- क्रान्ति सिंह , दोहा
साउदी अरबका लागि नेपाली राजदूत महामहिम श्री उदय राज पाण्डेको सम्मानमा एनआरएनए एनसीसी कतारले स्वागत कार्यक्रममको आयोजना गरेको छ । कतारको लागि तीन दिने नीजि भ्रमणमा रहनुभएका राजदूत पाण्डेलाई गत ५ अप्रिल २०१३ शुक्रवारका दिन कतार स्थित नेपाली नियोगको सभाकक्षमा कतार स्थित गैर आवासीय नेपाली संघका आईसीसी पदाधिकारी एवं एनसीसी कार्यसमिति र दूतावास कर्मचारीहरुको समूपस्थितमा विशेष कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा सम्पन्न भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कतारका लागि नेपाली राजदूत डा. मायाँ कुमारी शर्मा हुनुहुन्थ्यो भने विषेश अतिथिको रुपमा कतारको भ्रमणमा रहेका राजदूत उदय राज पाण्डे रहनुभएको थियो । त्यसै गरि अतिथिहरुमा साउदी अरबका लागि नेपाली राजदूत पाण्डेको भ्रमणदलमा रहेकी कल्पना रिजाल पाण्डे, एनआरएनए आईसीसी सचिव टि.बि. कार्की, आईसीसी सदस्य अजिजुर रहिमान शेष, आईसीसी सल्लाहकार डा.देवकाजी डंगोल, एनसीसी सल्लाहकार संयोजक मक्सुद आलम, आईसीसी निवर्तमान उपाध्यक्ष सागर नेपाल, आईसीसी निवर्तमान मध्यपूर्व संयोजक बद्री पाण्डे, आईसीसी अन्र्तगत विधान संसोधन कार्यदल सदस्य एवं कतार एनसीसी पूर्व अध्यक्ष कमल मणी गुरागाँई र आईसीसी अन्तरगत नेपाली प्रोडक्ट प्रमेशन अवोर्डका सल्लाहकार दिल किरण खजुम रहेका थिए ।
स्वागत कार्यक्रममा उपस्थित संपूर्ण महानुभावहरुको परिचयात्मक कार्यक्रमबाट सुभारम्भ गरिएको कार्यक्रमलाई एनआरएनए एनसीसी कतारका महासचिव क्रान्ति सिंहले संचालन गरेका थिए ।
कतारको भ्रमणमा रहनुभएका राजदूत पाण्डेलाई एनसीसी कतारले गरेका सामाजिक गतिविधिहरुको वारेमा महासचिवले एक प्रतिवेदन मार्फत संक्षिप्त जानकारी गराएका थिए । प्रमुख अतिथि राजदूत डा. शर्माले कार्यक्रमलाई सम्वोधन गर्दै यस मध्यपूर्वमा रहेका श्रमिकहरुका समस्या, समाधानका उपायहरु एवं अवसरहरु समान खालका रहने भएको हुँदा साउदी अरवका लागी नेपाली राजदूत पाण्डेज्यूसंग प्रत्यक्षरुपमा कतारमा साक्षतकार गर्न पाउँदा हामी कतारमा रहेका संपूर्ण नेपलीहरुलाई यो भ्रमण अत्यन्त फलदायी रहेको प्रष्ट पार्नुभएको थियो । साथै भविश्यमा पनि यस्ताखाले अनुभव आदान प्रदान एवं भ्रमणहरुले समस्या समाधान गर्न अत्यन्तै सहजता दिलाउने जानकारी पनि गराउनु भएको थियो ।
कार्यक्रमका आकर्षण व्यक्तित्व एवं विशेष अतिथि साउदी अरवका लागि नेपाली राजदूत उदय राज पाण्डेले कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो कतार भ्रमण अहिले तेस्रो रहेको तर यस प्रकारले आम नेपाली समूदायहरुसंग साउदी एवं कतारमा रहेका नेपाली श्रमिकहरुका समस्याहरुका वारेमा पहिलो पटक छलफल एवं कार्यक्रममा संलग्न रहेको जानकारी गराउनु भएको थियो । साउदी अरवमा हालसम्म आफूले प्रत्यक्षरुपमा सम्लग्न भएर अनुभव गरेका र समाधान गरेका गतिविधिहरुलाई वढो रोचक ढंगमा खुलासा गर्नु भएको थियो । “कुनै पनि समस्या सुन्दा मात्र विकराल देखिने हो जव समाधानका लागि गर्नै पर्छ भनेर लाग्ने हो भने त्यो कुनै समस्या नै नरहदो रहेछ यो मेरो आफ्नो अनुभव हो” उहाँको कथन थियो । समस्याहरु आफ्नो तरिकाले समाधान हुदैनन् समाधानको सहि पहिचान गर्न सक्यो भने प्रक्रियाबाट नै सहजै रुपमा हल गर्न सकिन्छ, उहाँले जिकिर गर्नुभयो । पिडितहरुको आत्म विश्वास एवं मनोवललाई वढाउनको लागि नियोगको संपूर्ण ढोका खुल्ला राख्नु पर्ने उहाँको सुझाव थियो । सामाजिक एवं मानवीय कार्यहरुमा दूतावास एवं एनआरएनएबाट सहकार्य हुन सकेमा अझ प्रभावकारी हुन्छ किन भने राजदूत सरकारद्धारा मनोनित दूत हो भने एनआरएनए पनि अघोषित राजदूत नै हो उहाँले थप्नुभयो । हाम्रो नेपालमा पर्यटन लागायत लगानीका सम्भावनाहरु प्रचुर मात्रामा रहेका छन् र विदेश मा रहेर पनि हाम्रो नेपालाई समृद्ध बनाउन हामी नेपालीहरु पनि अघि वढनु पर्छ भन्दै सवैलाई सुसचित गराउनुभएको थियो ।
मन्तव्यको क्रममा आईसीसी सचिव टि.वि. कार्कीले एमआरपी लिदा आम नेपाली एवं गैर आवासीय नेपालीहरुले भोगेका समस्याहरुको वारेमा आफ्नो स्थलगत भ्रमणमा देखेका अनुभवहरु जानकारी गराएका थिए । कार्यक्रममको अन्त्यमा कार्यक्रमको सभापतित्व गरिरहेका एनसीसी अध्यक्ष अमृत गुरुङले कार्यक्रम आयोजना गर्न विषेश समन्वय गरिदिनुका साथै कार्यक्रम हल उपलव्ध गराएर सहजता प्रदान गरिदिनुभएकोमा महामहिम राजदूत डा. शर्मा एवं नियोग परिवार लगायत उपस्थित संपूण अतिथि गण एवं महानुभावहरु प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । एनआरएनए एक मात्र सिंगो साझा संस्था भएकोले यहाँ भएका श्रमिकहरुका समस्या समाधानको लागि दूतावास संग समन्वय गर्ने साथै नेपालमा पनि शिक्षा , स्वास्थ्य, एवं कल्याणकारी तथा मानवीय कार्यहरुमा पनि पहुँच पुरयाउने जानकारी दिर्दै साउदी अरवियाका लागि राजदूत पाण्डेको फलदायी भ्रमण एवं आरामदायी यात्रालको लागि शुभकामना दिर्दै कार्यक्रम समापन भएको जानकारी दिएका थिए ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।