- विश्वासदीप तिगेला
केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसी हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसुँ झैँ लाग्यो । चुनाव ताका साच्चै नै काठमाण्डौ राज्य विहीन थियो । कुनै ब्यक्तिले कसैको कतैको डर मान्ने गरेको पाइन । स्वयं आफू जोगिनु नै सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्थ्यो ।
देश कै एउटा राजनैतिक महोत्सव भनौ संविधान सभा निर्वाचनको वेला बाध्यात्मकवस धेरै पटक अर्थात कहिलेकहि दिनभर जस्तो ट्याक्सीमा हिड्नु पथ्र्यो । एउटै दुरीको एउटै बाटोमा ट्याक्सी भाडा फरकफरक उठ्थ्यो । यति सम्मकी कहिले त पत्यारै नलाग्ने भाडा उठ्थ्यो । ट्याक्सी हकाइ पनि फरकफरक हुन्थ्यो । काठमाडौको ट्राफिक त्यसमा कतैकतै बिग्रिएको बाटो अनि ड्राइभरको हकाइ धेरै अनौठो लाग्थ्यो ।

