एउटा भुटानी नेपाली कथा व्यथा

-अर्जुन प्रधान
ह.. लो
हलो आमा
के छ छोरी ?
आ….मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा लिलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा…..।

निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न सक्छ पढ्नेलाई तर स्वभाविक त्यसमा पनि निकै फरक खालको वार्ता, दुइ देश विच टेलिफोनमा -जहाँ राष्ट्र खुशीयाली भएको भुटान र प्रजातन्त्रले भरिपूर्ण भएको संयुक्त राज्य अमेरिका बिच भइरहेको थियो मंगलबार राती २८ सेम्टेम्बर २०१० को ८ बजेतिर ।

सन् १९९० बाट देश निकालामा परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै हुनुहुन्थ्यो । छोरीलाई आत्माबल दिदै धनमाया हिमाल-पहाड, खोला नाला अनि सरकारले घोषण गरेको राष्ट्रिय खुशियालीको विभेदकारी नीतिको नियम बुझ्दै हुनुहुन्छ । आ.मा… छोरीका कुरालाई काट्दै सान्तवान स्वरुप भन्छिन् यताबाट छोरी… नेपालीभाषी भुटानी जनताले रगत बगाएका छन् त्यो भुटानमा त्यसैले जस्तै अप्ठारो स्थिति आइपरेपनि तिमीहरु त्यहाँबाट निस्कनु हुन्न अब ।”

बालबच्चालाई खुवाउने स्तन नाङ्गो नदेखाऊ बहिनी

- उमाकान्त पाण्डे गाउले
यस कारण म आफूलाई भाग्यमानी सम्झिन्छु कि मैले पाँच बर्ष हुँदासम्म आमाको दूध पिउने अवसर पाएको थिएँ । बाइस बर्ष भयो मलाई ज्वरो नआएको र तीस बर्षभन्दा बढि भयो टाउको नदुखेको । कहिले कसो खानपानका कारणले झाडा पखालाजस्तो भए पनि महिनौसम्म पेट दुख्ने गरेको मलाई थाहा छैन । यत्तिनै समय भयो होला सामान्य रुघा खोकी सर्दी बाइलोका कारण मेडिकल वा स्वास्थ्य केन्द्रहरुमा जचाउन र औषधी खान नपरेको । बाल्य कालमा कुनै खास रोग ब्याधले सताएको कुरो पनि थाहा छैन । त्यसैले मलाई पूरा बिश्वास छ कि म आफ्ना दाइ र दौतरीहरु भन्दा स्वस्थ छु र स्वस्थ हुनुको प्रमुख कारण मैले लामो समयसम्म पिएको शुद्ध अमृतमय मेरी आमाको दूध नै हो भन्ने बारेमा मलाई पूर्ण आत्मबिश्वास छ । म आफ्ना दाजु बहिनीहरुमा सबैभन्दा कान्छो भएकोले यति लामो समयसम्म आमाको दूध पिउन पाएको हुँ केही समय पहिला घोराही दाङका गणेश शाह ले सामान्य कुराकानीको क्रममा आफ्नो बिचार ,अभिब्यत्ती अनुभब र अनुभुती बाढ्दै थिए अन्लाईन मार्फत ।

पाँच मुक्तकहरु

विष्णु बैकुण्ठे
१.
सुगन्ध छर्ने फूलमा भमरा रमाएर जान्छन् ।
एकहूल जोडीहरु मुखामुखै समाएर जान्छन् ।।
सहासीको कुरै बेग्लै प्रशंसामा कमी हुन्न...
काँतरहरु अमिलो मन खिन्न बनाएर जान्छन् ।

२.
थर्थर-थर्थर कपाउने चिसो हावा पो हो कि !
कठ्याङ्ग्रिएर जाँगर-फूर्ती मरि'गा पो हो कि !
जोरी खोज्ने समय विषाधि जस्तो छ
मन मुटू डराउने फेसबुक-फोविया पो हो कि ??

