अफ्रिकी चुलीबाट प्याराग्लाइडिङ उडाउँदै नेपाली
- सन्तोष पोखरेल
सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाइडिङमा उडेर किर्तिमान राखेका पाइलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुली किलिमन्जरोबाट उड्ने तयारीमा छन्। आगामी फेबु्रअरी ६ मा त्यहाँबाट उड्न उनी बुधबार त्यसतर्फ प्रस्थान गरे।
तान्जानीयामा अवस्थित किलिमञ्जरो ५ हजार ८ सय ९५ मिटर अग्लो छ। उक्त चुचुरोबाट प्याराग्लाइडिङबाट समुन्द्री सतहसम्म उडान गर्न विश्वव्यापी रुपमा सुनुवार छनोट भएका हुन्। प्रतिश्पर्धाका लागि हजारौ पाइलटले आवेदन दिएका थिए। प्रतिश्पधार्मा विश्वका करिब २ सय सहभागि मध्ये ६ जनामात्र टेण्डम पाइलट छानिएका छन्। सुनुवारले टेण्डम उडान गर्नेछन्। आफूले हलिउडका चर्चित कलाकारलाई लिएर उड्ने उनले बताए। आफ्नो सहभागिताले नेपाललाई विश्वमा थप परिचित गराउने उनले बताए।
होसियार ! साउदी प्रहरीबाटै लुटिएला !!
- विष्णु बैकुण्ठे

सोझोपनको फाइदा उठाउँदै बोधोहरूलाई खाडलमा हाली मादल बजाउने, अवैधानिक तवरले
कालोबजारी गर्ने, फिरौति र डकैतीमा पल्केका, लुटपाट गर्दै उत्पात मच्चाउने, अनेक तवरबाट
गाउँ, समाज या राष्ट्रमा नौटंकी गर्दै आतंकित फैलाउने बाहेकका हामी
सबैलाई प्रहरी एकदमै प्यारो लाग्छ र उनीहरूप्रति
हाम्रो सम्मान पनि उत्तिकै छ । घर, अफिस, यात्रा अथवा के गाउँ - के शहर, जहाँ हामी
छौं त्यहाँ प्रहरीको उपस्थिति देखिएमा लाग्छ कि हामी सुरक्षित छौं । यसैले त हामीलाई प्रहरीको बाक्लो उपस्थिति वा कडा निगरानी भएको
ठाउँमा बस्न या हिड्डुल गर्न कुनै आपत्ति लाग्दैन किनकी
हामीले कुनै गलत कृयाकलाप नै गरेका हुदैनौ र यसलाई सहज रूपमा लिने गर्छौं । यात्रामा निस्कने जो कोहीलाई पनि यात्रा अवधिभर प्रहरीको नजिक रहनपाए
हुन्थियो भन्ने लाग्ने गर्छ किनकी हामीलाई प्रहरीमाथि पूर्ण
विश्वास छ । तर यो विश्वासले सबैलाई कहाँ न्याय गर्दो रहेछ
र ? भन्ने नमिठो तर्कले आजदेखि मेरो मनलाई उल्टो खेदिरहेछ पुल्ठो बालेर । र त मन अमिलो बनाउंदै प्रसंग यता जोड्दैछु
।
हाँस्न मनाही छ
संप्रस पौडेल “दिवस”

इपरमा गोर्खाजहरुको स्मारक निर्माण प्रकृया
- युवराज गुरूङ, बेल्जियम
प्रथम तथा दोश्रो विश्वयुद्दमा बिरगती प्राप्त गोर्खाजहरुको स्मारक निर्माण प्रसँग अहिले इपर प्रशासनले नेपाली समुदाय बेल्जियमका लागि नेपाली दुताबास मार्फत जग्गा तथा आर्थिक अनुदान दिने आश्वासन पाए पछि ठुलै बहशको बिशय बनेको छ । संगठित रुपमा सन २००३ नोभेम्बरबाट Gurkhas Nepalese Gurung Society बेल्जियमबाट शुरु गरिएको श्रद्धान्जली कार्यक्रम तत पस्चात तमु समाज को अगुवाइमा सबै नेपाली संघ संस्था तथा समुदायबाट हाल सम्म निरन्तरता पाइ रहेको सबैको सामु छर्लंगै छ । इपर शिर्शकमा धेरै ब्यक्तित्व हरुले बिबिध