- युवराज गुरूङ, बेल्जियम
प्रथम तथा दोश्रो विश्वयुद्दमा बिरगती प्राप्त गोर्खाजहरुको स्मारक निर्माण प्रसँग अहिले इपर प्रशासनले नेपाली समुदाय बेल्जियमका लागि नेपाली दुताबास मार्फत जग्गा तथा आर्थिक अनुदान दिने आश्वासन पाए पछि ठुलै बहशको बिशय बनेको छ । संगठित रुपमा सन २००३ नोभेम्बरबाट Gurkhas Nepalese Gurung Society बेल्जियमबाट शुरु गरिएको श्रद्धान्जली कार्यक्रम तत पस्चात तमु समाज को अगुवाइमा सबै नेपाली संघ संस्था तथा समुदायबाट हाल सम्म निरन्तरता पाइ रहेको सबैको सामु छर्लंगै छ । इपर शिर्शकमा धेरै ब्यक्तित्व हरुले बिबिध माध्यमबाट सार्बजनिक चासो र महत्वलाई उजागर गरेकै फलस्वरुप आज स्मारक निर्माणको सेरोफेरोमा आइपुगेका छौ । नेपाल सरकारका उच्च ओहोदाका ब्यक्तित्व देखि बेल्जियम आइ पुगेका जनप्रतिनिधिहरुले बिभिन्न समयमा बिभिन्न कोणबाट इपरको गरिमा र त्यस प्रतिको दायित्व ब्यक्त गरिसकेका छन । निबर्तमान महामहिम राजदुतबाट बेल्जियम नेपाली समुदायको इपर प्रतिको श्रद्धालाई मुर्तता दिन उपनियोग प्रमुखको संयोजकत्वमा एन आर एन नेपाली समुदायको तर्फबाट गरि ४ सदस्सिय अध्ययन कार्यदल बनाइ त्यस सम्बन्धी सत्य तथ्य लिखत प्रतिबेदन बुझाउन निर्देशन भए बमोजिम कार्यदलले समयमै रिपोर्ट बुझाई सार्वजनिक गरिएको थियो । सोही प्रतिबेदनको आधारमा CWGC लाई नेपाल सरकारको तर्फबाट औपचारिक पत्र पठाइ त्यहा मारिएका गोर्खाजहरुको नागरिकता शिर्शकमा India लेखिएकोमा त्यसलाई सच्याइ Nepali बनाइएको थियो । तिनै प्रतिबेदन र बिभिन्न तहमा भएका सम्बाद भेटले अन्तत इपर स्थानिय सरकारले नेपाली समुदायको लागि नेपाली दुताबास मार्फत स्मारक निर्माणार्थ जग्गा र केही आर्थिक अनुदान दिने बचन दिएको छ । त्यहि हाल सम्मको उपलब्धिलाई निरन्तरता दिन नेपाली दुताबास र बेल्जियम स्थित नेपाली समुदाय एक ढिक्का हुनुको बिकल्प छैन र बर्तमान अवस्थालाई सहजिकरण गर्न एन आर एन ले बातावरण बनाउनु पर्दछ ।
इपर एक परियोजना
यो एक परियोजना भएकोले निस्चित समयमा सुरुवात गरि निस्चित समयमा इपर नगरपालिकाको योजना मुताबिक निर्माण गराइ हस्तान्तरण गरिनु पर्दछ अर्थात सहश्राब्दि २०१४ नोभेम्बेर ११ अगावै सम्पूर्ण काम सक्नु पर्दछ । सरकारी तहको परियोजना भएकोले हामी नेपाली समुदाय यस परियोजनाको सहयोगी र सम्पन्न भए पस्चात त्यसको भाबना र मर्मलाई बचाइ राख्ने माध्यम मात्र हुनेछौ । स्मारक को स्वामित्व र सँरक्षण सबै स्थानिय सरकारको हुनेछ ।
इपर निर्माण समिती
इपर परियोजनाको नेत्रित्व हैन सँयोजन गर्न आबस्यक छ । संयोजनकारी भूमिका एन आर एन वा कुनै संस्थाले गर्न सक्दछ, तर सबै संघ संस्था र दुताबास सँगै बसेर सहमति बनाउनु पर्दछ । तोकिएको समय सिमा भित्र काम सम्पन्न गराउने यो समिती नेपाली दुताबास मार्फत नितान्त रुपमा इपर नगरपालिका सँग समन्वय गरेर अघी बढ्नु पर्ने हुन्छ । कोष खडा गर्न नेपाली समुदाय बेल्जियम र बाहिरी समुदाय सँग पनि हात फैलाउनु पर्ने हुन्छ । आधिकारिक पत्राचार गर्ने निकाय दुताबास नै हो । यस्तो निर्माण समितिमा दुताबासको संरक्षकत्वमा एक सँयोजक, एक उप सँयोजक हिसाब किताब राख्न सदस्य सचिब काफी हुन्छ अनि आबस्यक्ता अनुसार सबैलाई समेट्ने गरि सदस्य संख्या राख्न सकिन्छ । सल्लाहाकारहरुको महशुस भएमा बेल्जियमका कानुनी तथा लेखा सम्बन्धी सल्लाहाकार राख्न सकिन्छ तर तिनिहरु सशुल्क उपलब्ध भै हाल्छन । बरु गोर्खाज सम्बन्धी ज्ञाता र स्मारकको बस्तुगत ज्ञाता बास्तुकलाबिद्लाई पनि सल्लाहाकार बनाउन सकिन्छ ।
