सुदेश कुमार झा
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनद्वारा आयोजित " गैर-आवासीय नेपालीको सामुहिक लगानी कोष" संबन्धित बृहत अन्तरक्रिया कार्यक्रम चीनको ग्वांगजौ सहरमा भव्यतापुर्वक सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रम चीनको दक्षिण व्यापारिक सहर ग्वान्ग्जौमा लु जिंग लु स्थित दोंग युए होटलको अत्यन्तै मनमोहक तथा रमणीय साथै प्रचुर आधुनिकताले सुसज्जित सभागृहमा भव्यताकासाथ भएको थियो।
चीनको ग्वान्ग्जौ सहर नेपाली व्यवसायीहरुको सबैभन्दा वढी बसोबास भएको स्थल हो। गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री जीबा लामिछानेको प्रमुख आतिथ्यता मा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा गैर-आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक श्री यम कुमार गुरुङ (त्रिलोक), आई.सी.सी. सदस्य (हंगकंग) श्री कृष्ण प्रसाद पाण्डे, आई.सी.सी. सदस्य (मकाउ) श्री उदय राज वाग्ले, एन.सी.सी. मकाउका अध्यक्ष श्री सुदर्शन थापा मगर, नेपाल हिमालय सीमापार बाणिज्य संघको उपाध्यक्ष श्री मिन बहादुर श्रेष्ठ, नेपाल चीन मैत्री व्यापार संघको अध्यक्ष श्री दुर्गा बहादुर श्रेष्ठ अथितिको रुपमा उपस्थित हुनु हुन्थ्यो।
सभाको सभापतित्व गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको महासचिव श्री सुदेश कुमार झाले गर्नु भएको थियो। अतिथिहरुको स्वागत ४वर्षीय बालिका प्राथना (टुनु)ले पुष्पगुच्छाले गरेका थिइन। उपस्थित अतिथि तथा सहभागीहरुलाई अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य दिदै गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको आई.सी.सी. प्रतिनिधि श्री रंजन ढकालले कार्यक्रमको बारेमा संछिप्त कुरा राख्दै उपस्थित अतिथि तथा सहभागीहरुलाई अन्तरक्रिया कार्यक्रममा स्वागत गर्नु भयो।
नेपाल चीन मैत्री व्यापार संघको अध्यक्ष श्री दुर्गा बहादुर श्रेष्ठ, नेपाल हिमालय सीमापार बाणिज्य संघको उपाध्यक्ष श्री मिन बहादुर श्रेष्ठले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो साथै आफु तथा आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोगको बाचा गर्नु भयो।
अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आई.सी.सी. सदस्य(मकाउ) श्री उदय राज वाग्ले तथा आई.सी.सी. सदस्य (हंगकंग) श्री कृष्ण पाण्डे ज्यूले सामुहिक लगानीको बारेमा प्रस्ट पार्दै आफ्नो विचार राख्नु भयो। मन्तवय दिने क्रममा गैर-आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक श्री यम कुमार गुरुङ (त्रिलोक)ले सामुहिक लगानीले नै देशको बिकाशमा टेवा पुग्ने र देश बिकाशमा आफु संलग्न भएकोमा आफुलाई पनि आत्म सन्तुष्टि हुने बताउनु भयो।
गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री जीबा लामिछानेज्यूलाई गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको तर्फबाट मायाको चिनो प्रदान गरियो साथै कारणबस इच्छा हुदाहुदै पनि कार्यक्रममा समिल हुन नसक्नुभएका गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष श्री उपेन्द्र महतोज्यूलाई पनि गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको तर्फबाट मायाको चिनो पुर्याई दिनको लागी आई.सी.सी. अध्यक्ष श्री जीबा लामिछानेज्यूलाई अनुरोध गरियो।
कार्यक्रममा गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीन तथा गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउका कार्यसमित पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई सदस्यता प्रमाणपत्र आई.सी.सी. अध्यक्ष श्री जीबा लामिछानेज्यूबाट वितरण गरियो। अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि आई.सी.सी. अध्यक्ष श्री जीबा लामिछानेज्यूले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सामुहिक लगानीको विषयमा सुरुदेखि अहिलेसम्मको प्रगति विवरण, कोषको संरचना, कार्यबिधि सहित लक्ष्यको चयन तथा कोषको फाइदाहरुको बारेमा प्रस्ट पार्नु भयो। कोषको लगानी पूर्णतः सुरक्षित हुने बताउदै सामुहिक कोषमा लगानी गर्न सहभागीहरुलाई आव्हान गर्नु भयो। मातृभूमिको विकाशको लागी हामी सबैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्ने बताउदै यो कार्यक्रमले हामी विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई देश विकाशमा समेटने कुरा बताउनु भयो।
सभाको समापन गर्ने क्रममा सभाको सभापतित्व गरी राख्नु भएका गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष श्री सुन्दर थापाले यो अभियानमा आफ्नो एक्यबद्धता दर्साउनु भयो र उपस्थित सम्पूर्ण सहभागीहरुलाई देश बिकाशमा हातेमालो गर्दै लाग्नुपर्ने बताउनु भयो। यो अभियानले गैर-आवासीय नेपालीद्वारा देश विकाशमा ठुलो टेवा पुग्ने बताउदै श्री थापाले औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो।
चिया-नास्ताको बिश्राम को समयमा चीनमा अध्यन गरी राख्नु भएका सारंगी बादक श्री सुशील गौतमज्यूले आफ्नो सारंगीको सुमधुर धुनले उपस्थित सहभागीहरुको मनोरंजन गर्नु भयो।औपचारिक कार्यक्रम पछि सुरुभएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु द्वारा सोधिएको प्रश्न तथा जिज्ञासाहरुलाई कार्यक्रमको प्रमुख अतिथि आई.सी.सी. अध्यक्ष श्री जीबा लामिछानेज्यूले उत्तर दिदै आफ्नो विचारहरु प्रस्ट रुपमा राख्नु भएको थियो।
आजको यो अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने श्री रोहित अग्रवालको संयोजकत्वमा गठित आयोजक कमिटिलाई कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिदै कार्यक्रम समाप्त भयो।
एनआरएनए, ग्वांगजौ, चीन
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।