विष्णु बैकुण्ठे
१.
तिम्रो मुहान सधैं सुक्छ रसाउने कहिल्यै हैन ।
गैरीखेतमा बेठीलाउन तिमीले अझै जानेको छैन ।।
अब चुप लागेर बसे हुन्छ हाम्रै फेसबुकमा...जत्ति पाइन्छन् यहाँ छिमेकी. कसैले केही गर्दैन ।।
२.
असल सरकार भइदिए दैनिक रुपमा औषधि छर्दथे ।
दुर्घन्ध एसीबाट छिर्ने भए सबैले एसी बन्द गर्दथे ।
नेताहरुलाई थाहा रहेनछ गन्ध कहाँबाट छिर्छ भनेर...
नाकबाट छिर्छ गन्ध. सधैं बन्द गरे तत्कालै मान्छे मर्दथे ।।
३.
भिरालो परेको ठाउँमा बाबियोको सुत्ला भेटिन्छ ।
ओरालो लागेको मृगलाई बाछाले खेदेको देखिन्छ ।
समय प्रतिकुल परेपछि साथी तपाई हेर्दै जानुस् ...
मानिसलाई कसैले खेद्ने छैन ऊ आफै लखेटिन्छ ।।
४.
तिमीले उसलाई हसाउन सकिनौ ।
कहिल्यै कलम रसाउन नि सकिनौ ।।
नसकेर नै होला आज हुतिहारा झैं भएछौ...
अब आफैं हाँस बस् ! आफै आँशु खसाउन सकिनौ ।।
५.
'रिस' र 'माया' दुबै हृदयबाट निस्कन्छ ।
सोचेकोलाई म्वाई खाँदा नसोचेको चै ठुस्कन्छ ।।
मन परे माया लायौ कि नपरे रिस खायौ ....
संयोग नै मान्नुपर्छ यो विष्णु यसरी जिस्कन्छ ।।
६.
मन्त्री बन्न नसक्नेले के नाम लेखाउनु ।
पाँचपटक हार्नेले अब दाँत नि नदेखाउनु ।।
ज्योतिषिले भाग्य नहेर्दा अक्टोपसलाई भनेनौ...
सातपुस्ताको भाग्य खोज्न विष्णुको गाइजात्रामा आउनु ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।