बिदेशमा बिचल्ली पार्नेलाई कडा कार्बाहीको माग

नेपालको कपिल म्यानपावर कम्पनीको ठगी, लापर्बाही, बेइमानी र गैरजिम्मेवारीपनका कारण बिगत ३ महिनादेखि ठूलो मानसिक तनाव र चिन्ता, शारीरिक यातना र दोहोरो अर्थिक क्षति ब्यहोर्दै आएका मोरङ डांगीहाट – ३ का होमनाथ बास्कोटाले आज २४ जुनमा बल्ल स्वदेश फर्किन पाएका छन । नेपाली दूतावास रियादको कुटनैतिक तथा प्रशासनिक पहल तथा एनआरएनए साउदी अरबको केही आर्थिक, नैतिक र सामाजिक सहयोग पश्चात उनको स्वदेश फिर्ती सम्भव बनेको हो ।

गतः शुक्रबार २२ जुनका दिन एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग स्वरूप काटिएको हवाई टिकट पीडित होमनाथलाई हस्तान्तरण गर्दै एनआरएनए कतिफ स्थानिय लेबर टास्क फोर्स कमिटीले आयोजना गरेको एक परिचयात्मक तथा छलफल कार्यकममा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले भन्नुभयो “होमनाथ खाडी क्षेत्रमा म्यानपावर कम्पनीहरूबाट पीडित हजारौं नेपाली श्रमिकहरूका प्रतिनिधी पात्र हुन, होमनाथहरूलाई पीडित र बिचल्ली पार्नमा स्वयम बैदेशिक रोजगार बिभागका कर्मचारी पनि दोषी छन, यसैले यो केशमा पीडितले न्याय र पूर्ण क्षतिपुर्ति पाउंछन या पाउंदैनन्, दोषी म्यानपावर कम्पनी र बिभागका सम्बन्धित कर्मचारीलाई के कस्तो कानूनी कार्बाही हुन्छ या हुंदैन भन्ने कुराको उत्सुकताका साथ अनुगमन गर्ने बताउंदै बैदेशिक रोजागार बिभागलाई एनआरएनए साउदी अरबका तर्फबाट लेखिएको पत्र त्यहां उपस्थित पचासौं कामदारहरू माझ बाचन गरी सुनाउनुभएको थियो।”

नेपाली दूतावासद्वारा प्रेस विज्ञप्ति जारी

नेपाली दुतावास रियादद्वारा साउदी अरबको उत्तरीक्षेत्र अन्तर्गत पर्ने आरआर शहरमा ८ जुन २०१२ मा एक समारोहका साथ नेपाली कामदारका समस्या तथा समाधानका उपायहरु विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । साउदी अरबको उत्तरी क्षेत्रमा विगत लामो समयदेखि बसेर विभिन्न वर्ग तथा पेशामा काम गरिरहेका नेपालीहरुको समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने ध्येयले दूतावासद्वारा सो कार्यक्रमको आयोजना गरेको हो ।
आयोजित कार्यक्रमको विस्तृत विवरणसहित दूवावासले आज एक प्रेस विज्ञप्ति निकालेको छ । हेर्नुहोस् ...

सुहागरातको समाप्ति

- विमलेन्द्र मिश्र
दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

 एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन् । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो प्रेम विवाह थिएन ।

अनि जहाज खस्यो

- सुरज कुवँर
काठमाडौ, जेष्ठ २० - बीस दिनअघि पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको डोर्नियर विमान दुर्घटनामा पर्‍यो । त्यस्मा सवार चालक दलसहित २१ जनामध्ये १६ जनाको मृत्यु भयो भने ५ जना बाँचे । उनीहरु मध्ये परिचारिका रोशनी हैजुले ईकान्तिपुरलाई दुर्घटना कसरी भएको थियोबारे दिएको बयान उनकै भाषामा -

पोखराबाट जोमसोमका लागी उडेको १५ मिनेट बित्दै थियो । हामी उडेको डोर्नियर जहाज अवतरण गर्ने बेला भएपछि यात्रुहरू 'लौ ! एयरपोर्ट देखियो' भन्दै कुराकानी गर्न थाले । तर जहाजले सोझै ल्यान्ड गरेन । मैले ठानें पाइलटहरू प्रभुशरण पाठक र सुमन डंगोलले एयर ट्राफिकका कारण एक फन्को मारेर अवतरण गर्लान् । किनकि जोमसोम विमानस्थलको धावनमार्गमा अर्को जहाज भएपछि प्रायः चालकहरूले जहाज फेरि आकाशतिरै उडाउँदै फन्को मार्छन् । यहाँ लुक्लाजस्तो अवतरण गर्ने जहाजले आपतकालीन टेकअफ गर्न गाह्रो छैन । त्यसैले यात्रुसहित १८ जना भएको जहाज विमानस्थललाई तल पार्दै कालीगण्डकीमाथि उड्यो ।