डायस्पोराका नेपालीहरुको अभिभाबक नेपाल सरकार को प्रतिनिधि नेपाली दुताबासलाई सधैं मार्यादित राख्न जरुरी छ, दुताबासको नजरमा हामी सबै संघ संस्था र नेपाली समुदाय समान छौ भन्ने एन आर एन को पूर्ण विश्वाश छ । एन आर एन सबैको साझा संस्था भएकोले यसको पारदर्शिता र राष्ट्रिय अन्तराष्ट्रिय भूमिका यस्ता परियोजनाको लागि तुलनात्मक रुपमा सबैले स्विकार्छन ।
इपर स्मारक शान्ती र एकताको प्रतिक
नेपाल र नेपालीलाई केन्द्र बिन्दु बनाएर इपर स्मारक बन्न जरुरी छ । स्मारकले मातृभूमीको ममता, नेपाली राष्ट्रियताको प्रतिक र शान्तिको शन्देश दिने प्रकृतिको हुनुपर्छ । इपर प्रशासनले अध्ययन कार्यदल र दुताबासलाई स्पस्ट शब्दमा भनेको छ : युद्ध होइन शान्तिको शन्देस दिने प्रतिकात्मक स्मारक बनोस भन्ने चाहेका छौ । यसर्थ यो परियोजनामा उनिहरु र हाम्रो चाहना मिल्न जरुरी छ, त्यसैले उनिहरु बरु आर्थिक अनुदान दिएर भए पनि आफ्नो शहरलाई अरु सुन्दर बनाउन चाहन्छन र हामी नेपालीहरुको भाबनाको पूर्ण सम्मान पनि गर्न चाहन्छन ।
इपर र वास्तविकता
इपर सिद्धान्त हैन, भाबना हो र भाबनालाई ब्यबहारमा उतार्ने एउटा परिक्षा हो । इपरमा व्यबहार, वास्तविकता, सम्भाबना र चुनौतीहरुको बहश जरुरी छ । इपर परियोजनाको लागत चौतर्फी रुपमा सोच्न जरुरी छ, कोही कसैको मन नदुखाइ श्रद्धा र भक्तिभाबको नमुना उजागर गर्न जरुरी छ । स्मारक बने पछि श्रद्धाका फुलहरु नेपालीले मात्र हैन, संसारले चढाउन सकुन भन्ने चाहनु पर्छ । दुताबासले संरक्षकत्व र अभिभाकत्व प्रदान गर्दछ, GAESO लगायत अन्तरराष्ट्रिय समुदाय सहयोगी बन्न सक्छन तर मिलेर काम गर्ने हामी बेल्जियम बासी नेपाली समुदाय हो त्यसैले कसरी को कहाँ कुन भूमिका लिएर स्मारक समिती बनाउदा बढी समाबेशी र बिस्वसनिय हुन्छ ति कुराहरु टेबल मा ल्याउनु पर्दछ ।
पुनस्च :
एन आर एन ले दुताबास लगायत सबै संघ संस्था र सामाजिक ब्यक्तित्वहरुलाई एकै ठाउमा बसेर समाधान निकाल्न आग्रह गरी सकेको छ । सबैले बिकल्पहरु लिएर आउन जरुरी छ तर एउटै बिकल्प लिएर दाबी गर्दैमा सहमति नहुन पनि सक्दछ । साझा सहमति का लागि हाल सम्म यस बिषयमा सतहमा देखिएका मन मुटाब, आरोप प्रत्यारोप लाई संयुक्त रुपमा सम्बोधन गर्न जरुरी छ । बिगतमा धेर थोर, जानी नजानी कमी कमजोरी गरेकै छन, त्यसलाई स्विकार्दै सबैले नयाँ प्रतिबद्दता जनाउन अत्याबस्यक छ । अहिलेको समयको माग र बेल्जियमबासी नेपाली समुदायको प्रतिस्ठा को बिषयलाई फेरि कसैले कुनै स्वार्थको चालमा तोड मरोड गर्ने प्रयत्न गरेमा उसैको लागि घात हुन सक्छ ।
पूर्वज गोर्खाजहरुको सम्मानमा स्मारक बनाउन कस्सिएका हामी नेपालीहरुले यो एतिहासिक जिम्मेवारि पाएका छौ । सतहमा देखिएका टकराबको मुल जरो सबैले अनुमान गरेकै हुनुपर्छ त्यता तर्फ हामी जानु हुन्न । कसैले कसैलाई निशेध नगरि कसैको अबमुल्यन हुने तरिकाबाट टिका टिप्पणी नगरि समन्वय गरेर अघी बढौ । २०१४ नोभेम्बेर ११ को सहश्राब्दि मा नेपाली संस्क्रिति र रिती रिवाज ले भरिपूर्ण बिशाल राष्ट्रिय सम्मानका साथ पुर्खाहरुलाई पूर्ण सम्मान गर्न सकौ । बेल्जियम स्थित सबै नेपाली संघ संस्था र समुदायको साझा भाबना लाई समिटेर समिती बनाइ काम सम्पन्न गरौ ।
Email : tamuyubaraj@hotmail.com
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।