घनश्याम गौतम, गुल्मी
एक आमाबाट फैलिएका सन्तान १ सय ६ जना पुग्दासम्म ती सबै सन्तानकी आमा जीवितै छन् भन्दा पत्यार नलाग्न सक्छ । तर यहाँको रुरु ३, च्युरेककी सय वर्ष पुगेकी भीमला ज्ञवालीले आफ्ना छोरा र छोरीबाट जन्मेका सबै सन्तानका साथ सय वर्षको जन्मदिन मनाएकी छन् ।
१९७० वैशाखमा जन्मेको जानकारी भए पनि पूरा मिति भीमलालाई थाहा छैन । नागरिकतामा भने उनको जन्म मिति १९७० वैशाख १५ लेखिएको छ । भीमलाका २ छोरा र ५ छोरीबाट जन्मेका सन्तानको हाँगो फैलिँदै गएर अहिले १७ नाति, १५ नातिनी, २९ पनाति, ३३ पनातिनी, १ खनाति र ४ खनातिनी पुगेका छन् । भीमलाका ५८ वषर्ीय कान्छा छोरा परमानन्द ज्ञवालीका अनुसार भीमलाको हाँगोबाट फैलिएका सबै सन्तान जीवितै छन् । 'आमाको रगतको सम्बन्धबाट जन्मेका कसैको पनि अहिलेसम्म मृत्यु भएको छैन,' छोरा ज्ञवालीले भने, 'जति जन्मिए सबै जीवितै भएकाले अहिलेसम्म १ सय ६ पुगेका छौं ।'
माइतीतिर भने ५ छोरी र १ छोरामध्ये भीमला र ७३ वर्षीया बहिनीमात्र जीवित रहेको र उनका भाइ टीकारामको समेत ९७ वर्षको उमेरमा गत वर्ष मृत्यु भएको रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक उपज ज्ञवालीले बताए । भीमलाको माइती घर गुल्मीकै सिमीचौरमा हो । सन्तान बढेर १ सय ६ सम्म पुग्नु, सबै जीवितै रहनु र आमासमेत सय वर्षसम्म रहनुले परिवार सबैमा उत्साह र हर्षोल्लास भएको भन्दै सबै परिवार जुटेर मातातीर्थ औंसीका दिन बिहीबार दीर्घायुको कामना गर्दै सम्मान गरिएको र आमाले सबैलाई आशीर्वादसमेत दिनुभएको छोरा ज्ञवालीले बताए ।
भीमलाको सम्मान कार्यक्रममा भीमलाकै नाता पर्ने प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, स्थानीय समाजसेवी, बुद्धिजीवीसहित सयौं सर्वसाधारण समेत उनको घरमा उपस्थित थिए । सामान्य खाना खाने भीमलाको स्वास्थ्य राम्रो छ । लौरो टेकेर हिँडडुल गर्न सक्ने भीमलाले बिहान दैनिक स्नान र पूजापाठ गर्छिन् । २०३७ सालमा एउटा आँखा कमजोर भए पनि चेतना र कानमा अहिलेसम्म कुनै समस्या नआएको परमानन्दले बताए । स्याहारसुसार र खानपिनमा ध्यान पुर्याएकै कारण आमा दीर्घजीवी भएको कान्छी बुहारी उषाले बताइन् ।
परिवारका अनुसार उनको स्वभावसमेत अत्यन्त शान्त छ । मातातीर्थ औंसीकै अवसर पारेर हजुरआमा सय वर्ष पुगेको खुसियालीमा १ सय १ मैनबत्तीसमेत बालिएको नाति विजय नेपालले बताए । भीमलाका श्रीमान्को ५८ वर्षअघि मृत्यु भएको थियो । आफ्नो सम्बन्धका १ सय ६ सन्तान पुग्दासम्म जीवितै रहनु सौभाग्य भएको निवर्तमान गाविस अध्यक्ष केशरमान बजिमयले बताए । 'उहाँबाट हामीले पनि आशीर्वाद र प्रेरणा लिनु जरुरी छ,' बजिमयले भने ।

कान्तिपुरबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।