- कमल महत /साउदी अरब
साउदी अरबको अरअरमा सडक दुर्घटनामा परी मृत्यु भएका सहारे-२ रातामाटा सुर्खेतका पदम बहादुर थापाको परिवारलाई जनप्रगतिशिल मञ्च साउदी अरबले “रुपैयाँ एक लाख बैसठ्ठी हजार” आर्थिक सहयोग गरेको छ ।
२१ अक्टोबर २०११ साँझको ७:४०बजे कुखुराको मासु किनेर कोठामा फर्कने क्रममा साउदीको गाडीले हानेर घाइते भएका थापाको बिहानको ४ बजे उपचारका क्रममा मृत्यु भएको थियो । मृतक थापाका दुई नाबालिक छोरी र एक श्रीमती छन् । मृतक थापा २ सेप्टेम्बर २००९ मा भारतको लखनउ हुदै (Alpha International) को शाखा कार्यालय लखनउ मार्फत (दलालः बल बहादुर फौजा, बोटेचौर-८ सुर्खेत) ले अर्काको पासपोर्टमा साउदी स्थित Al-Aamal Mtalah Co. मा पठाएको र उनी साउदी अरब अरअर सिटी स्थित अमिरको अफिसमा काम गर्दै रहेका थिए । तर सिन्धुलीका बिर बहादुर वाइबाको नाम ठेगानामा बनाइएको नक्कली पासपोर्टमा साउदी आएका कारण पदमको परिवारले कुनै क्षतिपूर्ति पाउन सकेका थिएनन् ।
मृतक पदम ब. थापाका परिवारलाई नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका बरिष्ठ उपाध्यक्ष कमल महतको आग्रहमा नेपाली जनप्रगतिशिल मञ्च केन्द्रिय समिति सदस्य मनि केसी, जगत जिरेल, नगेन्द्र धिमाल, देउ कुमार ओली, दिलकुमार भुषाल, खगप्रसाद बराल र नेपाली जनप्रगतिशिल मञ्च क्षेत्रिय समिति अरअरका टेक बहादुर सुबेदी, रून्द्र पुन, इम ब. बिक, दिपक रसाइली, युबराज प्याकुरेल, चन्द्र ब. ढकाल र सोही ठाउँमा कार्यरत नेपाली लगायत अन्य मुलुकका मजदुरहरूको सक्रियतामा साउदी रियाल ७००३ अर्थात नेपाली रूपैयाँ १६१६३० (एक लाख एकसठ्ठी हजार छ सय तीस) आर्थिक सहयोग गरेको छ ।
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका बरिष्ठ उपाध्यक्ष कमल महतले मृतकको घर सुर्खेतमा पुगी उक्त सहयोग रकम मृतकका नाबालिक छोरीहरूको बैक खाता खोली उनीहरूकै उच्च शिक्षाका लागि मृतकका छोरी बाहेक अरू कसैले प्रयोग गर्न नपाउने गरी फिक्स डिपोजिट गरिदिनु हुन अनुरोध गर्दै, मृतकका बुवा-आमा, मामा-माइजु, दिदी, श्रीमति, छोरीहरू, स्थानिय पत्रकार लक्ष्मी भण्डारी र गाउलेहरूको उपस्थितिमा समाज सेवी तथा उक्त गाबिसका तत्कालीन अध्यक्ष देव ब. खत्रीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग रकम बुझ्दै तत्कालीन अध्यक्ष खत्री र उपस्थित महानुभावहरूले नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबलाई धन्यवाद दिनुभएको थियो ।
कामदारहरूको चेतनाको कमि, नेपाल सरकारको लापरबाही, बैदेशिक रोजगार सम्बन्धि काम गर्ने निकायका कर्मचारीहरूको अनियमितता, दलालहरूको मनपरिका कारण सीधा-सोझा नेपाली कामदारहरू दिनहुँ जसो अप्ठेरोमा परिरहेका छन् ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।