पाँच मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
जोतिएर गोरुजस्तै काम गर्नुको मज्जा बेग्लै
घोटिएर देशभक्तिमा काम गर्नुको मज्जा बेग्लै
थाहाहुन्छ परिश्रम र पसिनाको मूल्य कति....
ठोकिएर दुःखसुखमा काम गर्नुको मज्जा बेग्लै

२.
दुःख सुख काम गर्दै कमाउँदैछु केही मात्र
परिवारमा जाउलो खान जमाउँदैछु केही मात्र
राष्ट्रभक्ति भावनाले नरुवाएको कहाँ हो र
परेदेशमा तिमी सम्झी रमाउँदैछु केही मात्र

३.
अप्सरा जस्तै छान्नु र हात समाई तान्नु
उनको वात मान्नु अनि घरबार पनि धान्नु
"मर्दका दशवटी" उमेरले के छेक्छ र
बराबर माया बाड्नु नत्र आफै जान्नु

४.
घमण्डमा रमाउनेहरु "कत्ती" देखाउँछन्
बुद्धी हुने बुद्धीमानहरु "भक्ति" देखाउँछन्
"लोभले लाभ" "लाभले विलाप" थेग्दैन ईर्श्याले
जानेर पनि अज्ञानीजस्तै आशक्ति देखाउँछन्

५.
नविराउनु नडराउनु भन्ने उक्ती छ
दुख्या घाऊ मेटाउने एउटा जुक्ती छ
स्वप्न सारा विर्सिएर अघिबढ्नु विपनीमा
गम्भिर भई लागू गरे त्रासद मुक्ती छ

वाल विवाह र विधुवा नारी

- सावित्री भट्ट
म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ।

गोठमा थिए, दुइटा भैंसी, एकहल गोरु, दस-बाह्रवटा बाख्रा। तिनै बाख्रा लिएर म वन जान्थेँ। घाँस काट्थेँ। पुतलीझैं रमाउँथेँ। इन्द्रधनुष हेरिहुँजस्तो लाग्थ्यो। मेरो मन पनि त जुरेलीजस्तै थियो।म सानी जुरेली थिएँ। आमा र दुई दाइले खुब माया गर्थे। घरकी कान्छी म नै त थिएँ। दिनभरि छिमेकका दिदीसित पुतली खेल्थेँ। आमा प्रायः पिँढीमा बसेर गुन्द्री बुन्नुहुन्थ्यो। मैले पनि गुन्द्री बुन्न सिकेँ। अरूलाई के था' ? गुन्द्रीसँगै म आफ्ना कलिला रहर बुन्थेँ।

०२१ साल पुसको ठिहिर्‍याउँदो दिन थियो। म गुन्द्री बुनिरहेकी थिएँ। अचानक घरमा तीन-चारजना मान्छे आइपुगे। साथमा बाह्र वर्षजतिको सानो केटो थियो। म गुन्द्रीकै तानमा अल्झिएँ। घरमा जो आउन्, मलाई के मतलब ?तिनीहरूले एकछिन आमा र दाइसित गुनगुन गरे। मैले त्यति वास्ता गरिना। धेरै बेरपछि तिनीहरू गए। साँझपख पो छिमेकका दिदीले जिस्काए, 'तेरो ब्या छिन्न आ'रैछन्।'

स्व. ईश्वर वल्लभ र "देउरालीको फूल"

- टंक वनेम
दुईटा फूल देउरालीमा
संगै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि …. ...........
.............................
यो कर्णप्रिय गीतले मन छुदाँ भरखरै जीवनको बैँस उक्लि रहेको थियो । सम्भवतः धेरै नभए पनि दुई चार वटा देउरालीमा फूलका पातीहरु चढाई सकिएको हुनु पर्छ । त्यति बेला एउटा कर्णप्रिय गीत बन्नको लागि शब्द, संगीत र स्वरको तालमेल मिलेर मात्र सबैको मन छुने गीतको सिर्जना हुन्छ भन्ने ज्ञान नभएको हुनाले गीत सुन्यो गीतले मनको अन्तर कुन्तर छोएपछि स्वरको प्रसंशक मात्र हुने गरिन्थ्यो । नेपाली सांगीतिक आकासमा त्यो पूरानो चलनको बादल हटेर गई सकेको छैन। यही धरापको पासोमा परेर कति संगीतकार र गीत रचनाकारहरु ओझेलमा परेका थिए/छन् ।

जीउदो लासमा स्वदेश फर्किएः वाजुल कवारी

- सागर श्रेष्ठ, दमाम
बैदेशिक रोजगारिको सिलसिलामा साउदी अरेवियाको रहिमा स्थित अल अकदुद कम्पनिमा २००८ मार्च १६ तारिखको दिन मिठो सपना बोकेर धेरै पैसा कमाउने आशा लिएर आएका महोतरी गामारीया ४ को राहदानी नं ३८०२८०७ न को वाजुल कवारी आज मिति २०१२ जनवारी १० तारिखको दिन गल्फ एयरबाट जिउदो लास लिएर नेपाल फर्केका छन् ।
घाइतेः वाजुल कवारी

कामको सिलसिलामा गत जुलाई १५ तारिखको दिन स्कापफोल्डीङ्ग गर्दै गर्दा ३० फिट माथीबाट खसेर हात खुट्टा भांचिनुको साथै ढाड पनि भांचिएको थियो र टाउकोमा ठूलो असर परेको थियो । अलमाना हस्पीटलको कोठा नं २४२ मा करिव ५ महिनाको आईसीयुको उपचार पछी आज एक जना डाक्टर र एक जना सहयोगीको साथ नेपाल फर्केका छन् ।  वहां अहिले विस्तारै हिडडुल गर्न र मसिनो बोल्न सक्नुहुन्छ तर दुर्भाग्यको कुरा वहां कसैलाई पनि चिन्न सक्नुहुन्न ।  करिव ४०-५० मिनेट उ संग कुरा गर्यो भने चिनेको जस्तो गर्छन् फेरी केहि समय पछि चिन्न सक्दैनन् ।

एकदिन मिलन हुन्छ

- झुमनाथ चापागाई
घामको नौलो किरणले आशा नौलो जगाउँछ
हरमान्छेको पीरव्यथा त्यसैले नै हटाउँछ
घामकै रातो किरणले यो मनमग्न हुन्छ
तिमीलाई सम्झेपछि यो मन मस्त हुन्छ
तिमी जहाँ भएपनि जति टाढा गएपनि
फेरि भेट्ने एउटा आशा भए पुग्छ
मबाट तिमीलाई धोका हुने छैन
सुम्पिसके यो मन फिर्ता हुने छैन
घामको त्यो लालीमा सुनौलो त्यो ज्योती
त्यसैभित्र जीवन अनुपम हुन्छ
विश्वास गरी तिमीलाई राखें मनभित्र
हामी जहाँ भएपनि एकदिन मिलन हुन्छ
हामी जहाँ भएपनि एकदिन मिलन हुन्छ
हालः कतार

श्रीस्वस्थानी व्रत प्रारम्भ

श्री स्वस्थानी व्रत कथा
आज पौष शुक्ल पुर्णिमा । आज देखि स्वस्थानी व्रत प्रारम्भ भएको छ ।हिन्दु धर्मावलम्बीहरुले माघ स्नान गर्ने र घर घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा-आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गर्दछन् । भगवान शिवको स्तूति एवं भक्तिभाव पूर्वक व्रत पूजा तथा कथा श्रवण गर्नाले सुख शान्ति प्राप्त हुन्छ भन्ने जन विश्वास रहि आएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको निराहार रहेर व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ।