अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको छैटौं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

खर्साङको बगानदेखि काठमाडौंसम्म

- दीपेन्द्र लामा, काठमाडौं
कलाकारः अर्पण थापा
भिरालो चिया बगानमा पानी जम्दैन। तर, उनको मन कुनै चिया बगान होइन। त्यहाँ जे पनि जम्न सक्छ। एकदिन उनको मनमा फिल्म खेल्ने रहर जम्यो र कलाकार बने। काठमाडौंमा जन्मेर खर्साङको चिया बगानमा हुर्केका अर्पण थापाले अभिनय विधा रोजेर न्याय गरे कि अन्याय? अथवा उनको कलामा जादु कति भरिएको छ? जवाफ फिल्म 'ब्याच नम्बर १६'ले दिन्छ, जुन अहिले देशका सहरहरूमा चल्दैछ। यसमा एक महत्वाकांक्षी धोकेबाज सशस्त्र प्रहरी अधिकृतको भूमिका उनले पाएका छन्। 'कसै कसैले मलाई साँच्चिकै पुलिस ठानेछन्, यसलाई मेरो अभिनयको सफलता मान्छु,' उनी प्रफुल्ल छन्।

उनले खेलेको अर्को फिल्म 'सिक सिटी' पनि अहिले काठमाडौंको जयनेपाल हलमा लागिरहेको छ। गत मंसिरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको 'नेपाली सेक्सन'मा यो उत्कृष्ट भएको थियो। यसमा पनि उनको वाहवाही सुरु भइसकेको छ। १८ वर्षपछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आइपुगे झैं अर्पण पनि नेपाली फिल्मका दर्शकसँग एकदम नजिकिएका छन्। जबकि फिल्मसँग उनको सम्बन्ध दस वर्षअघि मुम्बईमा गाँसिएको हो। मुम्बईस्थित किशोर नमितको इन्स्टिच्युटमा उनले फिल्म अभिनयको एक वर्षे तालिम लिएका थिए।

मैले देखेको सुपरमुन

-विष्णु प्रसाद चापागाई


मलाई किन किन सानै छँदा देखिनै खुल्ला आकाशमा बसेर ब्रम्हाण्ड नियाल्न मन लाग्ने गर्दथ्यो । अझ संचारमाध्यमबाट खगोल सम्बन्धि समाचार प्रसारित वा प्रकाशित भए झन् उत्साहका साथ आकाश नियाल्ने गर्दथें । यतिसम्म कि पोहोरको साल दिनमै सुर्य ग्रहण लाग्दा मैले खुल्ला आँखाले समेत ग्रहण नियाल्न पुगेँ आफ्नो सचेतना गुमाउँदै भए पनि । यसलाई मैले सामान्य रुपमा लिएँ वास्तवमा यो मेरो ठूलो कमजोरी थियो ।

नभन्दै हिजो राती आकाशमा १८ बर्षपछिको सबैभन्दा ठूलो (औषतमा १४% ठूलो) चन्द्रमा देख्ने रहरले मलाई विहानै देखि गाँजेको थियो । दिनभरी साथीहरुसँग यसै विषयमा छलफल गर्दै बेलुका सबैजना भेला भइ अवलोकन गर्ने निर्णयका साथ बेलुका भेला भइयो।

अरुबेला फेब्रुअरीदेखि नै मरुभूमिको धुलो उडाएर आकाशमा बादल लगाउने साउदी अरेबियाको यो क्षेत्रमा हिजो भने प्रकृतिले साथ दिएकै भन्नु पर्छ । निकै उत्साहका साथ हामीले चन्द्रमालाई शुरुदेखि नै नियाल्यौ । चन्द्रमा वास्तवमा नै गज्जब देखियो । साँझ ६:३० मा मा नियाल्दा चन्द्रमा केही ठूलो हो कि भन्ने लाग्दथ्यो मधुरो हुनाले अड्कलबाजी सामान्य रह्यो । तर हामीले प्रयासलाई निरन्तरता दिइरह्यौ । बेलुकी ९ बजे चन्द्रमामा धेरै परिवर्तन भइसकेको थियो । मतलब धेरै चम्किलो । खुल्ला आकाशमा बिना रोकतोक एक अटल चन्द्रमा आफै मुस्कुराइरहेको थियो पृथ्वीको नजिकै आएर । मैले चन्द्रमालाई नियालिरहँदा चन्द्रमाले नै मलाई गिज्याउँदै नियालिरहेको आभाष पो भयो मलाई । हामी सबैमा नौलो जागरण छाएको थियो । अब हामी बाहिर बालुवामा सुकुल ओछ्याएर त्यही रात कटाउने भयौ तास खेल्दै । हामीलाई चन्द्रमा बाहिरको अर्को प्रकाशको जरुरत परेन । सहजै हामीले हातमा भएको तासको अंकहरु देख्न सक्यौ ।

