विष्णु प्रसाद चापागाई, रियाद

यस अवसरमा अर्थ राज्यमन्त्रीज्युले नेपालमा कुनैपनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आव्हान गर्नुभएको छ । दशकौंदेखि खल्बलिएको नेपालको शान्ति प्रकृयामा क्रमिक सुधार भइरहेकोले इच्छुक नेपाली तथा गैरनेपाली व्यक्ति संघसंस्था आदि सबैलाई उद्योग, कल-कारखाना, आधुनिक कृषी, सिंचाई, जल विद्युत परियोजना आदि क्षेत्रमा लगानी गर्न आह्वान गर्दै लगानीकर्ताले लगानीको लागि स्पष्ट धारणा नेपाल सरकार समक्ष बुझाउनु पर्ने र सोही अनुसार सरकारले पनि उचित वातावरण मिलाइदिने बताउनु भयो । गतः ३ मार्चमा माननीय अर्थमन्त्री बर्षमान पुनसंग पनि सरकारी वार्ता भएको थियो ।
अन्तरकृयामा बोल्दै अर्थसचिव कृष्णहरी बास्कोटाले आंफुले ताली खानकै लागि हुननसक्ने कुरा नबोल्ने र यथार्थ दर्शाउनुपर्दा नेपालमा राजनैतिक तरलता तथा अर्थ ब्यवस्था नाजुक रहेकै कारण जनअपेक्षित कतिपय छुट तथा सहुलियतहरू दिननसकेको खुलासा गर्नुभयो । आंफुसंग नेपाल सरकारको सिडियो, बाणिज्य बिभागको महा निर्देशक, भण्सारको महा निर्देशक, राजश्वको सचिव हुंदै हाल अर्थ सचिवको जिम्मेवारी समेतको लामो अनुभवका कतिपय कटु प्रसंगहरू उद्धृत गर्दै भण्सारको सुब्बाले नै न्युरोडमा ३ वटा घर बनाएको तर आंफूलाई कुनै माइका लालले अहिलेसम्म घुस खुवाउन नसकेको तैपनि कसैलाई त्यस्तो लाग्छ भने देखाउन चुनौति दिनुभयो । सहभागीहरूका कतिपय प्रश्नहरूको उत्तर दिंदै वहांले युनिटी लाइफको ठगी मुद्धा हाल गृह मन्त्रालयले हेरिरहेको, तपाईहरूले स्वदेशमै काम गरी बस्न चाहनुभयो भने हाल “युवा स्वरोजगार कार्यक्रम” अन्तर्गत ४ अरब रूपैया रहेको र यसबाट प्रत्येक युवालाई बिना धितो रू. २ लाख ऋण दिइने र यही ७ अप्रिलमा नेपालमा साउदी अरबको दूतावास खोल्नका लागि साउदी प्रतिनिधी टोली नेपाल जान लागेको जानकारी दिनुभयो ।
यसै कार्यक्रममा बोल्दै महामहिम राजदूत उदयराज पाण्डेज्यूले यसअघि निर्धारित नेपाली कामदारहरूको न्यूनतम मासिक तलब १२५ अमेरीकी डलरलाई खारेज गरी १००० रियाल बनाउन नेपाली दूतावास दृढ प्रतिवद्ध रहेको र हाल यो नेपाल सरकारबाटै स्वीकृत भई अब छिटै नै राजपत्रमा नै प्रकाशित हुने जानकारी दिनुभयो । महिलाहरूको बिशेष समस्या रहेकोमा हाल दूतावासको सेल्टरमा आइसकेपछि १५ दिन भित्रै सबैले स्वदेश फर्किन पाएको र पछिल्ला दिनहरूमा प्राप्त सूचना तथा अनुरोध बमोजिम साउदी अरबका बिभिन्न शहरहरूमै पुगी नेपाली महिलाहरूको उद्धार गरिएको बताउनुभयो । पासपोर्ट सम्बन्धी एक जिज्ञासाको उत्तर दिंदै महामहिमज्युले भन्नुभयो “आगामी सन २०१५ को नोभेम्बर २४ सम्म हस्तलिखित पासपोर्ट प्रयोग गर्न सकिने गरी साउदी अरबको बिदेश मन्त्रालयले लेखेको पत्र दूतावासमा रहेको भएता पनि अनुकूल मिल्ने जतिले अब M.R.P. नै बनाउनहोस” भन्ने सुझाव दिंदै हाल जतिसुकै म्याद बांकि रहेको भएतापनि नेपाल सरकारले M.R.P. बनाउन चाहनेलाई बनाइदिने गरेको जानकारी दिनुभयो ।

आफ्नो संस्थाको तर्फबाट लिखित ज्ञापन पत्र पेश गर्दै आदिवासी जनजाति महासंघ साउदी अरबका अध्यक्ष हुम सुनारी मगरले नेपालमा हाल ५ भाई मध्य ४ भाइलाई घरभित्र तर १ भाईलाई बाहिर आंगनमा सुताइदै आएकोले यो भेदभाव तुरून्त अन्त गर्दै नेपालमा जातिय पहिचान सहितको संघियता हुनै पर्ने माग राख्नुभयो ।

नेपाली समुदायको उल्लेख्य प्रतिनिधिमुलक सहभागिता रहेको यस अन्तरकृया कार्यक्रमलाई महामहिम राजदूत स्वयमले सञ्चालन गर्नुभएको थियो ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।