हाप्पेन चोकदेखि कान्छी दोकानसम्म

- देवेन्द्र भट्टराई
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो । पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए । अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन । त्यही गोलमालका माझ गत बर्ष कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं ।

साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन । भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक-नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो । लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ-आफ्नै काइदाका लाग्थे । एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो । ‘यहाँ फेदेन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्’, जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा । आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसँग मिलेर हरेक बिहान-बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए । बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो, ‘आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस ।)

अनलाइन हाजिरी जवाफ प्रतियोगिताको दशौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको नवौं भाग सार्वजनिक ।

क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

तराजुमा बाबु-छोरा

-•खगेन्द्र संग्रौला
क्रान्तिकालीन चीनका लेखक लु स्युन थिए निकै नै जौडे जुधारु । नवीन विचार र जनसंस्कृतिको मोर्चामा ती मरिमेटेर जुधे । र, तिनले थुप्रै पुरातनपन्थी र रूढिमार्गीहरूलाई हाबाकाबा खेलाए । परचक्रीहरू न्याय र नैतिकतायुक्त एवं अग्निमय तर्कवितर्कको शास्त्रार्थमा जब धुलो चाट्थे, ती निस्तेज र निरूपाय भई लु स्युनको नितान्त निजी जीवनमाथि अतिक्रमण गर्थे । लु स्युनका दाँत पहेँला थिए । दाँत ताकेर हरूवा काजीहरूले तिनलाई 'पहेँल्दाँते'को फत्तुर लगाए । उमेर निकै पाको भइसकेर पनि लु स्युनका सन्तान भएका थिएनन् । सन्तान नहुनुलाई तारो बनाएर दुर्मति मनुवाहरूले तिनलाई 'अलच्छिनी निसन्तान बूढो' भनी गर्नु नगर्नु गिल्ला गरे । लामो पर्खाइपछि जब सन्तान पैदा भयो, लु स्युन परपीडक अन्तरेहरूलाई सम्झिँदै दङ्ग परे । र, निसन्तानको फत्तुरको प्रत्युत्तरमा तिनले जमाएर जबाफ दिए— अब भने मेरो पनि छोरो भयो !

बाबु बन्न जोकोहीलाई लु स्युनलाई झैँ गाह्रो पर्दैन । बाबु बन्न न प्रतिभा र लगन चाहिन्छ, न शुभ मुहूर्तको प्रतीक्षा गर्नुपर्छ, न त प्रशिक्षण र सीपकै खाँचो पर्छ । नररूपी दोपाया भालेले पोथीलाई ऋतुदान गरे पुग्यो, पोथीको गर्भाशयमा प्रकृतिले आफैँ छोरो बनाइदिन्छ । गाह्रो त गतिलो बाबु हुन पो छ । बाबुको रूपमा आफ्नो भूमिकाको स्मरण गर्दा लाग्छ, छोरीको हकमा म ठीकठीकैको बाबु भएँछु, छोराको हकमा भने त्यस्तैउस्तै बाबु ।

मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
दुःख कति गरेँ गनिसाध्य छैन
आँशु कति झारेँ भनिसाध्य छैन
पौरख गरे स्वदेशमै सुखी रहिन्छ
कमाउन विदेशमै जानु बाध्य छैन

२.उतिखेर माया पनि धेरै भयो सस्तो
आज बल्ल थाहा भो मरुभूमी कस्तो
पृयाले सम्झाउँदा उल्टो खेदियो
नपाइने नै रहेछ जन्मभूमी जस्तो

३.
नेपालमै मन भए पनि विदेशमा पाऊ छ
विछोड र वेदनाका हृदयभरी घाऊ छ
दशनङ्ग्रा खियाउन अब विदेशिन्न
फर्कि जान्छु गाउमै आफ्नै ठूलो भाऊ छ

४.
कल्याणकारी भाषणको गीत यस्तै छ
साँढे जुध्दा बाछो मिच्ने जीत यस्तै छ
नालायक नै नायक बन्दा देश भ्रष्ट भो
एउटा रुँदा अर्को हाँस्ने रित यस्तै छ

५.
पहिलो भेटमै नजरको वाण लाग्यो तिमीलाई
मोहिनीको ब्रम्हस्त्रले हिर्काई भाग्यो तिमीलाई
प्रेमको घाऊमा मल्हमपट्टी गर्ने साथी पाउँदा
सँगै बसी जून हेर्ने इच्छा जाग्यो तिमीलाई

हुस् गुरु

- बुद्धिसागर
दिउसो साढे चारबजेतिर कटासे बजारमा मुर्मुरिएका गोरुको लस्करझैं बजारका केटाहरू दगुरिरहेका थिए। संख्या तीसएकतीस जना। मान्छेहरू घरका बार्दलीमा बसेर रमाइलो हेरिरहेका थिए। म भने सुरुमा गद्र्याङगुद्रङ दगुरिरहेका केटाहरू देखेर तर्सेको थिएँ- कतै फेरि ग्याङफाइट भयो कि! बजारमा हप्तैपिच्छे फाइट भइरहन्थ्यो। तर, होइन रहेछ। त्यस भीडलाई एकजना नयाँ मानिसले सम्हालिरहेका थिए।

उनी भीडको अघिल्तिर दगुरिरहेका थिए। तलमाथि सिमलको भुवाजस्तो सेतो कपडा र कम्मरबाट तलतिर लत्रेको कालो बेल्ट। बेल्टअघिल्तिरका दुइटा पाता घाइते सर्पझैं एकअर्कासित जुधिरहेका थिए। भीड जमराखोलाको किनारतिर लाग्यो। खोलाको किनारमा ठूलो चौर थियो, जहाँ अघिल्लो वर्ष वीरेन्द्र रनिङ सिल्ड भएको थियो। म पनि पछिपछि दगुरेँ।

दगुर्दै गर्दा मैले थाहा पाएँ- अघिअघि दगुर्ने मानिसलाई 'गुरु' भन्नुपर्ने रहेछ। केटाहरूले 'सुनिल गुरु' भन्न थासिकेका रैछन्। गुरु ताइकान्दो सिकाउन धनगढीबाट कटासे आएका हुन् रे। उनले ताइकान्दोमा पहिलो 'डन' पाइसकेका रे। ब्ल्याक बेल्टभन्दा पनि ठूलो। गुरुले चौरमा पुगेपछि सबैलाई बिस्तारै गोडा चलाउँदै उभिन भने। धेरै त सास फुलेर स्वाँस्वाँ भइसकेका थिए। कतिले त सर्पले झैं जिब्रो बाहिर निकाल्न थालिसकेका थिए। गुरुले सबैलाई गोलबद्ध हुन भने। र, कराए- सबैले पालैपालो परिचय दिने।