विश्वकै होचा व्यक्ति 'चन्द्रबहादुर डाँगी'

- अब्दुल्लाह मियाँ, काठमाडौ
 दाङ पुरन्धाराका ७२ वषीर्य चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति बनेका छन् । उनको तौल १४.५ किलो छ । बेलायतबाट आएको 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड' का चार सदस्यीय टोलीले डाँगीको उचाई २१.५ इन्च (५४.६ सेमि) भएको प्रमाणित गरेपछि उनी विश्वकै होचो व्यक्ति बन्न सफल भएका हुन् ।

चन्द्रको उचाइ नाप्दै डाक्टर र गिनिज बुकका प्रधान सम्पादक । फोटो साभारः रोयटर्स

नेपालबाट गिनिजबुकमा विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने डाँगी दोस्रा हुन् । यसअघि बाग्लुङका १८ वषीर्य खगेन्द्र थापा मगरले पनि त्यही किर्तिमानी पाएका थिए । यसअघि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'ले डाँगीभन्दा दुई इन्च अग्ला फिलिपिन्सका जुनरी बाल्विङ -२३.५ इन्च -५९.९ सेमी) लाई होचो व्यक्तिको प्रमाणपत्र दिएको थियो । बाल्विङ अघि उनीभन्दा तीन इन्च अग्ला खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति बनेका थिए । गत जुनमा बाल्विङले मगरको किर्तिमान खोस्दै होचा व्यक्ति बन्न सफल भएका थिए । टोलीले लैनचौरस्थित 'सिविक क्लिनिक ट्राभल मेडिसिन सेन्टर'मा २४ घण्टामा तीन पटक उनको नाप लिएको थियो ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको १७औं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
नियमहरु

गजल (नभए के हुन्थ्यो)

- दीपक 'सानोदिल'
प्यारो मुटु साँचिराख्न छाती नभए के हुन्थ्यो ?
कोही पनि यो धर्तीमा घाटी नभए के हुन्थ्यो ?

पीडा हुन्छ मानवमा पोख्नु पर्ने मनका बह
बेदनाका मर्म बुझ्न साथी नभए के हुन्थ्यो ?

दिनका कुरा छाडौं लुकिछिपी बित्छ काल
आनन्दमा रमाउन राती नभए के हुन्थ्यो ?

ल्यायौन रहर नै ढकमक्क फूलका ति
दुई अस्त्र शरीरको माथि नभए के हुन्थ्यो ?

लखनपुर -१ गुह्येश्वरी झापा

मलाई बिहेको हतार छैन: केटलिन पन्त

हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी कोइरालाले बिस्तृत कुराकानी :

तपाईं महिला कि पुरुष ?
म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ?

होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु।
हो, साथीहरूले पनि मलाई निकै राम्री भन्छन्। विशेषगरी मेरो आँखा मन पराउँछन्।

मलाई पनि तपाईंको आँखा मन पर्‍यो। अनुहार पनि साह्रै मिलेको छ। प्लास्टिक सर्जरी गरेर बनाउनुभएको हो ?
होइन, सबैलाई यस्तै भ्रम छ। यो सबै प्राकृतिक हो।

कुन-कुन अङ्ग प्राकृतिक हुन् ?
मेरो अनुहार, आँखा, स्तन र मेरो स्वर। मेरो स्वर केटाको जस्तो छ र ? महिलाको जस्तो छैन र ?

निश्चय नै तपाईं पुरुषबाट महिला हुनुभएको भन्ने कुरा झट्ट हेर्दा विश्वास लाग्दैन, कतिपय मानिस त तपाईं केटी नै हुनुहुन्थ्यो, चर्चामा आउन यस्ता हल्ला चलाउनुभएको भन्छन्, किन होला ?
किनभने हाम्रो समाज नै त्यस्तै छ। मैले आफ्ना बारेमा कुनै कुरै गरेकी छैन। बाहिर-बाहिर के-के कुरा चल्छन्, त्यसको पछि लागेर साध्यै छैन। मजस्ता लिङ्ग परिवर्तन गर्ने अरू पनि हुन सक्छन्। मेरो बुवा चर्चित कलाकार भएका नाताले मेरा बारेमा बढी चासो भएको हो। मानिसहरूले नचाहिँदो कुरा गर्छन् भनेरै म प्रेसमा आउन नचाहेकी हुँ। यो मेरो निजी जीवन हो। मलाई मेरो तरिकाले बाँच्न दिनुपर्छ।

