पाँच तारे होटलको कुक प्रतियोगितामा नेपाली सर्बोत्कृट

- निमकान्त पाण्डे , अबुधावी
२१ फागुन, युएर्इमा भएको पाँच तारे होटलको कुक प्रतियोगितामा आइतवार एक नेपाली सर्बोत्कृष्ट भएका छन् । युएर्इमा भएको पाँच तारे होटलहरुको गल्फको खाना बनाउने प्रतियोगितामा विश्वकै चर्चित एटलान्टिक होटल दुबईको पाम जुमेरा होटेलमा कार्यरत गुल्मी हर्मीचौर-४, का भोलानाथ पाण्डेले सर्बोत्कृट भएका हुन् । 

दोश्रो विश्वयुद्धका साक्षी १०० वर्षमा

- प्रदिप मेन्याङ्बो
दोश्रो विश्वयुद्धका योद्धा तथा जीवित साक्षी
दोस्रो विश्वयुद्धका साक्षी रहेका लालबहादुर लोहारुङले आफ्नो सयौं जन्मदिनका अवसरमा सबैलाई आशीर्वाद मात्र दिएनन्, खुसीले गदगद हुँदै नाचे पनि । बेलायतबाट आफन्तले जन्मदिनको शुभकामना दिएका बेला मोबाइलमा भन्दै थिए, 'ल है त नानी, मलाई सम्झेर फोन गरेकामा धेरै-धेरै आशीर्वाद ।' 

अग्लो र फूर्तिलो ज्यान, आँखा र सुन्ने शक्ति पनि तेज, केही दाँतले अझै साथ दिएका ठट्टेउलो शैलीका मिजासिला लालबहादुरको उमेर एक सयौं वर्ष पुगेकाले मात्र अर्थपूर्ण थिएन, सन् १९४१ देखि सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धका वीर गोर्खा योद्धा र त्यसबेलाका जापानिज युद्धबन्दीसमेत हुन पुगेकाले जीवित साक्षी बनेर उभिएका थिए । उनी खाँदबारीको लोकेपाङ्मामा जन्मेका थिए ।

नेपाली दूतावास रियादमा मैत्रीपूर्ण रात्रीभोज


- रूकेश शाह 
२८ फेब्रुअरी,   मिथिला एकता समाज, साउदी अरबको आयोजनामा साउदी स्थित नेपाली दुतावास र मिथिला एकता समाज साउदी बीच मैत्रीपुर्ण रात्री भोजन कार्यक्रम सम्पन्न भएको छ ।