देवकोटाजीसँग सुतेको रात

- फणीन्द्रराज खेताला
"घनघोर दुःख संसार जान भाइ नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।" -तीर्थ माधव देवकोटा वि.सं. १९६६ साल कात्तिक महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म महिना हो । सरस्वतीका वरद पुत्रका रूपमा कार्तिक कृष्ण औँसी अर्थात् दीपमालिका पर्व लक्ष्मीपूजाको दिन । काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आफ्ना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक 'तीर्थ माधव' बने ।

 यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो । त्यसैले बालक लक्ष्मीप्रसाद हुने बिरुवाको चिल्लोपात भने जस्तै दस वर्षका लक्ष्मीप्रसादले केही आदर्श, केही आध्यात्मिक मान दर्शाएर जुन एक श्लोक लेखेका थिए । त्यो देखेर पिता निकै प्रभावित भएका थिए होलान् ।

आयरल्याण्डबासी नेपालीहरु नेपालमा लगानी गर्न तत्पर

- एनआरएनए / आयरलेण्ड
 आयरल्याण्डमा रहेका नेपालीहरुले नेपालमा लगानीको उचित वातावरण बने आफुहरु लगानी गर्न चाहेको बताएका छन् । नव वर्ष २०६९ को अवसरमा गैर आवासिय नेपाली संघ आयरल्याण्डले डब्लिन स्थीत र्याडीसन ब्लु रोयल होटलमा बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) का प्रमुख संरक्षक देवमान हिराचनले संसारभर छरिएर रहेका नेपालीको कमाईको सदुपयोग गर्न सकेमा नेपाल र नेपालीको विकासमा उल्लेखीय टेवा पुग्ने बताउनु भयो । सुरक्षित लगानी तथा उपयुक्त कार्यक्रमको पहिचान गर्दै म र मेरो होइन हामी र हाम्रो भन्ने भावना लिएर काम गर्न सकेमा जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताउनु भयो । त्यसका लागि एनआरएन ले अझै सशक्त भूमिका खेल्नुपर्ने खांचो औल्याउनु भयो । कार्यक्रमका सभाध्यक्ष तथा एनआरएन आयरल्याण्ड का अध्यक्ष गणेश प्रसाई ले एनआरएन आयरल्याण्ड विगतमा भएका कमी कमजोरीलाई सच्याउदै आयरल्याण्डमा रहेका सम्पूर्ण नेपालीको भावना समेट्दै अघि बढ्ने विश्वास दिलाउनु भयो । एनआरएन आयरल्याण्डका आईसीसी मेम्बर मन कुमार धमलाले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

नेपालमा साउदी दूतावासको काम मे महिनाबाटै शुरू हुने

- धरम के.सी., दमाम 
नेपालमा साउदी अरबको दूतावास खोल्ने साउदी सरकारको औपचारिक निर्णय भए लगत्तै गतः ७ अप्रिलमा साउदी सरकारको एक टोली नेपाल गई दूतावास खोल्नका लागि नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसंग थप छलफल गरी दूतावास खोल्ने तत्कालिन र दीर्घकालिन ब्यवस्थापन मिलाएर गतः १४ अप्रिलमा साउदी फर्केको छ ।

साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयज्युले दिनुभएको जानकारी मुताबिक अब मई २०१२ मै साउदी दूतावासका काम काठमाडौबाटै हुनेभएका छन । यसका लागि साउदी सरकारले हाल हंगकंगमा कार्यरत एक कुटनैतिक अधिकारीलाई नेपालका लागि Charge D’ Af-faires मा नियुक्त गर्नेभएको छ । शुरूमा होटल सोल्टी क्राउन प्लाजाबाट साउदी दूतावासले काम गर्नेछ भने दूतावासका लागि केही महिनामै छुट्टै घर भाडामा लिइनेछ ।

