नियम कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचिमा राखिने

 - विष्णुप्रसाद चापागाई/ दमाम
२८ डिसेम्बर । साउदी अरबका कम्पनीहरुमा कार्यरत नेपालीहरुको हितको लागि नेपाली दूतावास रियादले साउदी कम्पनी बिरुद्ध कडा कदम चाल्ने भएको छ । साउदीमा आउने नेपाली कामदारहरुको समस्याहरु हरेकदिन बढिरहेकोले त्यसलाई न्यूनिकरण गर्न दूतावासले यस्तो योजना अघि सारेको हो । गैर आवासीय नेपाली संघ साउदी अरबले दमाममा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै महामहिम राजदूतले यी कुरा बताउनुभएको हो ।

साउदी अरबमा सप्ह्री ल्होसारको अन्तिम तयारीमा

बिगत बर्षहरुमा झैँ यस बर्ष पनि साउदी अरबका तमूहरुले सप्ह्री ल्होसार धुमधामसंग मनाउने अन्तिम तयारी पुरा भएको छ यही आउदो २८ डिसेम्बर २०१२ का दिन तल उल्लेखित मिति समय स्थानमा सम्पूर्ण साउदी अरबमा रहनु हुने तमूहरुमा हार्दिक निमन्त्रणा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ ।
 

थाहै नपाइ कतै मैले

- राजेश रुम्बा लामा
         दोहा, कतार


थाहै नपाइ कतै मैले विश्वास घात पो गरेकी?
आफ्नु मुटु सम्झिनेले आजकल मेरो विश्वासलाइ तोडेको छ

थाहै नपाई कतै मैले उसको बाटो छेके कि?
आफ्नु भन्नेले मलाई छली,अन्तै पाइला मोडेको छ !

थाहै नपाइ कतै मैले नि उसलाई ढाट्यो की ?
आफ्नु ज्यान सम्झिनेले आजकल ढाटेको छ

थाहै नपाइ कतै मैले उसको मुटु पो दुखायो कि ?
आफ्नु प्राण सम्झिने ले आजकल अन्तैतिर माया लाउन आटेको छ !

न मैले माया पो गर्न जानेन की उसलाई?
आजकल सुरु उनले गरेको छ अन्तै माया लाउन

साउदी अरबको दमाममा डेढसय नेपाली कामदारको विचल्ली


-    विष्णुप्रसाद चापागा, दमाम

२९ मंसिर/ साउदी अरब पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू  महिना अघिदेखि विचल्लीमा परेका छन् । विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ ।  करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।

नेताकै कारण विदेशिन वाध्य नेपालीहरू

-    विष्णुप्रसाद चापागा, दमाम
५ मंसिर/ नेपाली दूतावास रियादको सहकार्यमा गैर वासीय नेपाली संघ साउदी अरबले ज एक अनपचारिक भेटघाट  कार्यक्रमको योजना गरेको छ । मुख्य गन्तव्य अजरबैजान र लेबनानको बेरूतमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने भए तापनि भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता श्री माधव कुमार नेपाल कुवेत पछि साउदी अरबको भ्रमणमा आउनुभएको हो । गतः आइतबार (१८ नोभेम्बरमा) वहांले नेपाली दूतावास रियादकै प्राङ्गणमा त्यहांका नेपालीहरूसंग अन्तरकृया गर्नुभएको थियो भने मंगलबार (२० नोभेम्बरमा) साउदी अरबको पूर्वी शहर खोबारको गल्फदरबार होटलमा उक्त कार्यक्रम राखिएको हो । साउदी अरबको भ्रमण र त्यहाँ रहेका नेपाली कामदारहरूको अवस्थाको जानकारी लिने उद्देश्यले यो अनपचारिक कार्यक्रमको योजना गरिएको हो ।

देउसी-भैलोको शुरूवात कहिलेदेखि ?

- कृष्ण अविरल
नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषणसमेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।
 
बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी-भैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी-भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । गेय र भावको सरलता देउसीको सुन्दर विशेषता हो । असी नाघेर बसी खाने उमेर पुगेका बूढापाकादेखि तोतेबोली बोल्दै गरेका केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकपि्रयता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकषिर्त हुने गरेका छन् । देउसी भैली मनाउने परम्परा नै नभएका झापा-मोरङका राजवंशी तथा पहाडी मूलका मानिसहरुको बस्ती भएका राजविराज, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि ठाउँका अन्य जातिका केटाकेटीले समेत समुह बाँधेर देउसी-भैली खेल्नुले यसको लोकपि्रयता थाहा पाउन सकिन्छ ।