विवशताको क्यानभासमा (यौनकथा)

- शर्मिला खड्का (दाहाल)
कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।
साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।
म उसँग केही वार्तालाप गर्दै छु ।
"तिम्रो नाउ ˜ -'
"मेरिना । "
"घर कहाँ -'
'नेपाल माडीगाउँ ।"
"यहाँ कसरी आइपुग्यौ -"
बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र - यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।
ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।
"मेरो काका यही होटलमा काम गर्नुहुन्छ । "
"तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।"
"यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।"
ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।
ऊ फेरि भन्छे "लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स " उ अझ बोल्ड देखिन्छे ।
म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ - म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।

हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की - यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र - जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ - म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्याउँछु । म नम्र भएर भन्छु ।
"मेरिना तिमीलाई थाहा छ म को हु -"
"थाहा छैन । मैले कसरी चिन्नु - हाम्रो पेशामा यो सब हुँदैन - तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -" ऊ निकै सामान्य भइसक्छे ।
"यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -" म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।
"सुन्छु , भन्नुभए हुन्छ ।" ऊ अलिक आत्मीय स्वरमा भन्छे ।
"ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -"
"सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।" म सुक्कसुक्क गरेर रुन थालेँ ।

वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ । म फेरि भन्न थालेँ "मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो - मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।"
मैले यति भनिसक्दा नसक्दा सुकन्याको मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।
उनी रुलारुलाझैँ गरी भन्न थालिन्-
"सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।"

"सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ - यो पेशामा - कसरी आइपुग्यौ - तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !"

"हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।"

"ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !" "त्यसपछि निको भएपछि कहाँ जाने - के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।"

"तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर, आत्मा अरूलाई सुम्पन राजी भयौ त सुकन्या.. -"
"यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।"

अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।
"भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।"
"ओ. के !"
म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे - "सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !"

उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी - "हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र - छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।"

हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।

हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ । "त्यसपछि के भयो सुकन्या -" लामो मौनतापछि मैले जिज्ञासा उघारेँ । ऊ भन्न थाली - "काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन... र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।"

"सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।
"मे आइ हेव स्मोक -"
"अफ कोर्स !"
त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली "एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बताये । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।" उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।

यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु " सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।"

ऊ पनि भावुक हुँदै भन्छे "मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।"
सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।

"तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छु "हेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !" उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।

मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।
बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या ।

म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।

केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दको सिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।

आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।
समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी "अब मैले जानुपर्छ ।"
"तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।
मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।
"हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।" उसले आफूलाई मबाट अलग गर्दै भनी ।
यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।

भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ - मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती - अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या...... मेरो मुखबाट निस्कन्छ ।
मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु ।

रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु "सुकन्या ˜..˜ ..।"
साभारः सखदा साहित्य

दाम, काम अनि नाम र हाम ?

- सम्राट श्रेष्ठ
'हे दैव ! के भएको मलाई मात्रै !' बाटुली रुँदै छोरा च्यापेर कान्छीको पछिपछि तारेभिरतिर लागी । सामान्यतः काम गरेपछि दाम कमाइन्छ अनि नाम . काम गर्नेबित्तिकै दाम कमाइहाल्ने र दाम कमाउनेबित्तिकै नाम पनि चाहिहाल्ने . काम पनि हेर्नुका हुन्छन् । कुनै काम गर्दा दामभन्दा नाम रहने खालका हुन्छन् भने कुनै काम जति दाम कमाए पनि नाम नरहने खालका हुन्छन् । फेरि पनि मानिस दाम र नाम कमाउनकै लागि मरिहत्ते गर्छन् ।

काम गरेर दाम कमाई नाम राख्ने ध्याउन्नमा लागेकामध्ये कतिका भने सपना सपनामा मात्र सीमित रहँदा जीवन निरश भएको छ । आफूले ताक्ने मुढो तर नकचरो बन्चरो भने ताक्ने घुँडो! के गर्नु ? जति सोझो भएर ध्यू तान्न खोज्यो उति ध्यू झक्न गाह्रो । पुर्पुरोमा लेखेको भए पो तान्न सकिन्छ! पुर्पुरोमै नलेखेपछि के लाग्छ ? काम पाउने आशामा दाम चढाउने कसरत गर्दा पनि केही सीप नलागेर त्यै चढाएको दाम अभिसाप बनेर बदनाम भएपछि पछुताउँदै दिक्क मान्नेहरू पनि भेटिन्छन् । जाबो एक रूपियाँको दामले गर्दा आफूले कमाएको जीवनभरको नाम बदनाम भएपछि जुनसुकै दरको सिक्का देख्दा पनि त्यै दाम सम्झेर झसङ्गझसङ्ग झस्किने बानी परेकाहरू भविष्यमा कतै दाम नचढाउने सोचमा पुग्दा हुन् ।

