विश्व साइकल यात्रीहरुको तान्जानियामा स्वागत

- हिक्मत थापा, दार ए सलाम
६ जनवरी । नेपाल र नेपालीको पहिचान सहित शान्तिको सन्देश बोकी विश्व साइकल यात्रामा हिडेका नेपाली साइकल यात्रीद्धय जनार्दन खनाल र विरेश दाहाल यात्राको क्रममा हालै तान्जानिया आइपुगेका छन् । खनालले हाल सम्म ४२ देशको भ्रमण गरिसकेका छन् । यसै गरी २८ देशको भ्रमण गरेका दाहाल उल्टो साइकल यात्री हुन् ।

गैर आवासिय नेपाली संघ तान्जानियाको आयोजनामा दार ए सलाम स्थित पटेल समाजको सभाकक्षमा साइकल यात्री द्धयको स्वागतार्थ एक कार्यक्रम सम्पन्न भयो । संघका अध्यक्ष भरत रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष रिजाल सहित उपाध्यक्ष रमेश पौडेल, डा.विजय शर्मा तथा डा. सुधा शर्मा, राजु रुद्र रामु, कमला दर्लामी लगायतले खादा तथा पुष्प गुच्छा सहित उनीहरुको स्वागत गरेका थिए । सो अवसरमा साइकल यात्रा सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रिजालले तान्जानियामा रहेका नेपाली समुदायका तर्फबाट प्राप्त आर्थिक सहयोग साइकल यात्री द्धयलाई हस्तान्तरण गर्दै उनीहरुको आगामी यात्राको लागी शुभकामना व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।