बैदेशिक रोजगार – ठगीको यो स्वरूप

- धरम के.सी.
लाग्छ ‘ठगी’ बैदेशिक रोजगार क्षेत्रमा अब सामान्य र पाच्य बन्दैछ । कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले नै ‘ए त्यो कुन चैं नयां कुरा भयो त, यस्तो त निरन्तर भइ नै रहेको छ’ भनी सहजै पचाइदिन थालेका छन । बैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा थन्किएको छ, कसैलाई पर्बाह छ जस्तो लाग्दैन । किनकि त्यो ऐनको पाइला पाइलामा नेपालमै ब्यवसायीहरू र बैदेशिक रोजगार बिभागबाट समेत खिल्ली उडाइदै आएको छ ।

बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जांदा जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुंदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उलंघन गरेमा आर्थिक जरिमाना सहित इजाजत रद्ध हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ ।

मानसिक रोगले निम्त्याएको मध्यरात

रामकुमार एलन
धेरैलाई लागिरहेको थियो । १४ जेठमा कफ्र्यु लाग्छ । अनि संविधान जारी हुन्छ । १५ जेठपछि मुलुकुमा आगो बल्छ । देश अरु जल्छ । तर त्यस्तो केही पनि भएन । चार वर्षदेखि संविधान सभामा भत्ता खाएर बसेका सदस्यहरुको काठमाडौं बसाई यति चाँडै टुंगिएला भनेर उनीहरुलाई एक सिन्को विश्वास थिएन । होस् पनि कसरी हामी सभासद् हौँ भन्ने कुरा उनीहरुले १४ गते रातिमात्रै थाहा पाएका थिए । जनताका नजरमा गिर्छौं भनेर केहीबेर नारा लगाएर टेलिभिजन र पत्रिकाका अग्रभागमा पीपलपाते अनुहार देखाउने उनीहरुको अन्तिम लालसा पूरा भएकै थियो ।

रुकुम र रोल्पाबाट सुरु भएको माओवादीको क्रान्तिकारी यात्रा १४ जेठमा संविधान सभाको बलात्कारपछि समापन भएको छ । उसले सत्ता कब्जाको रणनीतिका लागि राजनीतिका सामान्य मूल्य र मान्यताबाट बिच्केर अपराधी मार्ग हुँदै प्रवेश गरेको छ । राजनीतिक अवसानका बीच पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको दुहाई दिएका छन् ।

साउदी अरबको जेद्दामा अन्तर्कृया कार्यक्रम सम्पन्न

- सन्तोष समिप / लाल मगर, जेद्दाह
 मिति २५ मे २०१२ मा नेपाली राजदुतावास रियाद द्वारा आयोजित “श्रमिक समस्या र समाधान ” बिषयक अन्तर्कृया कार्यक्रम जेद्दामा सम्पन्न भयो। जेद्दा स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवी, समाजका अगुवा, सर्वसाधारण लगायत केही पीडित ब्यक्तिहरु गरी कारीब ८० जना यस कार्यक्रममा सहभागि थिए।

साउदी अरबको लागि नेपाली राजदुतावास रियादबाट आउनुभएका महामहिम राजदुत श्री उदय राज पाण्डे ज्यु द्वारा कार्यक्रमको उद्घाटन गर्नु भयो भने कार्यक्रमको औपचारक प्रस्तुति राजदुतावासबाटै आउनुभएका श्रम सहचारी श्री चन्डेश्वर आचार्यले गर्नुभएको थियो। साथै राजदुतावासका द्दितिय सचिव श्री बासुदेव देवकोटा ज्यु, उप नियोग श्री हरिशचन्द्र घिमिरे ज्यु, दुतावासको आर्थिक निकायका श्री उमेश कुमार मुढवारि ज्यु र अन्य सदस्यहरुले पनि कार्यक्रममा सहयोग पुर्‍याउनु भएको थियो । दिउसोको दिवा भोज पस्चात करीब २ बजे बाट सुरु भएको बिषयगत कार्यक्रम बेलुकी करीब ७:३० मा समापन भयो भएको थियो ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको २०औं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
 नियमहरु


छलफल कार्यक्रम सम्पन्न

- विष्णु प्रसाद चापागाई, दमाम
१८ मई २०१२/गैर आवासीय नेपाली संघ साउदी अरबको आयोजनामा आज एक छलफल कार्यक्रम सम्पन्न भएको छ । दमामको काठमाण्डु रेस्टुरेन्टमा भएको छलफल कार्यक्रमसंगै दमाम शहरको ९१-क्षेत्रलाई आधार बनाएर प्रस्तावित ९१-क्षेत्र स्थानीय समन्वय समितिको स्थापना गर्न एक तयारी समिति पनि गठन गरिएको छ । यस ९१-क्षेत्र समितिलाई अब उप्रान्त श्री ईश्वर नेपालीले संयोजन गर्नुहुनेछ।

विशेषतः वैदेशिक रोजगारमा रहेका कामदारहरूको समस्या र समाधानमा केन्द्रित छलफल कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि क्रमशः दमाम स्थानीय समन्वय समितिका अध्यक्ष सिएम राजन खरेल, एनआरएनए साउदीअरबका अध्यक्ष श्री धरम के.सी. तथा महासचिव श्री पुरूषोत्तम श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा सूर्य श्रेष्ठ, विष्णु प्रसाद चापागाई, श्रीकृष्ण श्रेष्ठ, प्रेम क्षेत्री, नवीन मुडभरी, अब्दुल रहमान, बुद्दी ब. गुरुङ्ग, तेज ब. थापा, सुनिल पोखरेल आदि रहनुभएको थियो ।

बैदेशिक रोजगारमा हामी

- दुर्गा खनाल रियाद, साउदी अरब
बैदेशिक रोजगारमा हामी बैदेशिक रोजगार सम्बन्धि बिज्ञापन र त्यसको असर प्रति लेख्ने जमर्को गर्दैछु । बैदेशिक रोजगारको बारेमा धेरै ब्याख्या र भूमिका बांधिरहनु नपर्ला किनकि बैदेशिक रोजगारमा आज प्रत्येक गाउँमा कोहि न कोही युबा युबती गएकै छन् । विश्वमा भारत बाहेक नै झण्डै ३० लाख नेपालीहरु छरिएर रहेका छौ भने २० लाख जति त मलेशिया र मध्यपूर्बमा नै छौं । हाम्रो देशको अर्थतन्त्र पनि बैदेशिक रोजगारमा गएका युबा युबतिको कमाइबाट पठाइएको बैदेशिक मुद्रा बाटनै चलेको छ भन्दा खासै फरक पर्दैन । किन की यो यथार्थ पनि हो ।

खस्कदै गएको अर्थतन्त्रलाई आज बैदेशिक रोजगारले टेवा दिदै आएको छ । बैदेशिक रोजगारलाई आज ठग र दलालहरुले आफ्नु ठगि खाने भाडो नै बनाएका छन् रोजगार दिलाउने नाममा । आजको आधुनिक समाजमा बिज्ञापन गरिएका कमसल सामानको बिक्रि बढ्दै गएको छ । बोल्ने को पिठो बिक्छ नबोल्ने को चामल पनी बिक्दैन भने झैँ भएको छ आज । थोरै समयमा नेपाल सुचना प्रविधिमा धेरै अगाडी बढ्दै गयो र समाजमा परिवर्तन ल्याउन सफल त भयो तर कतै कतै सदुपयोग नभएको हो या सदुपयोग गर्न नजानेर हो भन्ने कुरामै प्रश्नहरु छन् ।