दमाममा ४ महिला सहित १७ नेपाली अलपत्र, एनआरएनए साउदी अरबद्वारा उद्धार

- एनआरएनए / साउदी अरब 
अलपत्र नेपालीहरुलाई उद्दार गर्न पुग्नुभएका धरम के.सी (दायाँ) र पुरुषोत्तम श्रेष्ठ (बायाँ)
आज १८ अप्रिलमा दिउंसो १२ बजे रियाद बिमानस्थलमा अवतरण गरेका ४ महिला सहित १७ जना नेपाली कामदारहरू बेलुका ७.३० मा दमाम साब्ट्को बसपार्कमा आइ अलपत्र परे । रियाद बिमानस्थलमा रोजगारदाता कम्पनी (ImanCo.) नै लिन पुगेको, रियाद कार्यालयमा पुग्ने बित्तिकै सबैको मेडिकल जांच पनि गराइएको, सबैबाट पासपोर्ट लिइएको तर कुनै सम्झौता या अन्य कागजात नदिएर रियाद देखि दमाम सम्मको ४५० कि.मी.को यात्रा यी कामदारहरूलाई साउदी अरबको सार्बजनिक यातायात (SABTCO) माध्यमबाट गराइयो जसमा कम्पनीका कुनै पनि स्टाफ रहेनन् ।  

विश्व नेपाली साहित्य महासंघले मनायो नयाँ वर्ष पिएनएन टि.भी. को उद्घाटन

 - विनेसाम / साउदी अरब
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको आयोजनामा नव वर्ष २०६९ सालको पावनअवसरमा शुभकामना आदान-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । साउदीअरेवियाको रहिमामा भएको उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय समितिका अध्यक्ष साहित्यकार डा. मधु माधुर्यले अनलाइन मार्फत शुभकामना प्रदान गर्नुभएको थियो भने अनलाइन मार्फत प्राप्त कविता तथा रचनाहरु समेत वाचन गरिएको थियो ।

अनलाइन मार्फत इजराइलबाट भगवती बस्नेतले आफ्नो शुभकामनाका साथै गजल वाचन गर्नुभएको थियो भने दुर्गा खनालले शुभकामनाका शब्दहरु व्यक्त गर्नुभएको थियो । कवि सागर श्रेष्ठले आफ्ना कविताका हरफहरु वाचन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका महासचिव जीवन थापा सहसचिव गणेश पाण्डे लगायतले शुभकामना तथा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

बुद्धको मावली खोज्न भवानीपुरमा उत्खनन्

भरत केसी / बुटवल
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी बैद्धमार्गीहरुका लागि जति महत्वपूर्ण मानिन्छ त्यतिकै महत्वपूर्ण बुद्धलाई जन्म दिने आमा मायादेवी, उनलाई पालनपोषण गर्ने सानिमा गौतमी प्रजापति र उनकी धर्मपत्नी यशोधराको जन्मथलो मानिन्छ । तर, यस्तो महत्वपूर्ण क्षेत्र उनीहरुको जन्मथलो अहिलेसम्म पनि यकिन हुन सकेको छैन । मायादेवीको माइती अर्थात् बुद्ध मावली भनेर रुपन्देहीको देवदह क्षेत्रलाई दाबी गर्दै आए पनि यसको पुरातात्विक तथा प्राचीन प्रमाण अहिलेसम्म पनि फेला नपरेकाले यो नै बुद्ध मावली क्षेत्र हो भनेर पुष्टि भइसकेको छैन।

बुद्ध जन्मस्थल लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र १०० वर्षअघि सन् १८९६ मा वास्तविकता पत्ता लगाइएको भए पनि बुद्ध मावली क्षेत्र पत्ता लगाउन अहिलेसम्म पनि उत्खनन् हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको हो।

बुद्ध धर्मग्रन्थ त्रिपिटकका अनुसार रोहिणी नदीदेखि पूर्व नारायणी नदीदेखि पश्चिमको भू-भाग तत्कालीन कोलियराज्य भएको इतिहासविद्हरुको भनाइ रहेको छ। यही अनुमानका आधारमा रुपन्देहीको भवानीपुर, कन्यामाई, खयरडाँडा, कुमारवर्ती, घोडाहा, बैरिमाई र बङ्गलाबङ्गली क्षेत्र कोलिय राज्यको दरबार क्षेत्र हुन सक्ने अनुमान गरी रुपन्देहीको देवदह क्षेत्रलाई बुद्ध मावली भएको अनुमान गरिँदै आएको छ। तर, उक्त कुरा उत्खनन पछि मात्रै पक्का हुन सक्ने पुरातत्वविद् प्रकाश दर्नाल बताउँछन्।