साउदी अरबमा विभिन्न देशहरूबाट आई गैरकानूनी रूपमा विभिन्न कम्पनीहरूमा तथा घरेलु कामदारको रूपमा काम गरिरहेका विदेशी कामदारहरूलाई साउदी सरकारले आम माफी दिई बिना सजाय र जरिवाना स्वदेश फर्काउने भनी श्रम मन्त्री आदिल फकियाले व्यक्त गर्नुभएको समाचार सार्वजनिक भए लगत्तै साउदी अरबमा गैर कानूनी कामदारहरूलाई आम माफी दिई स्वदेश फर्काउने तथा रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी विस्तृत प्रकृयागत कुराहरूको गृहकार्य पश्चात मिति १० मई २०१३ को दिन साउदी सरकारले ३ जूलाई २०१३ को समय सीमा तोकी ल्याएको नीतिगत व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा नेपाली राजदूतावास रियादद्धारा निम्नानुसारको कार्यान्वयनको व्यवस्था गरिएको व्यहोरा तल उल्लेख छ ।
चिनियाँ ज्यान, नेपाली शान
- सुबोध गौतम, बेइजिङ
हिमा सधैँझैँ शुक्रबार चाइनिज रेडियो इन्टरनेसनल (सिआरआई) अन्तर्गतको आफ्नो च्याम्बरमा नेपाली भाषामा समाचार लेखिरहेकी छिन्। हिमा नेपाली होइनन्। नेपाली भाषामा दख्खल यी युवतीको समाचार सम्पादक भने नेपाली युवक नै छन्। 'म हिमाले लेखेको समाचार सम्पादन गरिरहेको छु', काठमाडौ कालिमाटीका अजय श्रेष्ठले नागरिकसँग भने, 'उहाहरु समाचार लेख्नुहुन्छ, म सम्पादन गर्छु।'
Subscribe to:
Posts (Atom)