बाउन्न पोखरी त्रिपन्न टाकुरीको जिल्ला "रुकुम"

- कोपिला अधिकारी
माओवादी विद्रोहको उद्गमस्थल रुकुममा युद्धका घाउ मात्र छैनन्, मन बहलाउने अत्यन्तै सुन्दर गन्तव्यहरू पनि छन् । अहिलेसम्म व्यवस्थित रूपमा पर्यटनको विकास हुन नसके पनि प्रकृतिको नबिग्रिएको रूप हेर्न रुकुम उत्कृष्ट गन्तव्य हो । स्यार्पु ताल, तालको उत्तरमा रहेको सिमैछरी (झरना), बौलाह छरी, झार्लेबोटको रमणीय जङ्गगल, स्यार्पु तालबाट बगेर गएको दही खोला रुकुमका आकर्षण हुन् ।


रुकुमको प्रसिद्ध स्यार्पू ताल

पौराणिक भनाइअनुसार भीमसेनले बासोले ताछेको बासताछे पहरा, भीमसेनले नै छेलो हानेको ढुङ्गा, सर्पले चाटेको पहरालगायतका रमणीय स्थानको अवलोकन गर्न सकिन्छ त्यहाँ । स्यार्पु तालमा डुङ्गा चढेर सयर गर्न सकिन्छ भने भ्यूटावरबाट स्यार्पुतालको सम्पूर्ण अवलोकन गर्न सकिन्छ । यति मात्र हैन तपाईंले त्यहाँ सिस्ने हिमाल, कमल दह, देउराली गुफालगायतको अवलोकन गरी भरपुर आनन्द लिन सक्नुहुन्छ । 'बाउन्न पोखरी, त्रिपन्न टाकुरा'को जिल्ला रुकुमले पर्यटकहरूलाई साँच्चै आनन्द प्रदान गर्छ ।

कतिफ-तारुतमा एनआरएनएको स्थानीय समन्वय समिति स्थापनासँगै उद्धारको चेक हस्तान्तरण

- श्रीकृष्ण श्रेष्ठ, दमाम

घाइते मोहन खतिवडाको सहयोगको लागि
रु. ४००००को चेक हस्तान्तरण गर्दै धरम के.सी.
एन आर एन ए लाई स्थानीय नेपाली कामदारहरूसम्म पुर्याउने उद्देश्यका साथ परिकल्पना गरिएको स्थानीय समन्वय समिति (LCC) को सांगठनिक संरचनालाई गतः ६ जनवरी २०१२ मा साउदी अरबको पुर्बी समुद्रतटीय प्रायदीप कतिफ-तारूतमा स्थापना गरिएको छ । एनआरएनए साउदी अरबको संशोधित बिधान बमोजिम पुर्बी क्षेत्रिय समिति अन्तर्गत गठित यो स्थानीय समितिमा रेशम पुन अध्यक्ष साथै रामचन्द्र पल्ली र सिताराम श्रेष्ठ सदस्यमा रहनुभएको छ । यो स्थानिय समिति अन्तर्गत हाल कूल ५१ जना सदस्यहरू पञ्जिकृत (दर्ता) भएका छन ।

तीन मुक्तकहरु

- विष्णु बैकुण्ठे
१.
परदेशमा बहेको मन दुखाएरै रोएँ
देखाउँदा लाज लाग्ने लुकाएरै रोएँ
कति लुकाउँ जिवनभरी मनको पीर व्यथा
विरहले भरिएको तन फूकाएरै रोएँ

२.
मनसँगै मुटुपनि कपेरै दिनु
जुनी-जुनी पुग्नेगरी थपेरै दिनु
चाहन्छे ऊ अरुपनि ... तिमीसँगै छ
भलो उनको सदासदा जपेरै दिनु

३.
नसोध मलाई अब अरु शिक्षा दिऊँ की ?
नखोज फाटिरहने जीवन-भिक्षा सिऊँ की ?
चितामाथि छट्पटाउने जीउँदो लास म…
नरोज दागवत्ती प्राण परीक्षा लिऊँ की ?