३.
वल्ली घरकी सानीले बैकुण्ठे बोलाइन्
दौडी गयो उनका सामु कसम खोलाइन्
पोका पन्तुरा बोकी साथमा दुबै भागेथे
पल्ली घरकी अर्की नानी रुदै टोलाइन्

४.
सास फेर्ने जिन्दगीको धेरै कुना देख्छु
पाउलो फेर्ने समयमा मुनै-मुना देख्छु
जीलीगाँठी जिन्दगीलाई फुकाउनै गार्हो
एउटा तुना फु‌स्काउँदा अर्कै तुना देख्छु

५.
घोकिने र खोकिने जिन्दगीको यात्रा
ठोकिने र रोकिने जिन्दगीको यात्रा
यता सम्हालौ त उता बिग्रन्छ
छोपिने र पोखिने जिन्दगीको यात्रा

म्यापलका पातहरु

- प्रदीप नेपाल
अनुज हो उसको नाउँ? । छोटकरीमा सबैले उसलाई अनु भन्छन् । सन् १९९२ को मार्च महिनामा जन्मिएको हो ऊ । ऊ मलाई मामा भन्छ, म उसलाई भान्जा भन्छु । उसका साथीहरू उसलाई सम्झाउने कोसिस गर्दै भन्छन्, “एइ अनु, अङ्कल भन न, अङ्कल । ऊ त्रि्रो अङ्कल हो ?”

होइन, म उसलाई अङ्कल भन्दिन ?, ऊ मेरो मामा हो,” अनुप जिद्दी गर्छ ।

“अङ्कल र मामा भनेको उही त हो,” साथीहरू सम्झाउन खोज्छन्। “होइन,

अङ्कल भनेको अमेरिकाको हो, मामा भनेको नेपालको हो,”

अनुजको निर्दोष अनुहारबाट निस्किएको निश्छल परिभाषा सुनेर हामी सबै हास्छौ? हामी आपसमा कुराकानी गर्दा नेपाली भाषा नै प्रयोग गर्दछौ ? अनुज मुसुमुसु हाँसेर हाम्रो कुरो सुन्छ । म ऊसँग सोध्छु, “भान्जा, हामीले बोलेको तिमी बुझ्छौ -” अनुज मुसुक्क हाँसेर टाउको हल्लाउँछ । हाँसेको अनुजको अनुहार मलाई सबैभन्दा राम्रो लाग्छ । शीतल तरङ्गमा उम्रिएको पानीजस्तो हुन्छ उसको अनुहार । गोलो मोहडाको अनुज मुस्कुराउँदा किशोरकिशोरीका लागि छापिने चित्रकथाहरूमा भेटिने सुन्दर बालकजस्तै देखिन्छ । तपाईंलाई अब त थाहा भयो होला, अनुज नेपाली भाषामा कुरा गर्दैन । यस्तो किन भयो – बुझ्न गाह्रो भयो होला । लौ थाहा होस्, तपाईंलाई- अनुज अमेरिकाको अस्पतालमा जन्मिएको केटो हो । उसका आमाबाबुले एक चौथाइ शताब्दी अमेरिकामै बिताएको भए पनि उनीहरू आफूचाहिँ खाँट्टी नेपाली नै छन् । तर, उनीहरूले अनुजलाई खाँट्टी नेपाली बनाउन चाहेनन् । त्यसैले अनुज रामायण लाई अङ्ग्रेजीमै बुझ्छ, महाभारत को कृष्ण उसको अङ्ग्रेजी बुझाइमा किस्ना हुन्छ । थाहा पाइहाल्नुभयो अब, उमेर पुग्नासाथ अनुज अमेरिकाको नागरिक हुन्छ ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको चौथॊ भाग सार्वजनिक ।

अंक ४ (चार)
विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।

४० डाँकासँग एक्लै भिड्ने गोर्खालीलाई उच्च सम्मान

- मनोज अधिकारी/सन्तोष पोखरेल,
बीर गोर्खालीको सम्मान पाउँदै बिष्णु श्रेष्ठ
फोटोः कान्तिपूर
पोखरा, पुस २७- मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर एक गोर्खा सैनिकले देखाएको बहादुरीलाई भारत सरकारले उच्च सम्मान दिने भएको छ। चार महिनाअघि कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाहीलाई भारत सरकारले उच्च कदरस्वरूप तीन सर्वोत्कृष्ट अवार्डले सम्मान गर्दैछ।

पोखरा-६ बैदामका ३५ वर्षीय विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मारिए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँका समूहबाट बलात्कृत हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।