समयमै खानपिन गरेर कोठामा रहनुहुने दुईजना साथीहरूको साथमा एयरपोर्ट प्रस्थान गर्यौं । जाँदा बाटोमा
कुनै असजिलो भएन । झण्डै तीन घण्टाको पर्खाइ पश्चात उहाँको आगमन भो र हामी सोही बाटो फर्क्यौं । नेपाल देखि ठेलठाल
गर्दै साउदी भित्रिएको र धिमाल देखि हिमालसम्मको कुरा गर्दागर्दै हाम्रो गाडी धेरै
अगाडी बढिसकेछ ।
रातको १:३० बजे चेकपोष्ट आइपुगियो जहाँ चार जना प्रहरीहरू चेकजाँचमा तैनाथ छन् । एउटा प्रहरीले
हामी सबैको आइडी माग्यो, दियौं । अर्को प्रहरीले ओठका जुँगा हल्लाउंदै
हामी सबैलाई गाडी बाहिर निस्कन भन्यो, उसको खानतलासी
गर्न पाउने अधिकार सम्झेर हामी सबै बाहिर निस्क्यौं । "दालमें कुछ काला है" झैं गरी उसले
हाम्रो गाडीलाई अप्रत्यासित ढंगले जाँचगरे जस्तो गरिरह्यो
। बाक्लो ज्याकेट लगाएको तेश्रो प्रहरीले ज्याकेटभित्र केही लुकाएको आभास भइरहेको थियो । उसले पनि जाँच गरेजस्तो गरी
गाडीभित्र पस्यो र पानीको एउटा खाली बोतल झारेर एकछिनमा बाहिर निस्क्यो । दोश्रो
प्रहरीले उक्त बोतल निकाल्यो र सुँघ्दै भन्यो- "यो के हो ? " पानीको बोतल । "पानीको बोतल रक्सी गन्हाउँछ
?" भन्दै नाकको पोरा नै भासिने गरी बोतल मेरो नाकमै टँसायो ।
मेरी बास्सै !!! स्प्रिट मिसाएको रक्सी गन्धको
एक झड्काले नै मेरो टुपीबाट धुवाँ निस्कन खोज्यो । स्वास फेर्न एकछिन कठिन भो ।
नेपालमा बेलाबखत साथीहरूमाझ पिउने गरेपनि साउदी प्रवेशदेखि अहिलेसम्म जुठो हाल्न आँट गरेको छैन । अब आफूले नपिएपछि बोकेर हिड्ने कुरा पनि भएन । मैले पहिले नै सुनेको थिएँ
कि साउदीहरू गैर साउदीहरूलाई फसाउन हरेक जुक्ति
रच्ने गर्छन् रे । लौ बर्बाद बनाउने भए अब किनकी मलाई आज यसैको शिकार बनाउन खोजिरहेछन् ।
"तँ रक्सी पिउँछस् ?" अँहँ । ऊ अझ कड्क्किदै बोल्यो- "त्यसो भए यो रक्सीको
बोतल कस्ले ल्यायो ? को छ तँ सँग रक्सी पिउने ?" "उ त्यो प्रहरीले झारेको हो । त्यो मेरो
बोतल हैन", जवाफ दिएँ ।
तेश्रोले चौथो प्रहरीलाई के इसारा गरेथ्यो, चौथोले बोलायो, गएँ ।
सिंह गर्जे जसरी सोध्यो- "तेरो नाम के ?" विष्णु । कहाँ छ कम्पनी ? "दमाम" । कहाँ पुगेर आ'को ? "एयरपोर्ट" । रक्सी पिउँछस् ? "पिउँदिन" । तँ कहाँको होस् ?