माध्यमबाट सार्बजनिक चासो र महत्वलाई उजागर गरेकै फलस्वरुप आज स्मारक निर्माणको सेरोफेरोमा आइपुगेका छौ । नेपाल सरकारका उच्च ओहोदाका ब्यक्तित्व देखि बेल्जियम आइ पुगेका जनप्रतिनिधिहरुले बिभिन्न समयमा बिभिन्न कोणबाट इपरको गरिमा र त्यस प्रतिको दायित्व ब्यक्त गरिसकेका छन । निबर्तमान महामहिम राजदुतबाट बेल्जियम नेपाली समुदायको इपर प्रतिको श्रद्धालाई मुर्तता दिन उपनियोग प्रमुखको संयोजकत्वमा एन आर एन नेपाली समुदायको तर्फबाट गरि ४ सदस्सिय अध्ययन कार्यदल बनाइ त्यस सम्बन्धी सत्य तथ्य लिखत प्रतिबेदन बुझाउन निर्देशन भए बमोजिम कार्यदलले समयमै रिपोर्ट बुझाई सार्वजनिक गरिएको थियो । सोही प्रतिबेदनको आधारमा CWGC लाई नेपाल सरकारको तर्फबाट औपचारिक पत्र पठाइ त्यहा मारिएका गोर्खाजहरुको नागरिकता शिर्शकमा India लेखिएकोमा त्यसलाई सच्याइ Nepali बनाइएको थियो । तिनै प्रतिबेदन र बिभिन्न तहमा भएका सम्बाद भेटले अन्तत इपर स्थानिय सरकारले नेपाली समुदायको लागि नेपाली दुताबास मार्फत स्मारक निर्माणार्थ जग्गा र केही आर्थिक अनुदान दिने बचन दिएको छ । त्यहि हाल सम्मको उपलब्धिलाई निरन्तरता दिन नेपाली दुताबास र बेल्जियम स्थित नेपाली समुदाय एक ढिक्का हुनुको बिकल्प छैन र बर्तमान अवस्थालाई सहजिकरण गर्न एन आर एन ले बातावरण बनाउनु पर्दछ ।
एउटी पूर्व छापामारसँग एकदिन
- गोपाल झापाली
स्थान: किराँत, कोचिला, मधेष, लिम्बूवान, सिरिजङ्गा, मिथिला–भोजपुरा–कोच–मधेस ..................... (दमक, झापा)
पुनर्नाम, पुनर्संरचना जे भने पनि ओथ्रा बसेको देशको एउटा कुनोलाई चिनाउन मलाई यस्तै लेख्न मन लाग्यो, जे पर्ला पर्ला ।
अघिल्लो दिनको ह्याङ् ओभरको लिसो टाउकाबाट पखालिएकै थिएन । कवि प्रकाश आङ्देम्बेको फोन आयो । सोझै हाम्रा पनि दिन आउँछन् नि, उताको आवाज । उनले दुई दिन अघि ग्यान्टोकमा छु भनेर ‘फेसबुकमा’ लेखेका थिए, मैले हाम्रा पनि दिन आउँछन् नि भनेर ‘कमेन्ट’ गरेको थिएँ । त्यसैको जवाफ फर्काए उनले । उनले निम्ताको शैलिमा भने ‘छापामार युवतीको डायरी लेख्ने तारा बैनी आको छिन्, अहिले शरणार्थी शिविरमा कार्याक्रम छ आउ है ।’ हुन्छ भने तर ह्याङ् ओभरले टाउको उठाउन सकेको थिईन । ‘अजितजी कति बज्यो ?’ भुईमा बसेर मुला गिंडिरहेका उनले भने ‘आठ बज्न लाग्यो, के जानु पर्ने भो ।’ अजित उनै थिए, जो संग हिजो राति अबर सम्म राजनीतिक आस्थाका बारेमा रस्साकस्सि परेको थियो । उनि भन्थे ‘हामी आदीबासी जनजातीहरुलाई उपेक्षा गर्ने एकात्मकबादी सोचका बिरुद्ध पहिले जातिय मुक्ति आवश्यक छ ।’ मेरो प्रतिवाद ‘जो उपेक्षित भयौं भन्छन्, भन्नुहुन्छ त्यहि जातिभित्रका केहि पात्र अझै पनि आफ्नै नश्लको शिकारमा मस्त छन् जसरि पोखरीको ठुलो माछो साना माछाका आहारमा उघ्राई रहन्छ । त्यसैले वर्गिय मुक्ति पहिले ठान्छु म त ।’ अजित त्यहि पात्र पनि हुन् जो मलाई बेला बेला ‘नन्पेईङ् गेस्टका’ रुपमा वारम्बार पालिरहन्छन् । म हिजो अवेर राति एउटा त्यस्तै भोजबाट उनकोमा पालिन आएको थिएँ । संयोग, त्यहि सिद्धान्त अर्थात बर्गिय मुक्ति आन्दोलनको भुङ्ग्रोमा पसेर निस्किएकी एउटी पुर्व छापामारलाई आज बिहानै भेट्ने मौका मिल्यो ।
