विष्णु प्रसाद चापागाई, रियाद

यस अवसरमा अर्थ राज्यमन्त्रीज्युले नेपालमा कुनैपनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आव्हान गर्नुभएको छ । दशकौंदेखि खल्बलिएको नेपालको शान्ति प्रकृयामा क्रमिक सुधार भइरहेकोले इच्छुक नेपाली तथा गैरनेपाली व्यक्ति संघसंस्था आदि सबैलाई उद्योग, कल-कारखाना, आधुनिक कृषी, सिंचाई, जल विद्युत परियोजना आदि क्षेत्रमा लगानी गर्न आह्वान गर्दै लगानीकर्ताले लगानीको लागि स्पष्ट धारणा नेपाल सरकार समक्ष बुझाउनु पर्ने र सोही अनुसार सरकारले पनि उचित वातावरण मिलाइदिने बताउनु भयो । गतः ३ मार्चमा माननीय अर्थमन्त्री बर्षमान पुनसंग पनि सरकारी वार्ता भएको थियो ।