जीवनभर कहिल्यै क्यै लछारपाटो नलाए पनि तालुमा आलु फलेको छ भने काकताली परेर पनि नाम कमाइन्छ तर अपुताली र काकताली परेर कमाएको नामको महङ्खवभन्दा नियमितता नै श्रेयस्कर र दिगो हुन्छ । बुद्धि पुर्‍याउन नसक्नेलाई बुद्धिमा बिर्को लागेको भनिन्छ तर यथार्थमा बुद्धिमा बिर्को लगाउने कुनै त्यस्तो बिर्को बनेकै छैन । बुद्धि पुर्‍याएर काम गर्नेले सानै कामबाट पनि नाम अनि दाम कमाउन सक्छ । यसर्थ काम कुन साइजको छ भनी आँकलन गरी थालनी गरिँदैन बरू कसरी सफल गर्न सकिन्छ ? त्यो विचार गरिन्छ  र नै सफल हुने बढी मौका मिल्छ । आफू अगाडि सफलताका प्रशस्तै सम्भावना देखेर पनि दिग्भ्रमित भई बाटो पहिल्याउन नसक्दा जुरेको नाम पनि न्वारान नै नगरी हराएर जान्छ । उदाहरणका लागि हाम्रो संविधानसभाका एक प्रतिनिधिको जीवनमा यस्तै घटना घटेछ । कहिले बोलीको गोली त कहिले कताको टोलीले बन्दाबन्दैको तान पनि बीचमै स्थगित हुन पुगेछ । जीवनभर त्याग र तपस्या गरी कमाएको साख जाबो एउटा दामले बदनाम गरी कमाएको नामसमेत स्वाहा पारेछ । दाम नचढाए पनि जीवनभरको राजनीति दाउमा पर्ला कि भन्ने पीरले घर गरेकाले अरूकै सिको गरी फुत्त दाम निकालेर पाउमा राखी लम्पसार परिहाल्नुभयो आखिर त्यसैले चार चित्त खानुभयो । झक्कुले भक्कु मार्दा पनि नपुगेर कहिल्यै नाम नसुनेकाले समेत दोब्य्राए । देशको प्रमुखको दाबेदारी गर्ने बेलामा आफ्नै पङ्कितको कमान्डसमेत गुमाउनुपर्‍यो ।

दाम र नाम कमाउने चाहना सबैमा हुन्छ । यस देशमा हरेक व्यक्तिमा नाम अनि दाम कमाउने चाहना छ । कतिले त्यसैअनुरूप काम गरी नाम अनि दाम दुवै कमाए । कतिले नाममात्र कमाए भने कतिले दाममात्र । नाम र दाम कमाउँछु भन्ने काम नगरी बस्ने हो भने त्यो केवल एउटा तीतो सपना अनि तासको महल हुन्छ । हावाको एक झोकामा सब छरपस्ट हुन्छ । नाम कमाउने चाहना ममा पनि छ । ममात्रै नभएर सडकमा हिँड्ने बटुवादेखि ढँटुवा अनि बाख्रागोठालादेखि लिएर भैँसीगोठालोसम्ममा छ । आज हाम्रो देशमा भैँसीगोठालो पनि देशको प्रमुखका रूपमा आसिन छन् । उनले त्यसका लागि कडा परिश्रम अनि राम्रो काम गरे अनि सम्मानीय पदमा आसिन भए ।

हामी पनि यसबाट सिक्न सक्छौँ, राम्रो काम सकारात्मक सोचका साथ गर्‍यौँ भने पक्कै नाम अनि दाम कमाउन सकिन्छ । तर हाम्रो देशमा अराजक अनि भ्रष्ट तङ्खवहरूले भ्रष्टाचार गरी टन्न दाम त कमाए, जुन कहिल्यै दिगो हुन सकेन ।

विष्णुका तीन मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
उनीले भनेको सजिलै टेर्छौ रे ।
कम्मरमा पटुकी पनि बेर्छौ रे ।।
जाँगर देखाउँदै उनीलाई भेट्दा..
तिमी ट्वाल्ल परेर पो हेर्छो रे ।।

२.
तनको पाना झराउँदा भरठान्नु किन ?
रनको गाना हराउँदा डरमान्नु किन ?
भेटाउनेले साथ दिने जत्ती छन् यहाँ..
मनको बसाईं सराउँदा घरैतान्नु किन ?