विश्व साइकल यात्रीहरुको तान्जानियामा स्वागत
- हिक्मत थापा, दार ए सलाम
६ जनवरी । नेपाल र नेपालीको पहिचान सहित शान्तिको सन्देश बोकी विश्व साइकल यात्रामा हिडेका नेपाली साइकल यात्रीद्धय जनार्दन खनाल र विरेश दाहाल यात्राको क्रममा हालै तान्जानिया आइपुगेका छन् । खनालले हाल सम्म ४२ देशको भ्रमण गरिसकेका छन् । यसै गरी २८ देशको भ्रमण गरेका दाहाल उल्टो साइकल यात्री हुन् ।
साउदीमा ३३ नेपालीले सम्झौता अनुसारको तलब पाएनन्
- विष्णु प्रसाद चापागाई, दमाम

आठ महिना अघि बानेश्वरस्थित डेस्टिनी प्लेसमेन्ट सर्भिसेजबाट आएका यी कामदारहरुलाई शुरुको डेढ महिनासम्म ९०० दिने र त्यसपछिका दिनहरुमा कार्यदक्षता अनुसार साउदी रियाल १५०० सम्म दिने सहमति थियो । तर पाइप फिटर, स्कापफोल्डर ,कार्पेन्टर, ड्राइभर जस्ता योग्यता अनुसारकै काम गरेपनि कामदारहरुमध्यै कसैले पनि सम्झौता बमोजिम भनिएको तलब नपाएको जानकारी पीडितहरूमध्येकै कञ्चनपुर पुनर्बासका हरि खडकाले दिनुभएको छ । उहाँका अनुसार शुरूको ४५ दिनसम्म सा.रि. ७५० + १५० र त्यसपछि दक्षता(जब क्याटेगोरी) अनुसार १,००० देखि १,५०० साउदी रियाल तलब दिने सम्झौता थियो ।
साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन्
विष्णु प्रसाद चापागाई, दमाम
साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको ४ महिना भैसक्दा पनि तलबै पाउन सकेका छैनन् । उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलाई न्युनतम १ हजार साउदी रियाल तलब त उल्लेख छ, अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै छन्, उनीहरूलाई रोजगार दाता कम्पनीले इकामा पनि दिलाइसकेको छ तर ४ महिना बितिसक्दा पनि न त काममा नै लगाउन सकेको छ न त तलब नै दिनसकेको छ । यस्तो अवस्थामा निश्चित रूपमा यी कामदारहरूको र यी कामदारहरूमा आश्रित परिवारजनहरूमा ठूलो समस्या र चिन्ता छाएको छ ।
गजल -अरु त राम्रै छ
- प्रकाश आङ्देम्बे

म तिर फर्केको बन्दुकको नाल छ अरु त राम्रै छ
नेता सुखी देश जनता बेहाल छ अरु त राम्रै छ
पसिनाले बगाएको कृषकले भन्दै थियो
मंसिरमा अनिकाल छ अरु त राम्रै छ
थोरै दिइ धेरै लाने तल्लाघरे छिमेकीले
जँगेपिलर दिनै ढाल्छ अरु त राम्रै छ
संसदवाट भागेको खरायो को गुनासो
भित्र कुकुर र स्याल छ अरु त राम्रै छ
बिहारको एउटा व्यापारीको कथन
नेपाली नागरिकता फालाफाल छ अरु त राम्रै छ
Subscribe to:
Posts (Atom)