साहित्यकार झमककुमारीलाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएकी झमककुमारीको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिडडुल गर्न, बोल्न सक्नु हुन्न । तर, उहाँको दुबै गोडाको तीन औंला मात्र चल्छ । त्यही गोडाको औंलाको सहयोगमा धरै रचना प्रकाशित भइसकेको छ ।

पछिल्लो सयय प्रकाशित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृति धेरैले मन पराएका छन् । झमककुमारीले संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रको योद्धाहरु, सम्झनाका बाछिट्टाहरु, झमक घिमिरेका कविताहरु, जीवन काँडा कि फूल, अवसानपछिको आगमन लगायतका कृति प्रकाशित छन् ।

बाँचेको मान्छे

- गौतम बी.
आज पनि बाऊले गाली गरे।
सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

घिन्ताङ् घिसीमा फेरिएको भक्तपुर

- निर्मला कटुवाल, भक्तपुर,
'घिनी ट्वाङ-घिनी ट्वाक, घिन्ताङघिसी ट्वाक' यो तालले जतिबेला ट्वाक भन्छ, हातमा बोकिएका ली एकआपसमा ठोक्किएर ट्वाक्क आवाज आउँछ। आइतबार दिनभर नै सिँगो भक्तपुर परम्परागत पहिरन, विभिन्न झाँकी र यसै आवाजमा रमाएको थियो।

भक्तपुरवासी बिक्रमको १४ औं शताब्दीअघि नै लिच्छविकालबाटै गाईजात्राको प्रचलन सुरु भएको ठान्छन्। स्थानीय राजा जयस्थिति मल्लको छोरा दिवंगत भएपछि निरन्तरता पाएको गाईजात्रा मुलुकभरका नेवार समुदायमा प्रचलित काठमाडौंका प्रताप मल्लले चलाएको भन्दा केही फरक छ। त्यसैसँग जोडिएको यहाँको अर्को साँस्कृतिक जात्रा हो- घिन्ताङघिसी, जसमा ताल मिलेर ली जुधाउँदै रमाउने परम्परा छ। वर्षेनी मनाइने यो जात्रामा केही वर्षअघिसम्म छोरीबेटी देखिँदैनथे।

हाप्पेन चोकदेखि कान्छी दोकानसम्म

- देवेन्द्र भट्टराई
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो । पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए । अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन । त्यही गोलमालका माझ गत बर्ष कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं ।

साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन । भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक-नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो । लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ-आफ्नै काइदाका लाग्थे । एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो । ‘यहाँ फेदेन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्’, जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा । आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसँग मिलेर हरेक बिहान-बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए । बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो, ‘आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस ।)

अनलाइन हाजिरी जवाफ प्रतियोगिताको दशौं भाग सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको नवौं भाग सार्वजनिक ।

क्यूजविनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।