रातको ११.३० बजे त चन्द्रमा यति चम्किलो भयो कि कसैले सूर्यको प्रकाशलाई ऐनाबाट परावर्तन गरिरहेको छ। ठाडो घाँटी लगाएर आकाशमा चन्द्रमालाई सीधा हेर्न सकिने स्थिति थिएन यो बेला किनकी चन्द्रमा स्वभाविकभन्दा धेरै चम्किलो थियो । तपाईहरु कल्पना गर्न सक्नुहुन्छ कि दिनमा कोठामा बसिरहेको बेला बाहिरको ऐनामा सूर्यको प्रकाश परावर्तन भइ तपाईको आँखामा परिरहेछ र तपाइ आँखा मिच्दै हुनुहुन्छ । हो यहि भयो हामी सबैलाई र मैले खल्तिबाट परिवर्तनशील चस्माको प्रयोग गर्नु पर्यो । रातको समयमा खासै परिवर्तन नहुने चस्माले यो बेला भने क्षणभरमै आफ्नो रंग बदल्यो र हामीले झन् सहजताका साथ चन्द्रमालाई नियाल्न सक्यौ । मैले नासाका तस्वीरहरु हेरेको थिएँ । उसका भिडियोहरु हेरेको थिएँ चन्द्रमाभित्रका अनौठा दागहरु र यसलाई अझ गुगल अर्थबाट नजिकैबाट नियाल्ने गरेको थिएँ । मैले तस्विरमा जे देखेको थिएँ हिजो उही कुरा देख्न पाएँ । एकदम खुशी लाग्यो । हामीले कोठाबाट पुस्तक ल्याइ पढेर एक अर्कालाई सुनायौं गज्जवले देखिदो रहेछ । हामीलाई लागिरहेको थियो कि हाम्रो सामुन्ने पेट्रौलमेक्स बलिरहेछ । यतिका गज्जबका साथ मैले चन्द्रमाको प्रकाशमा रमाउन पाएको थिइन ।

मलाई थाहा छ करिब १६ बर्ष अघि मंसिर महिनाको जुनेली रातमा खेतमा पाकेर झुलिरहेको धान काटे‌का थियौं धेरै जना मिलेर र पंक्तिवद्दरुपमा धानका पाँजाहरु कुम्भकर्ण झैं लमतन्न सुतेको देख्न सकिन्थ्यो तर किताब पढ्न सक्ने स्थिति थिएन । तर हिजो नौलो आभाष थपिदिएको थियो चन्द्रमाले हाम्रो जीवनमा ।

समुद्र नजिकै रहेकोले जतिखेरै हावाको वहाव भइरहने ठाउँमा हामीले रातभरी खुल्ला आकाशमा बस्ने हिम्मत गर्न सकेनौ किनकी भोली विहान ७ बजे सबैले आ-आफ्नो जागिरमा जाने बाध्यता छ । यो हाम्रो दैनिकी पनि हो । आफ्नो स्वास्थ्य तथा समयलाई ध्यान दिदै रातको २ बजे सुत्ने तरखरमा लाग्यौ । ओछ्यानमा पल्टिदासम्म मैले गीत कविता तथा साहित्यमा चन्द्रमाको बर्णन गरिएका शब्दहरु सम्झिरहेको थिएँ । स्वर्गकी परी भने झैं लाग्ने "जून" शब्दका अनेक बर्णनका गीतहरु कल्पिदै कतिखेर निदाएछु पत्तै भएन । विहान उठ्दा हिजोको चन्द्रमा अस्ताइसकेको थियो ।
हाल दमाम साउदी अरेबिया

विपरीत हार्मोनको चमत्कार

- हर्षनाथ भट्टर्राई
आज भन्दा २२ वर्ष अघिको कुरा हो । शिवालाई जन्मेको ५ महिनामा नै हर्नियाको रोग भएछ । डाक्टरको सल्लाह बमोजिम पेटी बाँध्ने र औषधिको सेवन गरेमा अहिले अर्थात् १५/१६ वर्षम्म त केही हुँदैन, त्यस पछि खेलकूद गरेमा फेरि हुन सक्छ कदाचित् भइ हाल्यो भने अपरेशन गरेपछि ठीक हुन्छ । यही सलाह अनुसार २०वर्षसम्म केही समस्या भएको थिएन ।