"नेपालको" । त्यसो भए यो बोतल
कस्ले ल्यायो ? "उ त्यो प्रहरीले" भन्नासाथ ममाथि हात छोडिहाल्यो । "तँ नेपालदेखि आएर हामीलाई उल्टै औंला तेर्स्याउने ? यसलाई कोच गाडीभित्र ।" कैदी
बोक्ने जालीवाला गाडी देखाउँदै तेश्रो प्रहरीलाई आदेश दियो ।
गोरखाको सम्झना तब आयो, न्याय खोज्न गोर्खा नै जानुपर्ने भो । गोर्खा जान यहाँ असंभव, त्यसैले प्रहरीको नजरमा
चै गोर्खालीले अब कोर्रा खान चै तयारी हुनुपर्नेभो । म निहत्था तथा निर्दोस झापालीले
बैचारिक तवरबाट नै बाघे झाप्पु प्रहार गर्न सोचें र बोलेँ- "माडको गन्ध जाँड हुनैसक्दैन
। म रक्सी पिउँदिन । मैले पिएको के प्रमाण छ ? शंका भए अहिले नै अस्पताल जाऔं । मेरो स्वास जाँच
गर । रगत परिक्षण गर । तिमिहरूले जहाँ लान्छौ, त्यहीं जान तयार
छु । तर जानुअघि मेरो बोसलाई एकपटक फोन गर्छु ।
मेरो बोस पनि तीनवटा फूली लगाएको पुलिस हो ।"
मेरो तथ्यगत कुरा सुन्नलाई ऊ कहाँ तयार छ र ? मेरो बोसको नाम सुन्ने वित्तिकै ऊ
नराम्ररी झस्कियो
। म भन्दैथिएँ तर भनाइ नटुङ्गिदै म सँग भएको दुईवटै मोवाइल खोसेर लग्यो र निधार खुम्च्याउँदै मलाई पनि जालीवाला गाडीभित्र कोच्यो ।
बाहिर रहनुभएका तीनजना साथीहरूलाई पनि हप्किदप्की गर्दै के के सोधिरहेथ्यो । सबैको
मोबाइल र बाक्लो कपडा उतार्न लगाई धमाधम बयान लिएको
नाटक गर्न थाले तिनिहरूले । प्रहरीले जे-जे नाटक गरेपनि सबैको बयान एकै समान थियो
। किनकी हामीले कुनै गलत काम गरेका थिएनौं । तर प्रहरीको अनावश्यक झमेला, रातभरीको शीत,
चिसो हावासँगै बढेको माघको जाडोले भर्खरैमात्र खाडीको राडी सम्झेर साउदी आउने साथीको पहिलो दिन मै हरिविजोग भो ।
झण्डै आधाघण्टा जति जालीवाला
गाडीभित्रको बसाइपछि अर्को जालीवाला गाडीमा आएको प्रहरी आएर मलाई फकाउन थाल्यो । "तँ नेपाली रहिछस् । नेपालीहरू सीधा र इमान्दार
हुन्छन् । म तलाई मद्दत गर्छु ।" उसले यति भनिसक्दा
पहिलेका प्रहरीदेखि उठेको रीसको पारो ह्वात्तै झरिगो । प्रहरीभित्रै भएका दुईथरीका व्यवहारले मलाई असमानजस्यतामा पारे तापनि केही आशाका टुसा पलायो । उसले फेरि थप्यो- "हेर् हस्पिटल लग्यो भने तैंले रक्सी पिएको
रिपोर्ट आउंछ र तँलाई नै अफ्ठेरो पर्छ । तँलाई जेल हाल्छ, जेल हाल्यो
भने तेरो परिवारलाई पनि मुश्किल हुन्छ । बरू मैले भनेको मान्
।"
उसका यस्ता कुराले मलाई फेरि फसादमा पार्ला जस्तो भो । घुमाइफिराई जालमा पार्ने नियत बुझें मैले । तैपनि सोधेँ- "के कुरा ?"