साटिए श्रीमान् श्रीमती

- अर्जुन जम्नेली राई
समाजमा बहुविवाह, समलिङ्गी विवाह र असफल दाम्पत्य जीवनका कारण सम्बन्धविच्छेदका घटना प्रशस्त हुने गरे पनि श्रीमती साटासाट गरेको सुन्दा भने धेरैलाई अचम्म र असम्भव लाग्न सक्छ तर मोरङको उर्लाबारीमा भर्खरै दुई दम्पतीको जीवनमा यस्तै घटनाले जन्म पाएको छ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोरङको उर्लाबारी-६ मङ्गलबारेका २४ वर्षीय जीतबहादुर दर्नाल गोपालकी श्रीमती भगवती उर्लाबारी-९ का दीपक नेपालीसँग पोइल गएपछि दीपकले जीतबहादुरलाई आफ्नी श्रीमती सुशीलालाई लैजान चुनौती दिएपछि यो घटना भएको हो। घटना विवरण अनुसार डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि जीतबहादुर कतार गएका थिए, उनकी श्रीमती भगवतीमाथि पाँच वर्षमुनिका दुई छोरीको पालनपोषणको जिम्मेवारी थियो तर शिशु अवस्थाका दुई छोरी आकृति र अंशुको हेरचाहमा मात्र उनी सीमित रहिनन्, गाउँकै युवक दीपक नेपालीसँग मन साट्न थालिन्, प्रेम गाँस्न थालिन्।

एक्कासि जीतबहादुरकी आमाले छोरालाई कतारमा फोन सम्पर्क गरी बुहारी घरमा छैन भनेपछि जीतबहादुरले कतारबाटै सोधखोज गरे। श्रीमती भगवतीसँग सम्पर्क भयो, उनलाई लैजाने दीपकसँग पनि सम्पर्क भयो। दीपकले जीतबहादुरसँग उनकी श्रीमती लगेको मात्र बताएनन्, सक्छस् भने मेरी श्रीमती लैजा भनी चुनौती दिएपछि जीतबहादुर आफ्नो श्रीमती पोइल गएको चिन्ता बिर्सेर दीपककी श्रीमती फकाउने योजनामा लागे। आखिर उनी योजनामा सफल पनि भए।

प्रेम, प्रेमदिवस र परिभाषा

भारती गौतम
‘प्रेमको स्पर्शले हरेक व्यक्ति कवि बन्छ’ -प्लेटो ।
‘हरेक कुरा म बुझ्छु किनकी ती सबैलाई म माया गर्छु' -लियो टल्सट्वाय ।

माया, प्रेम, लभ नसोचौं भन्दा पनि भ्यान्टाइन्स डे को निकटताले यस्तो नसोची धरै दिएको छैन । वर्षभरीको प्रेम, वर्षभरीको अभिव्यक्ति सबै एकैपटक वषिर्ने यो प्रेममय मौसमले जबर्जस्ती सबैको मन, वचन र कर्म भित्र प्रेम घोल्ने प्रयास गरेको छ ।

हिमाल ओर्लेर आएजस्तो हिउँ घर आँगनभरी ओछिएको भए पनि, वसन्त बाटैमा आउँदै भए पनि, सूर्यका किरणहरुले जमिनमा धेरैबेर बस्न रहर गर्न नथालेको भए पनि मान्छेको हृदयमा प्रेमको फूल फुल्न खाँचो भएको छैन । वर्षभरीका सम्झिएर बिर्सिएका या बिर्सिएर सम्झिएका अभिव्यक्तिहरुले निकास पाउने या निकास पाउनुपर्ने भ्यालेन्टाईन्स डे आफैं व्यस्त देखिन्छ ।

