श्रीस्वस्थानी व्रत प्रारम्भ

श्री स्वस्थानी व्रत कथा
आज पौष शुक्ल पुर्णिमा । आज देखि स्वस्थानी व्रत प्रारम्भ भएको छ ।हिन्दु धर्मावलम्बीहरुले माघ स्नान गर्ने र घर घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा-आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गर्दछन् । भगवान शिवको स्तूति एवं भक्तिभाव पूर्वक व्रत पूजा तथा कथा श्रवण गर्नाले सुख शान्ति प्राप्त हुन्छ भन्ने जन विश्वास रहि आएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको निराहार रहेर व्रत गर्नुभएको र मनोकाङ्क्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ।

बाउन्न पोखरी त्रिपन्न टाकुरीको जिल्ला "रुकुम"

- कोपिला अधिकारी
माओवादी विद्रोहको उद्गमस्थल रुकुममा युद्धका घाउ मात्र छैनन्, मन बहलाउने अत्यन्तै सुन्दर गन्तव्यहरू पनि छन् । अहिलेसम्म व्यवस्थित रूपमा पर्यटनको विकास हुन नसके पनि प्रकृतिको नबिग्रिएको रूप हेर्न रुकुम उत्कृष्ट गन्तव्य हो । स्यार्पु ताल, तालको उत्तरमा रहेको सिमैछरी (झरना), बौलाह छरी, झार्लेबोटको रमणीय जङ्गगल, स्यार्पु तालबाट बगेर गएको दही खोला रुकुमका आकर्षण हुन् ।


रुकुमको प्रसिद्ध स्यार्पू ताल

पौराणिक भनाइअनुसार भीमसेनले बासोले ताछेको बासताछे पहरा, भीमसेनले नै छेलो हानेको ढुङ्गा, सर्पले चाटेको पहरालगायतका रमणीय स्थानको अवलोकन गर्न सकिन्छ त्यहाँ । स्यार्पु तालमा डुङ्गा चढेर सयर गर्न सकिन्छ भने भ्यूटावरबाट स्यार्पुतालको सम्पूर्ण अवलोकन गर्न सकिन्छ । यति मात्र हैन तपाईंले त्यहाँ सिस्ने हिमाल, कमल दह, देउराली गुफालगायतको अवलोकन गरी भरपुर आनन्द लिन सक्नुहुन्छ । 'बाउन्न पोखरी, त्रिपन्न टाकुरा'को जिल्ला रुकुमले पर्यटकहरूलाई साँच्चै आनन्द प्रदान गर्छ ।

कतिफ-तारुतमा एनआरएनएको स्थानीय समन्वय समिति स्थापनासँगै उद्धारको चेक हस्तान्तरण

- श्रीकृष्ण श्रेष्ठ, दमाम

घाइते मोहन खतिवडाको सहयोगको लागि
रु. ४००००को चेक हस्तान्तरण गर्दै धरम के.सी.
एन आर एन ए लाई स्थानीय नेपाली कामदारहरूसम्म पुर्याउने उद्देश्यका साथ परिकल्पना गरिएको स्थानीय समन्वय समिति (LCC) को सांगठनिक संरचनालाई गतः ६ जनवरी २०१२ मा साउदी अरबको पुर्बी समुद्रतटीय प्रायदीप कतिफ-तारूतमा स्थापना गरिएको छ । एनआरएनए साउदी अरबको संशोधित बिधान बमोजिम पुर्बी क्षेत्रिय समिति अन्तर्गत गठित यो स्थानीय समितिमा रेशम पुन अध्यक्ष साथै रामचन्द्र पल्ली र सिताराम श्रेष्ठ सदस्यमा रहनुभएको छ । यो स्थानिय समिति अन्तर्गत हाल कूल ५१ जना सदस्यहरू पञ्जिकृत (दर्ता) भएका छन ।

तीन मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
परदेशमा बहेको मन दुखाएरै रोएँ
देखाउँदा लाज लाग्ने लुकाएरै रोएँ
कति लुकाउँ जिवनभरी मनको पीर व्यथा
विरहले भरिएको तन फूकाएरै रोएँ

२.
मनसँगै मुटुपनि कपेरै दिनु
जुनी-जुनी पुग्नेगरी थपेरै दिनु
चाहन्छे ऊ अरुपनि ... तिमीसँगै छ
भलो उनको सदासदा जपेरै दिनु

३.
नसोध मलाई अब अरु शिक्षा दिऊँ की ?
नखोज फाटिरहने जीवन-भिक्षा सिऊँ की ?
चितामाथि छट्पटाउने जीउँदो लास म…
नरोज दागवत्ती प्राण परीक्षा लिऊँ की ?

घरेलु महिला र भगौडा कामदारका समस्या न्युनिकरण गर्न NRNA को 'सुझावपत्र’

- NRNA साउदी अरब
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदी अरबका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेय समक्ष घरेलु महिला कामदार र भगौडा कामदारहरूका समस्या न्यूनिकरण गर्नका लागि ७-७ बुंदे सुझावपत्र पेश गरेको छ । गतः ३० डिसेम्बरमा एनआएनए एनसिसी साउदी अरबको सातौं बैठक पश्चात एक प्रतिनिधि मण्डल राजदूतज्युको कार्यकक्षमा पुगी उक्त सुझावपत्र बुझाइएको हो । एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले उक्त पत्र पेश गर्नु अघि महा सचिव पुरूषोत्तम दास श्रेष्ठले सो पत्र वाचन गरी सुनाउनुभएको थियो ।

कुमारीहरु हराउँदा.....

– मोतीराम तिमल्सिना
उनी भक्कानिन लागिन् । श्रीमान्‌ले पीडा लुकाउने अनेक चेष्टा गरे । घरी आंखा मिच्दै थिए । घरी श्रीमतीलाई हेरेर घोत्लिंदै थिए । कहिले आंखैअगाडि भएका कक्षा ५ मा अध्ययनरत छोरालाई नियालिरहेका थिए । झ्यालमा बसेर कुरा सुनिरहेकी ८४ वर्षीया बूढी आमातिर पुलुक्क हेर्दै साउतीको शैलीमा कुरा गरिरहेका थिए । सांझ पर्नै लाग्दा छोरी घरभित्र पस्ने आशामा धेरै दिन बिते । महिना बिते र वर्ष पनि बितिसकेका छन् । धेरै समयपछि उनले फेरि सांझकै समय छोरीको सम्झना गरिन् ।