खोबारमा ‘सम्मान तथा भेटघाट कार्यक्रम’ सम्पन्न

- तेज थापा
८ फेब्रुअरी, साउदी अरबको खोबर स्थित गल्फ दरवार रेस्टुरेन्टमा नेश्मा एण्ड पार्टनर्स, रबावी ग्रुप तथा नेश्मा ट्रेडिङ नेपाली समाज (एन.आर.टि.एन.सी.) साउदी अरबले 'सम्मान तथा भेटघाट कार्यक्रम' आयोजना गरेको थियो । ठुलो संख्यामा नेपाली साथीभाईहरुको जमघटबीच कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको मुख्य लक्ष्य गत अगस्ट २०१२ रमदानको शुभअवसरमा एन.आर.टि.एन.सी. द्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा बिशेस योगदान पुराउनुहुने व्यक्तिहरुलाइ स-सम्मान प्रमाणपत्र वितरण गर्नु तथा आपसमा भेटघाट गरि दुख-सुख बाड्नु रहेको थियो । 

छायाँसँग एकरात

 - सुबिसुधा आचार्य
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै । 

हो, म त्यहीँ अँध्यारोभित्र आफूलार्ई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलार्ई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग । 

ओ हो ! मान्छेलार्ई ज्यानको माया कति बिघ्न, पिडौंला पिडौंला आउने पानीको बेगले के मलार्ई ढाल्दो हो र ? लौ ढाली हाले पनि त बगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघ भन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउँगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नु अगाडि ।