"एक हजार रियाल दे । सबै कुराको तर्तिफ म गर्दिन्छु
।" जवाफ
फर्कायो ।
अघिदेखि नरम शब्दमा बोलेको त यसै गर्न पो रहेछ बाई । साउदीले गुदीदेखि निकालेर चिप्लो धसेको त सहयोगरूपी
भ्रामक उरूङमाथिको सुरूङभित्र फसाउने दाऊ पो रहेछ त । म चर्को हुँदै बोलेँ- "म यहाँको मुदीर
(मालिक) हैन, केबल कामदार मात्रै हुँ । म सँग हलाला (पैसा) छैन ।"
"त्यसो भए मलाई केही पनि पर्दैन । बाहिरका चार जनालाई दुई-दुईसय रियाल दे।" उसले फेरि फकायो ।
अलिकति पैसो पाइन्टको सेफ गोजीमा भएपनि मैले
कोटको गोजी उल्टाउँदै देखाएँ र भनें- "आना माफी फूलुस (पैसा छैन)।"
”त्यसो भए तेरो यो मोवाइल दे ।" अघिल्लो सातामात्रै
१३ सय रियालमा किनेको सामसुङ्गको ग्यालेक्सी देखाउँदै उसले फेरि दलाली थप्यो ।
अब मेरो गरि-उपाय नलाग्ने भो गाँठे । पैसा नखाई नसक्ने भो । बल्ल बल्ल दुःख गरेर किनेको मोबाइल
पनि लान्छु भन्छ । मेरा महत्वपूर्ण डाटाहरूपनि सँगै जाने नै भए । त्यसैले हतार
गर्दै भनें- "त्यो मोबाइल मेरो हैन । बाहिर बस्ने साथीको हो । ऊ त्यो सानो मोबाइल
लान्छस् भने लैजा ।" ऊ रीसले बम्किंदै हिड्यो । अलि पर गएर
उसको ओके टोकेमा के-के बोल्यो कुन्नि सँगै रहेको फूलीवाला प्रहरी आएर चार जनाको लागि पचास-पचास रियाल माग्यो
।
ओसिलो रातमा एक हजारबाट शुरू भएको फोहोरी
र अपत्यारिलो दलाली अब दुई सय
रियालमा झरिसकेको थियो । यहि आधारबाट
पनि यिनीहरूले हामीलाई अनेक बहाना तथा
लाञ्छनाहरू लगाई लुट्न लागेको योजना
पर्दाफास भैसकेको थियो । तर पनि लुट्नसकिन्छ कि भनेर अनेक हाउभाऊ तथा षडयन्त्र गरेर
हामीलाई फसाउन लागेको यस
घृणित कार्य पटक्कै मन परेको थिएन । यो सबै विबरण मेरो बोसलाई नसुनाई नसक्ने भएको थिएँ म
।
हुन्छ म दिन्छु दुईसय रियाल तर पहिला मेरो मोवाइले दे। मैले सशर्त मेरो मोबाइल मागेँ । उखलेको
मूलाको दूला जत्रो नाक बनाउँदै उसले लगत्तै मोबाइल फर्कायो ।
"म सँग हलाला छैन । म
मेरो बोसलाई फोन गरेर पैसा
मगाउँछु" भन्दै फोन लगाउन खोजें । उसले फोन गर्न
रोक्दै भन्यो- "भो । तेरो बोसलाई फोन नगर । बरू यहाँबाट छिटो जा ।"
देशको शान्ति सुरक्षामा भनी दिनरात खटिएका प्रहरी
जवानहरू नै साधारण जनताबाट सके लुटौंला नत्र कुटौंला भन्ने मनसाय
बोकेर, गलागिज्ज धोकेर कुनै बहानामा माडको गन्ध जाँड बनाएरै छाड्ने धुनमा यताउता
नाचिरहेका छन् साउदी अरबमा । अरूलाई मारेर आफ्नो पद बढुवा गर्न माहिर भएका यस्ता नलायक
पात्रहरूको डरैले पनि हामीले त्यहाँबाट हिड्न ढिला गर्नु नहुने ठानी गाडी लिएर हतार-हतार
आफ्नो कोठातर्फ लाग्यौं बँधुवा बाछो
दाम्लाबाट फुकेझैं । कोठामा पुगेर शरीरले आराम पाए पनि यो मनले
शान्ति पाउन सकेको छैन ।
म लगायत साथीहरूले यहाँ अनाहकमा दुःख झेल्नुपरेको
तीतोसत्यलाई जतिपट्टिको कोणबाट हेरे पनि आखिर तीतो नै भइरहेने भो । मेरा मुठ्ठी नकस्सिएका
हैनन् । धर्तीमा नेपाली छाप नबनेका हैनन् । शरीरमा आन्तरिक उर्जा नआएको हैन तर पनि मैले
साउदी प्रहरीले दिएको अनावश्यक तथा बदनियत कृयाकलाप बिरूद्धमा आधिकारिक रूपमा मेरो बोस बाहेक अन्यत्र लिखित तथा मौखिक उजुरी दिन सकेको
छैन । यसलाई पनि संयमताको उपज नै ठानेको छु मैले । किनकी यहाँ अहिलेसम्म लिखित संविधान बन्न सकेको छैन, मात्र "कुरान" नै यहाँको कानून छ ।
हामी त साउदी प्रहरीको अपेक्षाकृत सीमानाभन्दा धेरै बाहिरको बदनियत कृयाकलापबाट
जसोतसो फुत्केर गन्तव्यसम्म जान सक्यौं, तर बोल्न नसक्ने वा सीधा नेपालीहरूले यो भन्दा
कति धेरै कष्ट पाइरहनुभएको होला भन्ने सोचिरहेछु किनकी अहिलेपनि डण्ठीले हानेर बजाएको घण्टीको
धुन जसरी नै मेरा कान बजिरहेकाछन् टिनिनिनिनि………………….।
सर!