एक दिन फूटवलको म्याच सकेर डेरामा आउँदा-आउँदै शिवालाई बाटैमा हर्नियाले गाँजिहाल्यो, डेरामा नआईकन सोझै अस्पताल गए, डाक्टरले आज भरे नै अपरेशन गर्नु पर्छ भन्यो र रगत पनि दिनु पर्ने हुन्छ, ग्रुप मिलाएर रगतको जोहो पनि गर्नु भनेको हुनाले सबै बन्दोवस्त मिलाई डेरामा खबर गर्न लगाएँ । थाहा पाउना साथ डेराका साथीहरू र अरु घनिष्ट मित्रहरू सबै अस्पतालमा आए ।

अस्पतालमा डाक्टरबाट अप्रेशन र रगत दिनु पर्ने कुरा सुन्ना साथ गौराले डाक्टर साहब ! मेरो दाईलाई मेरो रगत जति चाहिए पनि दिन्छु । हाम्रो ग्रुप पनि बी.बी. नै हो भनेकी थिइन् । वेलुका डाक्टरको अनुमति मिल्नासाथ एक पिन्ट रगत गौराले दिएकी रहिछन् । १ हप्तामा अस्पतालबाट छुट्टी पनि दिए । ३ महिना नभई फूटवल नखेल्नु भन्ने सल्लाह पनि दिए । त्यही अप्रेशनको बेलामा नै अपेन्टिसाइटिसको पनि अप्रेशन गरिदिएछन् । एकै पटक डबल अप्रेशन भएको हुनाले नै एक पिन्ट रगत दिनु परेको हो भन्ने कुरा शिवाले पछि मात्र थाहा पाए ।
- दीपक पौडेल, दोहा
विश्वकै सवैभन्दा ठुलो सामुद्रिक पुस्तक मेलाको आयोजना गर्दै देश-देशावरको भ्रमण गर्ने पानी जहाज लोगोस होपु मा एक नेपाली चेली छिन् । विश्वभर लोगोस होपको लोकप्रिरयता नियाल्ने र देश-देशावरको रहन-सहन एवं सांस्कृतिक विविधताको प्रत्यक्ष साक्षी बन्ने अवसर पाउने यी चेली हुन्- ललिलतपुर सातदोवाटोकी हाना तामाङ । २१ बर्षकी हाना विगत डेढ बर्षदेखि लोगोस होपु मा कार्यरत छिन् । ज्ञान सहयोग र आशा नलेज हेल्प एण्ड होप को अभियानसहित विश्वयात्रा गर्ने पानीजहाज लोगोस होपका वारेमा एक नेपाली दाजुले बताएपछि उनले स्वयम्सेवी बन्न कम्मर कसेकी हुन् । ज्ञानोदयकी विद्यार्थी हानाले ब्यवस्थापनमा प्लस टु अध्ययन सकाएर त्यो आवद्वता ग्रहण गरिन् ।

ज्ञान सहयोग र आशाको अभियानमा एक महत्ववुर्ण हिस्सा बन्न पाएकोमा हाना हाल आएर निकै सन्तुष्ट पनि छिन् । ड्याडीले होगोस होपमा जान्छौ त भनेर सोध्नुभयो धेरै सोचे फेरि त्यो दाईले पनि हौसला दिनुभयो । अनि जान्छु ड्याडी भनें अंगे्रजी टोनमा हानाले भनिन्- हामी लेन्डलक कन्ट्री भुपरिबेष्ठत मुलुकका सिटिजन नागरिक भएर होला सिप पानीजहाजको एक्सपेरियन्स अनुभव युनिक अनौठो लागिरहेछ ।

लिंग र योनी झुन्ड्याउँदै होली मनाउँदै

सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्न गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् ।

तर भक्तपुरमा भने फरक तरिकाले होलीको सुरुवात हुन्छ । दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरुवात भएको छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिंग अथार्त लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिएको छ । टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पाटीमा झुण्ड्याएको हो । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाई रहेको छ । यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ ।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको स्थानीयबासी कृष्णबहादुर गायजुले बताए ।