विश्व साइकल यात्रीहरुको तान्जानियामा स्वागत

- हिक्मत थापा, दार ए सलाम
६ जनवरी । नेपाल र नेपालीको पहिचान सहित शान्तिको सन्देश बोकी विश्व साइकल यात्रामा हिडेका नेपाली साइकल यात्रीद्धय जनार्दन खनाल र विरेश दाहाल यात्राको क्रममा हालै तान्जानिया आइपुगेका छन् । खनालले हाल सम्म ४२ देशको भ्रमण गरिसकेका छन् । यसै गरी २८ देशको भ्रमण गरेका दाहाल उल्टो साइकल यात्री हुन् ।

अमेरिका कुद्‍ने ट्रकमा नेपाल

- दीपकदत्त गौतम/ ब्राम्टन, क्यानडा 
पुस २३- एक नेपालीले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात गरेका छन्। उनले ५३ फिट लामो १८ पांग्रे ट्रकको बायाँ भागमा पशुपतिनाथ मन्दिर, गैंडा, बाघ, ताल, जंगललगायतका तस्बिर राखेका हुन्। 

साउदीमा ३३ नेपालीले सम्झौता अनुसारको तलब पाएनन्

- विष्णु प्रसाद चापागाई, दमाम 
२३ पौष । साउदी अरबको यान्बुमा कार्यरत ६८ नेपालीहरुको खबर सेलाउन नपाउँदै फेरि अर्को समस्या देखिएको छ । रियाद स्थित एलसेफ इञ्जिनियरिङ कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३३ जना नेपाली कामदारहरुले साउदी प्रवेश गरेकै मितिदेखि करारनामा अनुसारको तलब पाउन सकेका छैनन् । 

आठ महिना अघि बानेश्वरस्थित डेस्टिनी प्लेसमेन्ट सर्भिसेजबाट आएका यी कामदारहरुलाई शुरुको डेढ महिनासम्म ९०० दिने र त्यसपछिका दिनहरुमा कार्यदक्षता अनुसार साउदी रियाल १५०० सम्म दिने सहमति थियो । तर पाइप फिटर, स्कापफोल्डर ,कार्पेन्टर, ड्राइभर जस्ता योग्यता अनुसारकै काम गरेपनि कामदारहरुमध्यै कसैले पनि सम्झौता बमोजिम भनिएको तलब नपाएको जानकारी पीडितहरूमध्येकै कञ्चनपुर पुनर्बासका हरि खडकाले दिनुभएको छ । उहाँका अनुसार शुरूको ४५ दिनसम्म सा.रि. ७५० + १५० र त्यसपछि दक्षता(जब क्याटेगोरी) अनुसार १,००० देखि १,५०० साउदी रियाल तलब दिने सम्झौता थियो ।

साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन्

विष्णु प्रसाद चापागाई, दमाम
साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको ४ महिना भैसक्दा पनि तलबै पाउन सकेका छैनन् । उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलाई न्युनतम १ हजार साउदी रियाल तलब त उल्लेख छ, अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै छन्, उनीहरूलाई रोजगार दाता कम्पनीले इकामा पनि दिलाइसकेको छ तर ४ महिना बितिसक्दा पनि न त काममा नै लगाउन सकेको छ न त तलब नै दिनसकेको छ । यस्तो अवस्थामा निश्चित रूपमा यी कामदारहरूको र यी कामदारहरूमा आश्रित परिवारजनहरूमा ठूलो समस्या र चिन्ता छाएको छ ।

गजल -अरु त राम्रै छ

- प्रकाश आङ्देम्बे

म तिर फर्केको बन्दुकको नाल छ अरु त राम्रै छ
नेता सुखी देश जनता बेहाल छ अरु त राम्रै छ

पसिनाले बगाएको कृषकले भन्दै थियो
मंसिरमा अनिकाल छ अरु त राम्रै छ

थोरै दिइ धेरै लाने तल्लाघरे छिमेकीले
जँगेपिलर दिनै ढाल्छ अरु त राम्रै छ

संसदवाट भागेको खरायो को गुनासो
भित्र कुकुर र स्याल छ अरु त राम्रै छ

बिहारको एउटा व्यापारीको कथन
नेपाली नागरिकता फालाफाल छ अरु त राम्रै छ

दुर्घटनामा परी मृत्यु भएका पदमको परिवारलाई आर्थिक सहयोग

- कमल महत /साउदी अरब
साउदी अरबको अरअरमा सडक दुर्घटनामा परी मृत्यु भएका सहारे-२ रातामाटा सुर्खेतका पदम बहादुर थापाको परिवारलाई जनप्रगतिशिल मञ्च साउदी अरबले “रुपैयाँ एक लाख बैसठ्ठी हजार” आर्थिक सहयोग गरेको छ ।