३.
मर्न हैन आँखाले त हेर्न जा भन्छ ।
झिंगा धपाउने समय फेर्न जा भन्छ
जिन्दगी समयको दासी हो. ऊसको हात समाइ..
श्रृजना चराउने उद्गमस्थल घेर्नजा भन्छ ।।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको दोस्रो भाग सार्वजनिक ।

अंक २ (दुई)
क्यूज विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6, महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ/संस्था÷व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ/संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग २ का प्रश्नहरुः
१, छरिएर रहेको चिन्तनलाई निबन्ध भनिन्छ यो कसको भनाई हो ?
२, त्यो के हो जुन बर्षमा एक पटक आउंछ तर हप्तामा दुई पटक आउंछ ?
३, मानिस मानिसको बिचमा सम्बन्ध स्थापना गराउने अंग्रेजी वाक्य के हो ?
४, “देश भक्ति त मर्दैन चुत्थै देश भए पिन
पति भक्ति त मर्दैन पापी पति भए पनि” ॥
माथिको पंक्तीहरु कुन साहित्यीक नाटकमा पढ्न पाइन्छ ?
५, एशियाको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई भनिन्छ ?
६, तिब्बतीहरुले सगरमाथालाई प्रयोग गर्ने शब्द के हो ?
७, मरुभूमिको हिरा भनेर कुन देशलाई बुझाउंछ ?
८, विश्व मानसिक दिवस कहिले मनाईन्छ ?
९, नेपालको राजनीतिक इतिहासमा सबै भन्दा बढी प्रधानमन्त्री हुने व्यक्ति को हुन् र कति पटक भएका थिए ?
१०, पहिलाको जमानामा नेपाल बैंकलाई के भनेर चिनिन्थ्यो ?
११, हिन्दु धर्म अनुसार प्रथम देवी-देवता भनेर कसलाई मानिन्छ ?
१२, गुणले नै सबै स्थानमा आपनो आदर कमाउँछ यो कस्को भनाई हो ?
१३, त्यो कुन देश हो जहाँ मान्छेको मृत्यु पस्च्यात नचाईन्छ ?
१४, प्रथम विश्व युद्व कति बर्ष सम्म भएको थियो ?
१५, पहिलो कम्प्युटर एप्पल कहिले बनेको थियो ?
१६, लोकतन्त्रबादी नेतृ आङ सान सुकी लामो नजरबन्दबाट कहिले मुक्त भएकी हुन् र उनी कुन देशकी हुन ?
१७, गुन्जन नामक संस्था कुन साहित्यकारहरुको माच हो ?
१८, सगरमाथाको चुचुरोमा २१ घण्टा विना अक्सीजन विताउने व्यक्ति को हुन ?
१९, मोहरम पर्व नेपालको कुन समुदायले मनाउंछ ?
२०, गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ?
२१, बाहिरी बल नलाएसम्म बस्तु स्थिर रहन्छ भन्ने न्युटनकॊ चालसम्बन्धि कुन नियम हो ?
२२, वि.सं १९४४-४८ मा मोतिराम भट्टद्वारा रचना गरिएको शाकुन्तल नाटक कुन कालको प्रथम नाटकका रुपमा स्वीकार गरेको पाइन्छ ?
२३, अर्जुनको धनुलाई गाण्डिब भनिन्छ भने कर्णको धनुलाई के भनिन्छ ?
२४, ज्ञानेन्द्रले कहिले आफुले आफैलाई राजा घोषणा गरेको थियो ?
२५, नेपालमा प्रचण्ड पथ माओबादीको कतियौं सम्मेलनबाट पारित भएको हो ?
----------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
____________________________________________
भाग १ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१, असार २९, २०६७ भानुभक्त जयन्ती ।
२, अमेरीकामा
३,प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिख ।
४, पुतली
५,संखुवासभा ।
६, Hard & Black
७, खाल्डोमा माटोनै हुदैन ।
८, आईसल्याण्ड
९, गौंथली
१०, झोडा
११, ईच्छुक
१२, ८ मंसीर २०५८
१३, गुरु पसाद मैनाली
१४, सूर्य अत्याधिक तीव्र गतिले घुमिरहेको हुन्छ त्यसैले कुनै पनि सूर्य गह्रहण ७ मिनेट ५८ सेकेण्डभन्दा अधिक रहँदैन ।
१५, यासा्रगुम्बा
१६, डोल्पाको दुनै सदरमुकाम २०५७ साल अशोज ८ गते ।
१७, मुस्ताङ्ग जिल्लास्थित लोवा जातिमा
१८, पन्चम वेदका रुपमा स्वीकार गरेको पाइन्छ
१९, वि.सं १९८६ मा
२०, गोरखा दक्षिण बाहु
२१, सेतो बाघ, डायमण्ड शमशेर राणा
२२, मृत सागर
२३, खकार
२४, अक्टोबर ५
२५, खगेन्द्र थापा मगर १८ बर्षको उमेरमा उचाई ६७”०८ से.मी.

यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १ मा १७ अंक ल्याएर श्री निरज सापकोटा अमेरीकाबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।

श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

प्लेनको ढोका ड्याङ् ड्याङ्

- शिव प्रकाश
एकजना पछाडिबाट पेल्दै आए अर्का मभन्दा अगाडी धुस्रिए । झनक्क रिस पनि उठ्यो तर रिसाएर के गर्नु आइलाग्नन् भन्ने डर ! तीन महिना यो मातृभूमि नेपाल बस्दा मलाई थाह भै सकेको थियो कि "नियम कानुन मान्नु र अनुशासनमा बस्नु भनेको सानु हुनु हो र नमान्नु र अनुशासनहिन हुनु भनेको ठूलो हुनु हो, मान्ने गन्ने हुनु हो" भन्ने कुरो । यही कुरो सम्झिएर आफू सानु हुदै भने भाइहरु विदेश जाँदै हुनुहुन्छ तर विदेशमा यसरी लाइनमा बसेको मान्छेलाई ठेल्नु हुदैन, छुनु पनि हुदैन खासमा भन्ने हो भने एक हात अघि वा पछि बस्नु पर्छ अनि कहिल्यै पनि लाइन मिच्नु हुदैन । यदि यस्तो गर्यो भने त्यो अपराध पनि हुन्छ र असभ्य पनि मानिन्छ । खासमा म भित्रभित्रै डराइ डराइ भनिरहेको थिए । के थाह मुर्खस्या ठिंगा बलम् ! तर केटाले कुरा बुझेछन् र भनेको माने ।

गतसाल त्रिभूवन अन्तर्राष्ट्रय विमान स्थलको प्रस्थान कक्षमा लाइनमा बसेको बेलाको कुरो हो यो । त्यहाँका कर्मचारीको व्यवहार अनुसार त गर्नु पर्ने त त्यस्तै हो तर मैले जानेको र बुझेको मैले गरें ।
त्यसपछि तलको प्रतिक्षालयमा गएर बसियो करीब आधा घण्टा पछि प्रतिक्षालयको ढोका खुल्यो र माइकमा भनियो प्लेन वोर्डिङ हुदैछ भनेर । त्यसपछि त बाबा ठाकुरे गोर्खाली साथीहरु त लडाइँ लड्नै कुदे जस्तो तछाडमछाड गरि तान्द्राड र तुन्द्रुङ झोला झुन्ड्याउँदै धिसार्दै उही ठेलमठेल गर्दै प्लेनमा उक्लिन लागे । रत्नपार्क लाइनको साझा बसमा चढ्ने दृष्य जस्तो थियो गल्फ एयरको त्यो प्लेनमा चढ्ने बेलाको दृष्य ! प्लेनको तल गेटमा बसेकाले चिच्याउँदै भने "ए भेडा बाख्रा जस्तो नगर ए पशुहरु जस्ता, लाइनमा बस् ।" मलाई उसँग पनि झोक नचलेको हैन तर के गर्नु चुपचाप रहे र सोचे - राम्रोसँग भनेको भए पनि त हु्न्थो नि !