घरेलु महिला र भगौडा कामदारका समस्या न्युनिकरण गर्न NRNA को 'सुझावपत्र’

- NRNA साउदी अरब
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदी अरबका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेय समक्ष घरेलु महिला कामदार र भगौडा कामदारहरूका समस्या न्यूनिकरण गर्नका लागि ७-७ बुंदे सुझावपत्र पेश गरेको छ । गतः ३० डिसेम्बरमा एनआएनए एनसिसी साउदी अरबको सातौं बैठक पश्चात एक प्रतिनिधि मण्डल राजदूतज्युको कार्यकक्षमा पुगी उक्त सुझावपत्र बुझाइएको हो । एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले उक्त पत्र पेश गर्नु अघि महा सचिव पुरूषोत्तम दास श्रेष्ठले सो पत्र वाचन गरी सुनाउनुभएको थियो ।

कुमारीहरु हराउँदा.....

– मोतीराम तिमल्सिना
उनी भक्कानिन लागिन् । श्रीमान्‌ले पीडा लुकाउने अनेक चेष्टा गरे । घरी आंखा मिच्दै थिए । घरी श्रीमतीलाई हेरेर घोत्लिंदै थिए । कहिले आंखैअगाडि भएका कक्षा ५ मा अध्ययनरत छोरालाई नियालिरहेका थिए । झ्यालमा बसेर कुरा सुनिरहेकी ८४ वर्षीया बूढी आमातिर पुलुक्क हेर्दै साउतीको शैलीमा कुरा गरिरहेका थिए । सांझ पर्नै लाग्दा छोरी घरभित्र पस्ने आशामा धेरै दिन बिते । महिना बिते र वर्ष पनि बितिसकेका छन् । धेरै समयपछि उनले फेरि सांझकै समय छोरीको सम्झना गरिन् ।

मगर समुदाय र १५ पुसको महत्व

- देवेन्द्र सारु मगर 'मीक्डी'
मगर समुदायको अति नै लोकप्रिय पर्ब हो पन्ध्र पुस । गाउ घर तिर मगर युवाहरुलाई मगर युवतीहरुले पन्ध्र पुस ख्वाउने चलन पनि रही आएको छ । पन्ध्र पुस आउनु भन्दा २४ दिन अगावै मगर युवतीहरुले मगर साइनो अनुसार सालीभान्जी निम्तो स्वरुप सुपारी बाँडेर निम्तोको पक्का गर्दछन् । प्रायःजसो सबैलाई पायक पर्ने ठाऊँ गाऊँको कुनै ठूला वडा मुखियाको घरमा पन्ध्र पुस मनाउने अर्थात पन्ध्र पुस खुवाउने कार्यक्रम तय भै सकि पछि पन्ध्र पुसको अघिल्लो दिनको साँझ आफ्नो मौलिक परम्पराभेषभुषामा सजिएर मगर युवा युवति जम्मा हुने गर्दछन् । त्यस पछि शुरु हुन्छ कार्यक्रमको पहिलो प्रहर मुखियाको अनुमति अनुसार सबैलाई आँगन भरि लामबद्य तरिकाले पलेटीमा बसाल्छन् अनि सबै पाहुनाहरुलाई मीठा मीठा परिकार खान दिन्छन् । सालको पात चट्ट बुनेर सजाइएको टपरीमा सुँगुरका मासु मासको बटुकबारा संगै शुद्ध; कोदोको झोल सीमित मात्रामा विस्तारै ग्रहण गरि सके पछि मगर समुदायकै अतिनै प्रचलित नाँच झाम्रे झयाउरे रातभरि जग्राम बसी भोली पल्ट दिनभरि सम्म नचाई १५ पुस मनाउने परम्परा रही आएको छ ।