खोबारमा ‘सम्मान तथा भेटघाट कार्यक्रम’ सम्पन्न

- तेज थापा
८ फेब्रुअरी, साउदी अरबको खोबर स्थित गल्फ दरवार रेस्टुरेन्टमा नेश्मा एण्ड पार्टनर्स, रबावी ग्रुप तथा नेश्मा ट्रेडिङ नेपाली समाज (एन.आर.टि.एन.सी.) साउदी अरबले 'सम्मान तथा भेटघाट कार्यक्रम' आयोजना गरेको थियो । ठुलो संख्यामा नेपाली साथीभाईहरुको जमघटबीच कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको मुख्य लक्ष्य गत अगस्ट २०१२ रमदानको शुभअवसरमा एन.आर.टि.एन.सी. द्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा बिशेस योगदान पुराउनुहुने व्यक्तिहरुलाइ स-सम्मान प्रमाणपत्र वितरण गर्नु तथा आपसमा भेटघाट गरि दुख-सुख बाड्नु रहेको थियो । 

एन.आर.टि.एन.सी.का महासचिब सुनिल बख्रेलद्वारा संचालित उक्त सम्मान तथा भेटघाट कार्यक्रमको सभापतित्व एन.आर.टि.एन.सी.का अध्यक्ष रुद्र थापा ज्युले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य दिदै संस्थापक उपाध्यक्ष तथा बर्तमान सल्हाकार तेज बहादुर थापाले प्रगतिको तिब्र गतिमा अगाडी बढिरहेको एन.आर.टि.एन.सी. प्रारम्भ अनि हालको स्थितिको मुल्यांकन गर्दै संस्थालाई अझ धेरै उचाइमा पुराउनु पर्ने शुबेक्क्षा दिनुभएको थियो भने भलिबल प्रतियोगिता सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई स-धन्यवाद दिनु भएको थियो । 

साउदीमा अन्य संघसंस्था र एन.आर.टि.एन.सी.को समन्धबारे जानकारी दिदै एन.आर.टि.एन.सी.का सल्लाहकार प्रेम शिन्जाली मगरले संस्थाको थप बिकासको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । संस्थाको प्रेणाको बिन्दु दुबै मृगौला पिडित चन्द्र कार्कीको स्वास्थ्य लाभको कामना गर्दै संस्थापक सचिब तथा बर्तमान सल्हाकार देबी खतिवडाले संस्थामा हालसम्म भएको प्रगति, दुबै मृगौला पिडित चन्द्र कार्कीलाइ गरेको सहयोग, सिस्टर कम्पनि भित्र दुखत निदन भएका परिवारलाई संस्थाले पुराएको सहयोग आदिको बारेमा जानकारी दिनु भएको थियो । त्यसैगरि एन.आर.टि.एन.सी.का उपाध्यक्ष बिष्णु पोख्रेलले अब संस्था हरक्षेत्रमा सबल रहेको र संस्था भित्र धेरै प्रतिभावान व्यक्तिहरु रहेको भन्दै संस्थाका सदस्यहरुमा थप उर्जा थप्ने धारणा राख्नु भएको थियो । केन्द्रीय युवा सदस्य प्रकाश थापाले संस्थामा निस्वार्थ भावना राखेर आगाडी बढ्नु पर्ने धारणा राख्दै संस्था भित्र निखारता ल्याउनु पर्ने विचार राख्नु भएको थियो । 

बिगत लामो समयदेखि विभिन्न संस्थामा आबद्ध हुँदै आउनु भएका एन.आर.टि.एन.सी.का सल्हाकार प्रमुख ओम घलेले विभिन्न संघ संस्थामा संलग्न व्यक्तिहरु एन.आर.टि.एन.सी. भित्र रहेकोले संस्था भित्र अनुभब, विचार र सिद्धान्तको कुनै कमि नभएको र त्यसको उदाहरण गत अगस्टमा आयोजना गरिएको गुणस्तर भलिबल प्रतियोगिता भएको बताउनु भयो । नेश्मा धेहरान क्यामका एन.आर.टि.एन.सी. केन्द्रीय प्रतिनिधि खेम आचार्यले गत अगस्टमा सम्पन्न भलिबल प्रतियोगितामा स्वयम शेवकहरुले देखाउनु भएको नैतिकताको प्रशंशा गर्नु भएको थियो । 

 आमन्त्रित अथिति, प्रवासी नेपाली एकता समाजका अध्यक्ष कमल थापाले एन.आर.टि.एन.सी. भित्र रहेकको आपसी सद्भाव, एकता तथा संस्थाको पद्दति र परिचालनको प्रशंसा गर्दै आफु कतै एन.आर.टि.एन.सी.को अघोषित सदस्य पो हो कि भन्ने विचार राख्नु भएको थियो । भलिबल प्रतियोगितामा दिनको टन्टलापुरे घाम र रातभरको अनिदो रही सहयोग गर्दा आफुलाई कतै थकान समेत नभएको र साथीहरुले दिनु भएको सम्मान आफ्नो मानसपटलमा सदा-स्मरणीय रहिरहने धारणा राख्नु भएको थियो । त्यसै गरि अर्का अथिति तथा गाएक तिलक गुरुङले आफ्नो भर्खर बजारमा आउदै गरेको गीति एल्बम मध्यबाट सुरिलो स्वरले उपस्थित सबैलाई मग्नमद्ध पार्नु भएको थियो । त्यसैगरि भलिबल प्रतियोगितामा प्रायोजक गर्नु भएको सनराइज कार्गोका प्रबन्ध निर्देसक जैनलामाले यस्ता कार्यक्रम तथा खेलकुद प्रतियोगिताले प्रवासमा नेपालीहरुको एकता र सद्भाव काय राख्नम निकै अहम भूमिका खेल्ने धारणा राख्नु पाएको थियो साथै यस्तो उचस्तरीए भलिबल प्रतियोगिता प्रयोजन गर्ने अवसर पाएकोमा खुसि ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको दोश्रो खण्डमा सम्मान पत्र वितरण रहेको थियो जस अन्तर्गत प्रचार-प्रसार, ब्यबस्थापन, रजिस्ट्रेशन, संचालक-समापन र स्वयमशेबक ब्युरोलाइ एन.आर.टि.एन.सी.का अध्यक्षले सम्मान पत्र वितरण गर्नु भएको थियो भने सम्पूर्ण स्वयमशेबकहरुलाई भलिबल खेल संयोजक राम गुरुङ तथा एन.आर.टि.एन.सी. का उपाध्यक्ष बिष्णु पोख्रेल मार्फत सम्मान पत्र वितरण गरिएको थियो । त्यस लगत्तै कार्यक्रममा सभापतित्वो गर्नु भएका एन.आर.टि.एन.सी.का अध्यक्षले सम्मान पत्र पाउनुहुने सबैलाइ बधाई दिदै आगामी दिनहरुमा समेत सबैको सहयोग र साथमा यस्ता उच्चस्तरिए प्रतियोगिता हुने बिश्वासलिदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो । तत्पश्चात् सुमधुर नेपाली संगीतमा आ-आफ्नो नृत्य प्रदर्शन गर्दै उपस्थित साथीभाईहरु रात्री भोजमा रमाएका थिए ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।