अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको पन्धौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

साउदी अरेवियामा पनि जमराको साथ दशैं

- सागर श्रेष्ठ/खगेन्द्र अधिकारी
 
जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ ।

अलसुवाइदी नेपाली परिवारले उपलब्ध गराएको हल दशैंको रातो टिका र पहेला जमराले सजिएको थियो । बिजया दशमीको मंगलधुन घन्किरहेको थियो । दशैंको दिन घर परिवारसंग टाढा हुन पुगेका नेपालीहरुले दुःख बिसे्रका थिए । टिका र जमरा लगाउन पाउने खुसीले उनीहरुको मनले आफु घर परिवार संग रहेको महसुस गरिरहेको थियो । कतै नाचिरहेका कतै गाइरहेका थिए । पहिलो चरणको कार्यक्रममा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

विजया दशमीको महत्व र परम्परा

- समुन्द्र पौडेल
आयु द्रोणसुते श्रीयम दशरथे शत्रुक्षयं राघवे।
ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

'अस्वस्थामाको जस्तो आयु होस्, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति' होस भनी विजया दशमीमा आफूभन्दा मान्यजनहरुबाट टिका, जमराका साथमा आर्शिवाद लिने गरिन्छ।

रामले रावण र दुर्गाले महिषासुर जस्ता राक्षसहरुको बध गरी विजय प्राप्त गरेको पौराणिक कहानीसंग सम्बन्धित मानिने ऐतिहासिक दशै पर्व दक्षिण एशियाका भारत, नेपाल, भुटान र बर्मा(म्यानमार) लगायतका देशमा भिन्न भिन्न प्रकारले मनाइन्छ। भगवानले विभिन्न अवतार लिई राक्षसहरु माथी विजय प्राप्त गरेका हुनाले विजया र दश दिनसम्म पुजापाठ, ब्रत र उमंगका साथ मनाइने हुदाँ दशमी गरी हिन्दुहरुको सबैभन्दा ठूलो चाडको नाम 'विजया दशमी' रहन गएको हो।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको बाह्रौं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको एघारौं भाग सार्वजनिक ।

क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

चिल्ला चेलीका तीजे तिघ्राहरू !

- 'गाउँले' बलदेव
उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता?
यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?

प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस् कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। 'ब्रान्डी, ह्विस्की र रम' मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?