दोकानका महत्वपूर्ण कुनाहरु चकलेट, मीठाई र राता अनि गुलावी रंगका कार्डहरुले सिंगारिँदा, फूल बेच्ने पसलहरु रंग रंगका गुलावले बैंश जस्तै फक्रिँदा, गहना पसलहरु बिहेको दुलही जस्तै भित्रको खुशीलाई शरममा अनुवाद गरेर गहनाको बोझले नुहेजस्तै नुहुँदा, होटेलका कोठाहरु हप्तौं अघिदेखि नै ओगटिँदा प्रेमको नशाले नछोइएका भेट्नु र शिशिरका रुखमा पात भेट्नु झण्डै झण्डै उस्तै समेत लाग्न सक्छ । अर्को तरिकाले भन्नु पर्दा प्रेमको मातले सबैलाई मताउन थालेको छ ।

मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौँ वाचन श्रृङ्खला सम्पन्न

- भोला थापा क्षेत्री (कतार)
हाम्रै हुन रे सुस्ता गडवाल काशि लेखी देउ
भोका नांगा मजदुर किशान दासि लेखी देउ
बन्लाजस्तो लाग्दैन, बनिहाले संविधानमा
पिरतीमा झाल गर्नैलाई फासि लेखिदेउ..

सन्ध्या ग्रुपको साहित्यिक विभाग मुग्लानी सौगातको छैठौं डबलिमा वाचित तनहु“का सोम थापाको मुक्तक हो माथीको । हरेक महिनाको पहिलो हप्ता विहिबार हुने वाचन श्रृखलामा यस्तै मुक्तक,गजल,कविता, हाईकुहरुको वाचन गरिन्छ । गत बिहीवार पनि आफ्नो छैठौं वाचन यस्तै विभिन्न साहित्यिक वाचन संगै सम्पन्न भयो ।

संस्थाका अध्याक्षा थर्चलामा को सभापतित्वमा सम्पन कार्यक्रममा कतारमा रेगीस्तानी कवि लेटाङ मोरङका कवि तिर्थ संगम राई वाचिन रचनाको समिक्षा गरेका थिए । उनले दोहामा रहेका प्रतिनिधि कविताहरुको बारेमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै भर्खरै कतार आएका चितवनका गजलकार प्रेम सापकोटाले गजलहरुको शेरहरुबाट भने ‘अनासैया मोडमा मोडीएको जिन्दगी
जहाजको पाईला जस्तै छोडीएको जिन्दगी
भविश्यलाई देखे छैन वर्तमानको निशा नयाँ
आखाँ छोपी घैटौ जस्तो फोडिएको जिन्दगी..’

"साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए" अन्तरक्रिया कार्यक्रम सम्पन्न

- विष्णु प्रसाद चापागाईं

एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा आज साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावास साउदी अरबका महामहिम राजदूत श्री उदयराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पुर्बी क्षेत्र क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठज्यूले सभापतित्व गर्नु भएको थियो ।

पुर्बी क्षेत्रिय लेबर टास्क फोर्स कमिटीका सदस्य चिन्तामणी राजनले सञ्चालन गर्नुभएको यस कार्यक्रममा एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी. तथा आइसिसी मनोनित सदस्य यस्मिन वेगम बिशेष अतिथी हुनुहुन्थ्यो भने अतिथिहरुमा एनसिसीका प्रमुख सल्लाहकार तारा भण्डारी, सल्लाहकार त्रय चोला पाठक, राजु सैयद र मनोज विष्ट, महा सचिव तथा दूतावास प्रतिनिधी पुरुषोत्तम श्रेष्ठ, सह कोषाध्यक्ष नारायण पासवान, सदस्य द्वय सूर्य श्रेष्ठ र चन्द्र प्रकाश भण्डारी, प्राज्ञ डा. युद्ध बहादुर क्षेत्री, चार्टर्ड एकाउण्टेन्ट अल सुवाइदी कम्पनीका फाइनान्स म्यानेजर राजेश बुढाथोकी, प्रबासी नेपाली सेवा समितिका अध्यक्ष हेम कुमार खडका, नेपाली जन प्रगतिशिल मञ्चका सचिव बिबेक लामा, तामाङ सेवा समितिका अध्यक्ष पुर्ण लामा, बिश्व नेपाली साहित्य महासंघका बिष्णु ‘बैकुण्ठे’ तथा म्यानपावर ब्यवसायी बालकृष्ण श्रेष्ठ रहनुभएको थियो भने संघका पञ्जिकृत सदस्य तथा पीडित कामदारहरूको पनि उलेख्य उपस्थितीले सभाकक्ष भरिएको थियो ।