नेताकै कारण विदेशिन वाध्य नेपालीहरू

-    विष्णुप्रसाद चापागा, दमाम
५ मंसिर/ नेपाली दूतावास रियादको सहकार्यमा गैर वासीय नेपाली संघ साउदी अरबले ज एक अनपचारिक भेटघाट  कार्यक्रमको योजना गरेको छ । मुख्य गन्तव्य अजरबैजान र लेबनानको बेरूतमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने भए तापनि भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता श्री माधव कुमार नेपाल कुवेत पछि साउदी अरबको भ्रमणमा आउनुभएको हो । गतः आइतबार (१८ नोभेम्बरमा) वहांले नेपाली दूतावास रियादकै प्राङ्गणमा त्यहांका नेपालीहरूसंग अन्तरकृया गर्नुभएको थियो भने मंगलबार (२० नोभेम्बरमा) साउदी अरबको पूर्वी शहर खोबारको गल्फदरबार होटलमा उक्त कार्यक्रम राखिएको हो । साउदी अरबको भ्रमण र त्यहाँ रहेका नेपाली कामदारहरूको अवस्थाको जानकारी लिने उद्देश्यले यो अनपचारिक कार्यक्रमको योजना गरिएको हो ।

देउसी-भैलोको शुरूवात कहिलेदेखि ?

- कृष्ण अविरल
नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषणसमेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।
 
बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी-भैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी-भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । गेय र भावको सरलता देउसीको सुन्दर विशेषता हो । असी नाघेर बसी खाने उमेर पुगेका बूढापाकादेखि तोतेबोली बोल्दै गरेका केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकपि्रयता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकषिर्त हुने गरेका छन् । देउसी भैली मनाउने परम्परा नै नभएका झापा-मोरङका राजवंशी तथा पहाडी मूलका मानिसहरुको बस्ती भएका राजविराज, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि ठाउँका अन्य जातिका केटाकेटीले समेत समुह बाँधेर देउसी-भैली खेल्नुले यसको लोकपि्रयता थाहा पाउन सकिन्छ ।

जून र दीप

- विष्णु बैकुण्ठे

जूनको उज्यालोलाई

सूर्यले चुनौति दिन्छ

दीपलाई राँकोले चुनति दिन्छ

राँको र सूर्य आवेशमा आएका अस्त्र जस्तै बन्दा

दीप र जून

निडर, शान्त र शालिन बनी

अन्धकारमा आफ्नो असल परिचय गराउन

अभ्यस्त छन्

नाइजेरियामा पनि दशैं कार्यक्रम

- हिक्मत थापा, लेगोस/नाइजेरिया
२९ अक्टुबर, पश्चिमी अफ्रिकी मुलुक नाइजेरियाको लेगोसमा अवस्थित गैर आवासीय नेपालीहरुले सामूहिक रुपमा दशैं मिलन कार्यक्रम आयोजना गरेका छन् । एनआरएनए नाइजेरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले दशैंको शुभकामना व्यक्त गर्दै नयाँ सदस्यहरुको स्वागत तथा परिचय गराउनुभएको थियो ।

साउदी अरबको जुबेलमा भलिवल प्रतियोगिता शुरू

- विष्णुप्रसाद चापागाई, दमाम
२५ अक्टुबर/ हिन्दूहरूको महान चाड विजया दशमी तथा इश्लामिक पर्व बकरइदको शुभ अवसरमा एनआरएनए स्थानिय समन्वय समिति दमाम र प्रवासी नेपाली एकता समाज ९१ क्षेत्र दमामको संयुक्त योजनामा जदेखि साउदी अरबको जुबेल शहरमा अन्तर क्लब स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरू भएको छ । विदेशमा रहेका नेपालीहरूमा रहेको कला, कशल तथा प्रतिभाको कदर गर्न र विदेशी भूमिमा नेपालीको उत्कृष्ठ पहिचान गराउन यस्तो कार्यक्रमको योजना गरिएको हो ।

साउदी अरबमा दशैं

बिमल गौतम, रियाद
३ आश्विन, नेपाली राजदुतावास साउदी अरबले बिजया दशमी २०६९ को उपलक्षमा शुभकामना आदान प्रदान सहित रात्रिभोजको आयोजना गर्यो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महामहिम उदयराज पाण्डेले उपस्थित नेपालीहरुलाई बडादसैं, तिहार, छट, नेपाल सम्बत तथा मुस्लिम धर्मावलम्बीहरुको बक्रइदको शुभकामना दिदै सबैको सुख, सम्वृद्धि, प्रगति, सुस्वास्थ्य तथा शान्ति र मित्रताको कामना गर्नुभयो । राजदुत पाण्डेले प्राचिनकालमा मेसोपोटामिया सभ्यतामा अन्न उत्पादन सुरुगर्दा जौंको बेर्नालाई खुशी र सम्मानले शिरमा लागाउने प्रचलन शिन्धुघांटिहुंदै नेपाल भित्रिएर जमरा शिरमा लगाउने प्रचलन रहेको भन्दै यो पर्व मान्यजनबाट आशिर्वाद लिने र नेपाली बिचको एकता सद्भाव र मेलमिलाप तथा खुशीको पर्व रहेको बताउनुभयो ।