सम्बन्ध-विच्छेद

- अज्ञात
जब म त्यस रात घरमा पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । उनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नुछ"। उनी बसिन् र चुपचाप खान थालिन् । मैले उनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो । तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो– "म उनीसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ ।" तरपनि मैले आफ्नो कुरा संयम्‌का साथ राखेँ ।

मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधिन्- किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन् र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रोइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन । जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ । तिनिप्रति दया जागेर आयो । गह्रुँगो अपराधबोधका साथ मैले एउटा सम्बन्ध बिच्छेदको सम्झौता-पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३० प्रतिशत शेयरमा तिनलाई हकदार बनाएँ । तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन् र माडेर च्यातच्युत पारिन् ।

साउदीका कामदार र श्रम तथा रोजगारविभागका उच्चाधिकारीहरूबिच अन्तरकृया सम्पन्न

- धरम के.सी., दमाम
नेपाली दूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त आयोजना तथा संयोजनमा साउदी अरबको खोबरस्थित अप्सरा रेष्टुरेण्टको सभाकक्षमा आज एक बिशेष अन्तरकृया सम्पन्न भएको छ । यस कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदी, बैदेशिक रोजगार बिभागका महा निर्देशक पुर्णचन्द्र भटराई, श्रम मन्त्रालयकै सहसचिव बिनोद के.सी., उपसचिव कमल राज भण्डारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत बिशाल भटराई नेपालदेखि आउनुभएको थियो भने साउदी अरबको नेपाली समुदायबाट एनआरएनए साउदी अरब, नेपाली जनप्रगतिशिल मञ्च, लुम्बिनी प्रबासी सम्पर्क मञ्च, प्रबासी नेपाली सेवा समिति, तमुधीं प्रबास एकता समाज, लांघाली मगर संघ का प्रतिनिधीहरू, म्यानपावर ब्यवसायीहरू, रेमिटान्स कम्पनीका प्रतिनिधीहरू, पत्रकार, ब्यवसायी, बुद्धिजिबीहरूका साथै पीडित कामदारहरू समेत गरी ६० भन्दा बढीको सहभागिता रहेको थियो । नेपाली दूतावासका द्वीतिय सचिव बासुदेव देबकोटा तथा पुर्बी क्षेत्रका लागि स्थानीय कर्मचारी हरि घिमिरेको सहयोगमा दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले अन्तरकृया सञ्चालन गर्नुभएको थियो ।

साउदीमा नेपाली कामदारहरु अलपत्र

- योगेन्द्र गिरी, रियाद
बैदेशिक रोजगारीको सिलसिलामा नेपालका के.एल. म्यानवापर बिजुली बजार, ए.एन.एस. म्यानपावर गैह्रीधारा र के.वि.एल. म्यानपावर रियादबाट साउदी अरवको राल ईन्टरनेश्नल कम्पनीमा २ वर्षको लागि महिनाको ८०० रियाल तलव भनि सम्झौता पत्रमा दस्तखत गरेर गएका नेपालीहरु ३ वर्षसम्ममा पनि ६०० रियालमा काम गर्नु परेको छ । उनीहरुले पटक पटक सम्झौता बमोजिमको तलव माग्दा पनि नदिएको उनीहरुको गुनासो छ ।

साउदी अरवमा यसरी ३ वर्ष बसेर पनि उनीहरु नेपाल फर्कन नपाउँदा छट्पटाई छट्पटाई दिन काट्ने गरिरहेका छन् । साँच्चै भन्नु पर्दा उनीहरुले अहिलेसम्म भगवान र आमा बाबाको नाम जपेर कहिले नेपाल फर्कन पाईने हो भनेर दिन काट्न बाध्य भईरहेका छन् । नेपालीहरुको महान चाड बडा दशै नजिकिदै गर्दा उनिहरुलाइ आफ्नो घरको यादले अझ सताइरहेको र यसपालीको दशै आफ्नै घरमा परिवार परिवार सँग मनाउने सपना फेरी सपनामै सिमित हने होकी भनेर चिन्तित रहेको उनिहरु बताउँछन् । 

अघोरीहरु

- भाउपन्थी
राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी 'साइलेन्ट किलर' बनिदिएछ। पानीले भरिएको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरिन्छ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु।

तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने ! टुटी छ, कनेक्सन पनि छ तर पानी छैन। कहीँ आउँदो हो पानी हप्ताको एकचोटि वा दुईचोटि तर उसको धारामा पानी नआएको महिनौँ बितिसक्यो। उहिले कहिले हो, धारामा पानी आउँथ्यो भन्ने लोकोक्तिजस्तो बन्न पुगेको छ यो समय। धाराबाट पानी नोटबाट राजाको तस्विर झैँ गायब भएको छ। त्यसैले उनीहरू बाहिरफेर सार्वजनिक धारामा पानी थाप्छन्, रत्ति भाँडा लाइन राखेर पालो कुर्दै।

यी चित्रहरु कलात्मक कि अराजक ?

- टेकराज थामी, काठमाडौं
हिन्दू देवी–देवतालाई अनौठा भंगीमामा प्रस्तुत गरेर बनाइएका चित्रहरू विवादमा परेका छन् । युवा कलाकार मनीष हरिजनको एकल चित्रकला प्रदर्शनीमा ११ दिनदेखि ती चित्रहरू राखिएका थिए । हिन्दू संगठनले आपत्ति जनाएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार नै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीलाई सिल गरेको छ । कलाकार हरिजनले यसमा पूर्वीय र पश्चिमी कलाको फ्युजन गरेको बताएका छन् भने विश्वहिन्दू महासंघले हिन्दू देवीदेवताको अपमान भएको जनाएको छ ।

‘द राइज अफ द कोलाट्रल’ नाम दिइएको प्रदर्शनीमा हरिजनका ११ वटा विभिन्न आकृतिका चित्रकला राखिएका छन् । ११ वटै चित्रकलामा हिन्दू देवी तथा देवतालाई विभिन्न भावभंगीमामा उतारिएका छन् । पश्चिमा ‘कमिक बुकमा पाइने काल्पनिक पात्र सुपरम्यानसित देवीदेवतालाई दाँजिएका चित्र पनि छन् ।

रानीमहलमा भेट्न नपाइएका भूतहरू

- धीरकुमार श्रेष्ठ
“रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगको जिज्ञासा थियो मेरो । “था’ छैन” ती अपरिचितको जवाफ थियो । “आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि ...” कतै समाधान निस्किहाल्छ कि भनी अर्थ्याउन थालेको थिएँ म । मेरो वाक्य पूरा नहुँदै बीचैमा कुरा काट्दै उनी भन्न थालेका थिए, “ए रानीघाट भन्नु भा’ त्यो यताबाट” ।

त्यति बेलामात्र थाहा भयो, रानीमहललाई स्थानीयरूपमा रानीघाट भनिदो रहेछ । देखाइएको बाटोमा हामी हिँड्न थाल्यौँ । हामी अर्थात् करिब तीस जनाको शैक्षिक भ्रमणको टोली । रानीमहलतर्फ हिँड्दै गर्दा एक जना सानो भाई “म देखाउँछु तपाईंहरूलाई बाटो” भन्दै हामीसँगैसँगै हिँड्न थाल्यो । केही क्षण बाटो देखाएर फर्किहाल्ने होला भनी उसको सामीप्यलाई स्वीकार गरेको त ऊ हामीसँग झन्झन् लेपासिन थाल्यो र हाम्रो पाल्पा बसाइभरि हामीसँगै बस्यो । स्कुल पढ्न छाडेर ऊ पाल्पा आउने नवागन्तुकसँग घुम्न र घुमाउन पल्किसकेको रहेछ ।

बैरागी काइलाले पाए एक लाखको मुन्धुम पुरस्कार

- गणेश राई/ ललितपुर
भाद्र १७ - नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख रुपैयाँ राशिको 'रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार' प्रदान गरिएको छ । लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका सन्दर्भमा आइतबार प्रदान गरिएको हो । संस्कृतिविद् सत्यमोहन जोशी र पुरस्कारका संस्थापक मञ्जुलकुमार याक्थुम्बाले संयुक्त रूपमा ताम्रपत्र र नगद पुरस्कार प्रदान गरेका हुन् ।