साउदी अरबमा विभिन्न देशहरूबाट आई गैरकानूनी रूपमा विभिन्न कम्पनीहरूमा तथा घरेलु कामदारको रूपमा काम गरिरहेका विदेशी कामदारहरूलाई साउदी सरकारले आम माफी दिई बिना सजाय र जरिवाना स्वदेश फर्काउने भनी श्रम मन्त्री आदिल फकियाले व्यक्त गर्नुभएको समाचार सार्वजनिक भए लगत्तै साउदी अरबमा गैर कानूनी कामदारहरूलाई आम माफी दिई स्वदेश फर्काउने तथा रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी विस्तृत प्रकृयागत कुराहरूको गृहकार्य पश्चात मिति १० मई २०१३ को दिन साउदी सरकारले ३ जूलाई २०१३ को समय सीमा तोकी ल्याएको नीतिगत व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा नेपाली राजदूतावास रियादद्धारा निम्नानुसारको कार्यान्वयनको व्यवस्था गरिएको व्यहोरा तल उल्लेख छ ।
चिनियाँ ज्यान, नेपाली शान
- सुबोध गौतम, बेइजिङ
हिमा सधैँझैँ शुक्रबार चाइनिज रेडियो इन्टरनेसनल (सिआरआई) अन्तर्गतको आफ्नो च्याम्बरमा नेपाली भाषामा समाचार लेखिरहेकी छिन्। हिमा नेपाली होइनन्। नेपाली भाषामा दख्खल यी युवतीको समाचार सम्पादक भने नेपाली युवक नै छन्। 'म हिमाले लेखेको समाचार सम्पादन गरिरहेको छु', काठमाडौ कालिमाटीका अजय श्रेष्ठले नागरिकसँग भने, 'उहाहरु समाचार लेख्नुहुन्छ, म सम्पादन गर्छु।'एन लोकेट उत्कृष्ठ एप्स
- लीलानाथ घिमिरे, काठमाडौ

उक्त एप्स विकास गर्ने दिपेन चापागाइ र रिचन श्रेष्ठको समूहले सर्बोत्कृष्ट भएर ३ हजार डलर र समूहमा उत्कृष्ट भएर १ हजार गरी ४ हजार डलर (करिव ३ लाख ४८ हजार रुपैयाँ) पुरस्कार जिते । यस्तै सोसियल डेभलपमेन्ट समूहमा 'बर्थडे फरेस्ट' र बिजनेस एन्ड फाइनान्सियल सर्भिस समूहमा 'इ-सेवा' एप्स विकासकर्ता उत्कृष्ट भएका छन् । दुवै समूहले जनही १ हजार अमेरिकी डलर (करिव ८७ हजार रुपैयाँ) पुरस्कार पाए ।
मोवाइल सोसियल नेटवर्क नेपाल र नेपाल उद्यमी मञ्चले संयुक्त रुपमा आयोजना गरेको एप्स डेभलप प्रतिस्पर्धालाई फिनल्यान्डको परराष्ट्र मन्त्रालय र विश्व बैंकले सहयोग गरेका थिए ।
राजवंशीका थरिथरिका विवाह
- आत्माराम राजवंशी, झापा
हाम्रो समाजमा विवाह गर्ने चलन कति प्रकारका होलान् ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ, मागी, प्रेम र कानुनी गरी तीन प्रकारका । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन् । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन छ आठ प्रकारको ।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यी चलनवाट विवाह भएको देख्न सकिन्छ ।
एनआरएनए एनसीसी कतारद्धारा राजदूत पाण्डेको सम्मान
- क्रान्ति सिंह , दोहा
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा सम्पन्न भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कतारका लागि नेपाली राजदूत डा. मायाँ कुमारी शर्मा हुनुहुन्थ्यो भने विषेश अतिथिको रुपमा कतारको भ्रमणमा रहेका राजदूत उदय राज पाण्डे रहनुभएको थियो । त्यसै गरि अतिथिहरुमा साउदी अरबका लागि नेपाली राजदूत पाण्डेको भ्रमणदलमा रहेकी कल्पना रिजाल पाण्डे, एनआरएनए आईसीसी सचिव टि.बि. कार्की, आईसीसी सदस्य अजिजुर रहिमान शेष, आईसीसी सल्लाहकार डा.देवकाजी डंगोल, एनसीसी सल्लाहकार संयोजक मक्सुद आलम, आईसीसी निवर्तमान उपाध्यक्ष सागर नेपाल, आईसीसी निवर्तमान मध्यपूर्व संयोजक बद्री पाण्डे, आईसीसी अन्र्तगत विधान संसोधन कार्यदल सदस्य एवं कतार एनसीसी पूर्व अध्यक्ष कमल मणी गुरागाँई र आईसीसी अन्तरगत नेपाली प्रोडक्ट प्रमेशन अवोर्डका सल्लाहकार दिल किरण खजुम रहेका थिए ।
स्वागत कार्यक्रममा उपस्थित संपूर्ण महानुभावहरुको परिचयात्मक कार्यक्रमबाट सुभारम्भ गरिएको कार्यक्रमलाई एनआरएनए एनसीसी कतारका महासचिव क्रान्ति सिंहले संचालन गरेका थिए ।
Subscribe to:
Posts (Atom)