मुक्तक दोहोरी

आदरणीय साहित्यिक अग्रज तथा पृय साथीहरुमा साहित्यिक नमस्कार ।
5th Oct 2010 मंगलबार मैले मेरो फेसबुक स्टाटसमा एक मुक्तक शेयर गरेको थिएँ । उक्त मुक्तकको प्रतिकृया दिने क्रममा भगवती बस्नेतज्यूले मुक्तकबाट नै झटारो हान्नुभएको थियो अनि अनलाइनबाट यो क्रम करिब दुई घन्टासम्म निरन्तर चलिरह्यो र अन्त्यमा मुक्तक दोहोरी बन्न पुग्यो । जुन मुक्तक दोहोरीलाई जस्ताको तस्तै यहाँहरुसमक्ष पेश गरेको छु ।

•Bishnu बैकुण्ठे ‎
जहाँ फूल हुन्छ त्यहाँ भमरा धाउँछन् ।
रस हुन्छ त धाउनेले सन्तुष्ट पाउँछन् ।।
चुस्न पाउञ्जेल सबै दिनरातका पाहुना...
ओइली झरेपछि लात्तीले हिर्काउँछन् ।।

•Bhagawati बस्नेत
माया गर्न जानु पर्‍यो रस दिने त्यो फूललाई
कस्ले देला फेरि डुल्न लात्ती हान्ने त्यो भूललाई
दिनरात प्यासी बनी तिर्खाएर धाउनेहरु
जतनले जोगाइ राख पानी दिने त्यो मूललाई।।

•Bishnu बैकुण्ठे
बैगुनी छ यो दुनियाँ आफ्नो स्वार्थ मात्र हेर्छन् ।
रस नपाए आफ्नो छोडी अर्कै फूल ताकी फेर्छन्
जतन गर्ने समयमा खटन गर्ने धेरै भए...
यो दुःखीको पीर व्यथा अब कसले टेर्छन् ???

•Bhagawati बस्नेत
बैगुनिलाई गुनले मार्ने छैन यहाँ चलन
फुल रोज्दै हिंड्नेहरु एक दिन त रोलान
जतन गर्न जान्नेले दिनु किन खटन गर्न
आफ्नो दु:ख आँफै हर्न जान्नु पर्छ मदन ...

•Bishnu बैकुण्ठे ‎
बैगुनीलाई गुण छर्न बाटो मोड्नु पर्यो ।
आफ्नो दुःख आफै हर्न नेपाल छोड्नु पर्यो ।।
दुःखमाथि विपत्ति आउँदा गुण बैगुनी भो...
त्यसैले त मुना मैले अर्कै जोड्नु पर्यो ।।

•Bhagawati बस्नेत
पौरखी हातहरु जहाँ गए नि हुन्न खाली!
कहिले दु:ख कहिले सुख संघर्ष हो जिन्दगानी !!
सुख दु:ख जे भए नि बाढौला नि बराबरी !!!
दशैं मान्न जसरी नि घर आउनु यसैपली!!!!

•Bishnu बैकुण्ठे ‎
कर्मठ मेरा हात बोकी मुग्लानतिर धाउँछु ।
मेरी प्यारी मूना तिम्लाई हृदयमा पाउँछु ।।
घर-आँगन, छोरा-छोरीसँग मन भूलाऊ...
यसपालीको दशैं नभए अर्को साल आउँछु ।।

•Bhagawati बस्नेत
ती पौरखी हातहरु आफ्नै देशमा लाए हुन्छ !
साच्चै मेरो माया भए छिट्टै फर्की आए हुन्छ !!
सधैं टाढा हुने भए किन चाहियो साथ यहाँ !!!
अर्को साल आउने भए मुग्लन तिरै धाए हुन्छ !!!!

•Bishnu बैकुण्ठे ‎
बाध्यतामा मुग्लान् जानु कुन दैवको खेल हुन्छ ?
मुना तिमी कठोर हुदा आफैभित्र जेल हुन्छ ।।
मुग्लानी धन साथमा ल्याउँदा दुःख हाम्रा भाग्नेछन्....
धैर्य गर तिम्रो-मेरो आउने सालमा मेल हुन्छ ।।

थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।