ReplyDeleteहजुरमाथि घटेको यो घटनाले मलाई अत्यन्तै दुखित बनायो ।
दिन-दिनै बड्दै गएको साउदीको अरबको यो हालतले हामीसबै बिदेशी कामदारहरुमा एउटा ठुलो समस्या खडा गरेको छ। सबैको आ-आफ्नै बाध्यताबस जन्मभुमि देखि टाडा आएर अनि भोलिको दिनलाई उज्वल पार्ने उदेश्य लाई अब साउदीअरेबिया ले नराम्रो सङ्केत दिन थालेको कुरा आम साथीहरुमाथि घट्दै आएको घटनाले स्पस्ट परेको छ। हामीहरु जस्तो शिक्षित बर्गहरुमा यस्तो किसिमको सुनयोजित सड्यन्त्र रच्न पछि नपर्ने यि पुलिश भनौदाहरु ले ति सबै नेपाली दाजु-भाई जसलाई "कालो अक्षर भैशी बराबर" उनिहरुको यिनिहरुले के हालत बनाउलान् त?
यो आफैमा दुःखलाग्दो विषय बनेको छ । तर अरबीहरूले हात्ती जत्रो छाती देखाउँदैमा हामी नेपालीहरू डराउने कुरा हुदैन । तर पनि काला अक्षर भैंसी बराबर जस्तै बनेका र रस नभएका उखुजस्तै डुकु-लन्ठ्याङ्ग साउदीहरूबाट चै सतर्क नै रहनुपर्ने देखिन्छ ।
Deleteसर, हजुरमाथि घटेको यो घटनाले मलाई अत्यन्तै दुखित बनायो ।
ReplyDeleteदिन-दिनै बड्दै गएको साउदीको अरबको यो हालतले हामीसबै बिदेशी कामदारहरुमा एउटा ठुलो समस्या खडा गरेको छ। सबैको आ-आफ्नै बाध्यताबस जन्मभुमि देखि टाडा आएर अनि भोलिको दिनलाई उज्वल पार्ने उदेश्य लाई अब साउदीअरेबिया ले नराम्रो सङ्केत दिन थालेको कुरा आम साथीहरुमाथि घट्दै आएको घटनाले स्पस्ट परेको छ। हामीहरु जस्तो शिक्षित बर्गहरुमा यस्तो किसिमको सुनयोजित सड्यन्त्र रच्न पछि नपर्ने यि पुलिश भनौदाहरु ले ति सबै नेपाली दाजु-भाई जसलाई "कालो अक्षर भैशी बराबर" उनिहरुको यिनिहरुले के हालत बनाउलान् त?
Dherai sandarvik lekh 6. yo lekhlai arabi language ma translate garera Boss lai padna dida kaso hola??.....baa aafai po phasin6 ki .? darai mardo bhayo saudi ko kanun,
ReplyDeleteBishnu sir ko afnai jivan la dukha payeko kura basera ruhuda pani nabirsane rahe6, Ek choti pheri aru badhi maya lagyo ,.yo lekh padera malai,.promish ..
ReplyDelete