- क्रान्ति सिंह , दोहा

साउदी अरबका लागि नेपाली राजदूत महामहिम श्री उदय राज पाण्डेको सम्मानमा एनआरएनए एनसीसी कतारले स्वागत कार्यक्रममको आयोजना गरेको छ । कतारको लागि तीन दिने नीजि भ्रमणमा रहनुभएका राजदूत पाण्डेलाई गत ५ अप्रिल २०१३ शुक्रवारका दिन कतार स्थित नेपाली नियोगको सभाकक्षमा कतार स्थित गैर आवासीय नेपाली संघका आईसीसी पदाधिकारी एवं एनसीसी कार्यसमिति र दूतावास कर्मचारीहरुको समूपस्थितमा विशेष कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा सम्पन्न भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कतारका लागि नेपाली राजदूत डा. मायाँ कुमारी शर्मा हुनुहुन्थ्यो भने विषेश अतिथिको रुपमा कतारको भ्रमणमा रहेका राजदूत उदय राज पाण्डे रहनुभएको थियो । त्यसै गरि अतिथिहरुमा साउदी अरबका लागि नेपाली राजदूत पाण्डेको भ्रमणदलमा रहेकी कल्पना रिजाल पाण्डे, एनआरएनए आईसीसी सचिव टि.बि. कार्की, आईसीसी सदस्य अजिजुर रहिमान शेष, आईसीसी सल्लाहकार डा.देवकाजी डंगोल, एनसीसी सल्लाहकार संयोजक मक्सुद आलम, आईसीसी निवर्तमान उपाध्यक्ष सागर नेपाल, आईसीसी निवर्तमान मध्यपूर्व संयोजक बद्री पाण्डे, आईसीसी अन्र्तगत विधान संसोधन कार्यदल सदस्य एवं कतार एनसीसी पूर्व अध्यक्ष कमल मणी गुरागाँई र आईसीसी अन्तरगत नेपाली प्रोडक्ट प्रमेशन अवोर्डका सल्लाहकार दिल किरण खजुम रहेका थिए ।
स्वागत कार्यक्रममा उपस्थित संपूर्ण महानुभावहरुको परिचयात्मक कार्यक्रमबाट सुभारम्भ गरिएको कार्यक्रमलाई एनआरएनए एनसीसी कतारका महासचिव क्रान्ति सिंहले संचालन गरेका थिए ।