अनि मनमनै विचार गरे दोष यि चढ्नेको पनि हैन र त्यो गेटमा बसेर भेडाबाख्रा भन्दै गाली गर्नेको पनि हैन । दोष हो यो देशको नीति, नियम र कानुनको ! दोष हो जिम्मेवार तर जिम्मेवार विहिन सरकारी अधिकारीहरुको र मेनपावर खोलेर बसेका मानव दलालहरुको । कहिल्यै प्लेन नचढेका, कहिल्यै विदेश नगएका सामान्य लेखपढमात्र गर्न सक्ने यस्ता अर्धशिक्षित नेपाली श्रमिकहरुलाई कमसेकम ति चोट्टा मेनपावर क‌ंपनी अर्थात सरकारले कम्तिमा ‍दूइचार घण्टाको ओरिन्टेशन क्लास पनि दिन सक्थे । अरु केही नभए नि प्लेन यसरी चढ्नु पर्छ । लाइनमा यसरी बस्नु पर्छ । प्लेनभित्र यस्तोयस्तो हुन्छ । ओर्लदा यसरी ओर्लनु पर्छ । आदि सामान्य कुराहरु ।

प्लेन उडेको करीब एक घण्टा पछि बाथरुममा छिरेको थिएँ । छिर्न पाएको छैन ढोका ढ्याङ्ढ्याङ् पार्न थाल्यो । म त एकाएक आत्तिए पनि । लौ प्लेनमा गडबडी भएर केही इमरजेन्सी परेछ कि क्या हो भन्ठानेर हत्त न पत्त ढोका खोलेको त उही हाम्रा गोर्खाली भाइहरु मध्येका एक भाइ पो ढोकामा ठिङ्ग उभिइरहेको ! के भो भाइ भनेर साधे, उनले भने - पिसाब लागेर फुट्ला जस्तो भयो । मैले उनलाई बाथरुम प्रयोग गर्न दिए र उनी निस्किएपछि भित्र पस्छु त आधा भूइँमा आधा ठाउँमा ! फ्लस गर्ने त कुरै छोडौ‌ !

हे ‍भगवान् भन्ठाने र फेरी सोचे यो दोष यिनीहरुको हैन यो दोष सरकार र मेनपावार कंपनीहरुको हो । यिनीहरुले परदेशमा नेपालको धज्जी यसरी पनि उडाइहरेका छन् ।
साभारः नेपालीमनहरु

दक्षिणाबाट उद्योगपति

- शेषराज खतिवडा
२०३७ शाल मा भारत को बनारस बाट शास्त्री को परिक्षा दिएर काठमान्डू आउँदा चाबहिल स्थित मामा कुशहरी दाहाल को घरमा पाउनाको रुपमा बसेकै बेला मामाकै सल्लाहमा बनारसमा आर्जेको दक्षिना को पैसा बाट रु.२७१४ लगानी गरि गलैचाको ब्यबसाय गर्न थालियो | काम सुरु गरे देखि नै बजारको अभाब, गुणस्तरहिन बस्तुको उत्पादन, बालमजदुरको समस्या, मागभन्दा बढी उत्पादन, बाताबरण प्रदुषण, जस्ता समस्याका समस्या, झमला नै झमेलाहरुलाई तरह, तरहले समाधान गर्दा, गर्दै २०५५ शाल सम्ममा झन्डै ५ लाख मानिस पाल्नसक्ने क्षमता बनाइसकेको सिङ्गो गलैचा ब्यबसाय नै राजनीति को सिकार हुन पुग्यो |

 
ब्यबसायका ठुला लागानीकर्ता र अगुवाहरु कतिले भारत प्रवेश गरे भने कति ज्यान बचाउन यूरोप र अमेरिका पसे कत्तिले भारतमा गएर गलैचा कै काम गरे | तेतिबेला आफु देशकै सबैभन्दा ठुलो बिदेशी मुद्रा आर्जन गर्ने उद्योग संघको बहालवाला महा-सचिब जताततै चहलपहल हुदाहुदै भारतीय गलैचामा नेपाली लेबल को अबैद्द कामलाई रोक्न सफल हुने हुँदा चर्चाको सिखरमा पुगेकै बेला महा-सचिबको पोस्टबाट राजिनामा गरी सयकडौं गलैचा ब्यबसायीकै लाईनमा अमेरिकातिर भासियो |