NRNA साउदी अरब
एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी.ले ३०औं मगर दिवस समारोहको अवसरमा उक्त ज्ञापन पत्र पढेर सुनाइरहंदा ज्ञापन पत्रका प्रत्येक बुंदाहरूलाई हलमा उपस्थित सबै सहभागीहरूले तालीको गडगडाहटले स्वागत र समर्थन जनाएका थिए।
सोही समारोहमा प्रमुख अतिथी रहनुभएका अर्थमन्त्रीज्युले आफ्नो बिशेष मन्तब्यमा ज्ञापनपत्रका केही बुंदाहरूमा प्रकाश पार्नुभएको थियो भने सो कार्यक्रमको लगत्तै शुरू भएको अन्तरकृयामा महामहिम राजदूत उदयराज पाण्डेय, अर्थ र परराष्ट्र मन्त्रालयका सह सचिव द्वय क्रमशः प्रल्हाद प्रसाई र लाल शंकर घिमिरे, श्रम सहचारी चन्देश्वर आचार्य तथा दूतावासकै नियोग उप प्रमुख हरिश्चन्द्र घिमिरे सहितको रोहबरमा एनआरएनए लगायत नेपाली समुदायका प्रतिनिधिहरू तथा कतिपय पीडित कामदारहरू समेतको उपस्थितीमा माननीय अर्थमन्त्रीज्युले बुंदागत रूपमा ती सबै इश्युहरूमा बिस्तृत छलफल गर्दै नेपाल सरकारका तर्फबाट स्पष्ट जानकारी दिनुभएको थियो भने कतिपय बिषयहरूमा अर्थ, श्रम र पर राष्ट्रका उच्च सरकारी अधिकृत र महामहिम राजदूतज्युले पनि आ आफ्ना तर्फबाट कुराहरू राख्दै न्युनतम तलब १ हजार साउदी रियाल अब कार्यान्वयनमा आउने, हुण्डीलाई दुरूत्साहित र रेमिटान्सका बैध च्यानलहरूलाई प्रोत्साहित गरिने, युनिटी लाइफका पीडित निक्षेपकर्ताहरूलाई पनि न्याय दिने (रकम फिर्ता दिने), LCD टिभी लगायतका घरायसी प्रयोजनका सामानहरूमा आगामी बजेटबाट बैदेशिक रोजगारबाट फर्किनेहरूका लागि झिटी गुण्टा अन्तर्गत छुट दिन, जेद्धामा कन्सुलर कार्यालय, दमामका लागि दूतावासका कर्मचारी तथा ओमानमा दूतावास नै खोल्नका लागि र नेपालीहरूको शीप र क्षमता अभिबृद्धी गरी सम्मानजनक र ब्यवस्थित बैदेशिक रोजगारका लागि आंफू पूर्ण सहमत र प्रतिवद्ध रहेको र यी सबै कामहरूका साथै नेपालमा साउदी अरबको दूतावास खोल्नका लागि समेत प्रकृया धेरै अघि बढिसकेको बताउनुभयो ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।