मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौँ वाचन श्रृङ्खला सम्पन्न

- भोला थापा क्षेत्री (कतार)
हाम्रै हुन रे सुस्ता गडवाल काशि लेखी देउ
भोका नांगा मजदुर किशान दासि लेखी देउ
बन्लाजस्तो लाग्दैन, बनिहाले संविधानमा
पिरतीमा झाल गर्नैलाई फासि लेखिदेउ..

सन्ध्या ग्रुपको साहित्यिक विभाग मुग्लानी सौगातको छैठौं डबलिमा वाचित तनहु“का सोम थापाको मुक्तक हो माथीको । हरेक महिनाको पहिलो हप्ता विहिबार हुने वाचन श्रृखलामा यस्तै मुक्तक,गजल,कविता, हाईकुहरुको वाचन गरिन्छ । गत बिहीवार पनि आफ्नो छैठौं वाचन यस्तै विभिन्न साहित्यिक वाचन संगै सम्पन्न भयो ।

संस्थाका अध्याक्षा थर्चलामा को सभापतित्वमा सम्पन कार्यक्रममा कतारमा रेगीस्तानी कवि लेटाङ मोरङका कवि तिर्थ संगम राई वाचिन रचनाको समिक्षा गरेका थिए । उनले दोहामा रहेका प्रतिनिधि कविताहरुको बारेमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै भर्खरै कतार आएका चितवनका गजलकार प्रेम सापकोटाले गजलहरुको शेरहरुबाट भने ‘अनासैया मोडमा मोडीएको जिन्दगी
जहाजको पाईला जस्तै छोडीएको जिन्दगी
भविश्यलाई देखे छैन वर्तमानको निशा नयाँ
आखाँ छोपी घैटौ जस्तो फोडिएको जिन्दगी..’

वाचन श्रृंखलाको क्रममा दिलीप अविरलले ईजरयालमा कार्यरत चितवन कि सुमित्र पौडेल आचलसगँको फेसबुकको सवालको जवाफ मुक्तकबाट सुनाए, झापाका चन्द्र कुमार थापाले सम्वोधन शिर्षक कविता, धादिङका थर्चा लामाले गीत , नुवाकोटका राजन लामा डिम्डुङले सफल पे्रम गजल, देब खड्का भावना, राजेन्द्र खनालले कविता, भोला थापा क्षेत्री ले भावाना प्रस्तुत गरे । कार्यक्रममा गोर्खाका राजेश्वर ढकालले गजल मार्फत
‘उनले नजर जुधाउदा झुकाएछु किन ?
मनको कुरा उनी सगँ लुकाएछु किन ?
सबै कुरा उनी सामु खोल्छु भन्दा भन्दै
मुख मानै शब्दहरु सुकाएछु किन ?’ सुनाए ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव राजेन्द्र खनालले गरेका थिए भने कार्यक्रम बेलुकी ९ वजे देखी १२ बजे सम्पन भएको थियो ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।